logo

भारतीय नक्साका बिरुद्ध बीरगंजमा युवाको प्रर्दशन, प्रम मोदीको तस्विर जलाइयो

      11/10/2019 गते 00 00 मा प्रकाशित     1096   पटक पढिएको

बीरगंज २४ कार्तिक ।

कालापानी लिम्यिाधुरा भारतले आफनो नक्सामा पारेको बिषयमा प्रतिक्रिया बिहिन रहेको मुलुकको आर्थिक राजधानी  बीरगंजमा आज युवाहरुले आक्रोशयुक्त प्रर्दशन गरेका छन ।

 

बीरगंजको घण्टाघरमा जम्मा भएका युवाहरुले भारतीय प्रधानमंत्रीको तस्विरमा जुत्ताले हानेर आफनो आक्रोश ब्यक्त गरेका थिए । उनीहरुले प्रर्दशनको क्रममा भारतीय प्रधानमंत्री नरेन्द्रमोदीको तस्विरसमेत दहन गरेका थिए ।

 

भारतको नयाँ नक्सामा नेपाली भूमि परेको भन्दै वीरगञ्जमा युवाहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तस्विर जलाएका हुन । वीरगञ्जको भारतीय महावाणिज्य दूतावास अगाडि देश बनाउ संघर्ष समितिको नाममा भएको प्रदर्शनमा मोदीको तस्वीर जलाइएको हो ।

यो समूहले घण्टाघरदेखि महावाणिज्यदूतावाससम्म प्रदर्शन गर्दै मोदीको तस्वीर जलाएको हो ।मिचिएको सीमा फिर्ता गर ,भूमी रक्षाकालागि सबे नेपाली एक होऔं ,भारतीय बिस्तारवाद मूर्दावाद,सीमा अतिक्रमण बन्द गर भन्दै उनीहरुले प्रर्दशन गरेका थिए ।

 

सीमा अतिक्रमणको बिरोधमा उत्रिएका युवाहरुले बीरगंजमा रहेको भारतीय महावणिज्य दुतावासको कार्यालय घेराउ गरेर प्रर्दशन गरेका थिए । 
युावहरुले गो ब्याक इन्डियाको ब्यानर बनाएर बीरगंजको भित्रिन्न भागमा प्रर्दशन गरेपछि दुतावास अगाडि प्रर्दशन गरेका हुन । प्रर्दशनमा राष्ट्रीय झण्डा बोकेर युवाहरु निस्किएका थिए । प्रर्दशन पछि आयोजना गरिएको कोण सभालाई अनेरास्ववियु पर्साका पूर्व अध्यक्ष मित्रदेव यादव, विवेक विक्रम साह लगायतकाले सम्बोधन गरेका थिए ।

 


सो क्रममा उमेश गुप्ता,अरुण यादव,ममुद अन्सारी अकलेश साह ।आलोक कर्ण,हेमन्त तमाङ्ग ,नितेष सुवेदि लगायतका विद्यार्थी तथा युवा नेताहरुको सहभागिता रहेको थियो । नेताहरुले भारतिय दुतावास अगाडी केहि बेर भारत बिरोधी नाराहरु समेत लगाएका थिए । सीमा अतिक्रमणका बिरुद्ध सीमाञ्चलका अन्य शहरहरुमा प्रतिक्रया ब्यक्त भएपनि बीरगंजमा भने कुनै प्रतिक्रिया सार्वजनीक भएको थिएन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

मननपुरको बाँसघारीमा २४ किलो लागु औषध चरेस बरामद

वीरगन्ज । पर्साको पोखरियाबाट सशस्त्र प्रहरीले २४ किलो ५०० ग्राम  लागूऔषध चरेस बरामद गरेको छ ।

मधेश प्रहरी प्रमुख आचार्य सहित ६ जना एआईजीमा बढुवा सिफारिश

काठमाडौं । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक(डिआईजी) लालमणि आचार्यलाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) पदमा बढुवा सिफारिस गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.