logo

बिज्ञापन छापेर पत्रिका लुकाउनेहरुलाई तथ्य सहित उजुरी ल्याउनुस तत्काल कारवही हुन्छःअध्यक्ष चौहान

      11/16/2019 गते 00 00 मा प्रकाशित     813   पटक पढिएको

वीरगन्ज ३० कार्तिक । नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहानले आफनो खाएर नागरिकलाई सूचना सम्प्रेषण गर्ने काममा अहोरात्र खटने पत्रकारहरुले आफनो पेश प्रति गर्व गर्नु पर्ने बताउनु भएको छ ।

 

वकील डाक्टर लगायतका पेशाकर्मीिहरुले फिश लिएर मात्र काम गर्छन उहाँले भन्नु भयो हामीनै यस्तो पेशाकर्मी हौ जसले कसैको समाचार लेखेवापत कुनै शुल्क लिदैनौ । नेपाल पत्रकार महासंघ पर्साले आफनै सभाकक्षमा आयोजना गरेको बिशेष छलफल कार्यक्रममा बोल्दै अध्यक्ष चौहानले कुनै पनि स्थानीय तहको बिज्ञापन छापेर पत्रिका लुकाउने सम्पादक प्रकाशकका बारेमा तथ्य सहितको उजुरी दिए क्षण भरमै सदस्यता समाप्त पार्ने बताउनु भयो ।

 

उहाँले पत्रकारहरुले आफनो मर्यादा जोगाउन र पेशाको आडमा आफनो निहितार्थ पुरा गर्ने काम गर्न नहुनेमा प्रष्ट पार्नु भयो । उहाँले राज्यले दिने लोककल्याणकारी बिज्ञापन उपलब्ध गराउनकालागि सम्बन्धीत जिल्लाका हुलाक कार्यालयहरुलाई जिम्मेवारी दिन माँग गर्नु भयो । 


कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष के.सी.लामिछानेले फेसबुकमा समाचार लेखेर सार्वजनीक गर्नेहरुले फेसवुक पत्रकार एशोसिएशन खोलेर काम गर्न सक्ने बताउनु भयो ।

 

उहाँले कसैले पठाईदिएको इमेल र फेसबुकमा राखिएको समाचार लेखेर प्रकाशन प्रशारण गर्ने कामले गर्दा पत्रकारिताको कन्टेण्ट मर्दै गएको बताउनु भयो । ठुला र राम्रो भनाउदा संचार माध्यमले दिने कन्टेन्टले पत्रकारितालाई लज्जीत बनाउन थालेको प्रति सम्पादकहरुलाई चिन्ता लिन उहाँले आग्रह गर्नु भयो ।

 

लोककल्याणकारी बिज्ञापनमा देखिएको ब्यवहारिक कठिनाईले आफूहरुलाई समेत पीडा भएको भन्दै उपाध्यक्ष लामिछानेले नेपाल पत्रकार महासंघ पर्सा शाखाले अभियानलाई सार्थक रुपमा संचालन गर्नु पर्ने सुझाव दिनु भयो ।

 

उहाँले जिल्ला प्रहरी कार्यालय लगायतका सरकारी निकायले दिने सूचनामा आम पत्रकारको पहुच नभएको भन्दै आएको गुनसो प्रति नेपाल पत्रकार महासंघ प्रदेश गम्भिर रहेको बताउनु भयो । प्रहरी कार्यालयमा सूचना दिने कुरामा प्रहरीले सहिरुपमा कार्य सम्पादन नगरेको भन्दे पत्रकारहरुले गुनासो गरेका थिए ।


नेपाल पत्रकार महहासंघ पर्साका अध्यक्ष श्याम बन्जाराले पत्रकारिता भित्र रहेको गलत प्रवृतिलाई सुधार गर्नु पर्ने अवस्था आएको बताउनु भयो । उहाँले बिकृतिहरु बढेका छन पत्रकारहरु तस्कर हुन थालेको चर्चा चल्न थालेको भन्दै अवस्था गम्भिर रहेको प्रति सबैलाई सचेत रहन आपिल गरे । 


कार्यक्रममा पत्रकार महेश चन्द्र गौतम,राघव साह,आर.के.पटेल,प्रताप श्रेष्ठ,मनोज पटेल शेषमन पंडित किरणराज पाण्डे राजन रौनीयार लगायतले आफना समस्या र सुझावहरु राख्नु भएको थियो । जिल्ला सचिव युवराज खडकाले संचालन गर्नु भएको कार्यक्रमको उद्धेश्यमाथि उपाध्यक्ष अनुप तिवारीले प्रकाश पार्नु भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

महासेठ दम्पती पत्रकार सामु, भने जनकपुरको बिकासका बाधक नीधि हुन

जनकपुरधाम ।नेकपा एमालेका सचिव बिदेश बिभाग प्रमुख एवं पूर्व उपप्रधानमन्त्री रघुविर महासेठले नेपाली कांग्रेसका नेता बिमलेन्द्र नीधि बिकास बिरोधी भएको बताएका छन ।

संचारमन्त्री लेखीलाई पदीय मर्यादामा बसेर अभिब्यक्ति दिन पत्रकार महासंघ मधेशको सुझाव

वीरगंज । नेपाल पत्रकार महासंघ मधेश प्रदेशले मधेश सरकारका गृह, संचार तथा कानून मन्त्री राजकुमार लेखीका हालैका अभिब्यक्तिप्रति गम्भिर असहमती प्रकट गरेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.