logo

प्लाष्टिक झोला प्रयोग नगर्न अपिल गर्दै बीरगंजमा प्रर्दशन

      11/10/2019 गते 00 00 मा प्रकाशित     1465   पटक पढिएको

बीरगंज २४ कार्तिक ।
हाम्रो बीरगंज राम्रो बीरगंज अभियानले आज बीरगंजमा प्लाष्टिक झोला प्रयोग नगर्न आग्रह गर्दै बीरगंजमा प्रर्दशन गरेको छ । प्लाष्टिक झोलाका प्रयोगले बीरगंजको सौन्दर्यता र सरसफाईकोलागि चुनौती बनेको भन्दै प्लाष्टिक झोलको प्रयोग बन्द गर्न आव्हान गर्दै प्रर्दशन गरिएको अभियानका सदस्य कमल चौगाईले बताउनु भयो ।

 


माइस्थान चोकमा आयोजना गरिएको कोण सभा मार्फत अभियानले सम्पूर्ण बीरगंजबासीलाई प्लाष्टिकको झोला प्रयोग नगर्न आग्रह गरेको छ । बीरगंज महानगरले समेत प्लाष्टिक मुक्त शहरको घोषणा गरेकोमा त्यसलाई कार्यान्वयन गर्नकालागि आग्रह गरिएको छ । सस्तो लोकप्रियताकालागि घोषणा सिमित हुन नहुने भन्दै महानगरलाई अभियानलाई सार्थक बनाउन अपिल गरिएको थियो । 

 


प्लाष्टिकको सबैभन्दा ठूलो दूर्गुण भनेकै यसलाई जैविक रुपमा नष्ट हुन लामो समय लाग्नु हो। आजकल बजारमा पाइने धेरै जसो तयारी खानेकुराको प्याकेजिङ प्लाष्टिकमै हुन्छ र उपभोक्ताले उक्त खाद्यवस्तु उपयोग गरिसकेपछि खोललाई जथाभावी फाल्ने गर्छन जसले गर्दा  प्लाष्टिक नपुगेको ठाउँ नै कम छ ।


प्लाष्टिकजन्य पदार्थको अर्को डरलाग्दो जोखिम भनेको जमिन मुनीको पानीलाई प्रदुषित गर्ने हो। क्लोरिनेटेड प्लाष्टिकलाई माटोमा जथाभावी मिसाउँदा सो वरीपरीको माटोमा खतराजन्य पदार्थ छोडन पुग्छ जुन पदार्थ जमिनमुनी रहेको पानी र नजिकका नदीनालामा मिसिन पुग्दा उक्त पानी प्रयोग गर्ने सम्पूर्ण प्राणीलाई निकै घातक असर परिरहेको छ।प्लाष्टिक बाल्दा हानिकारक ग्यास निस्कन्छ । बिर्सजन गर्दा नकुहिने अनी प्रयोग  पनि नगरि नहुने अवस्थामा यसको प्रयोगलाई काम गर्न नागरिक हुनु पर्नेमा जोड दिइएको थियो । 

 


कार्यक्रममा अभियानकर्ताहरु के.सी.लामिछाने, राकेश यादव प्रकाश थारु,ओमप्रकाश सर्राफ, सुभद्रा बजगाई कमला घिमिरे निना थापा कविता खडका कमल मोहन पोख्रेल कोपीला चौलागाई गीत भण्डारी निलम पन्त जयनरायण चौधरी रोजेन्द्र चौधरी  राजन श्रीवासतव लगायतको सहभागिता रहेको थियो ।कार्यक्रम स्थलमै कपडाको झोला किनेर प्रयोग गर्ने प्रतिवद्धता जनाउनु भएका मोहीनी यादव र पं.पुरुषोत्तम दुवेलाई अभियानको तर्फबाट सम्मान गरिएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.