logo

निजगढ बिमानस्थलको बिरोध गर्नेहरु राष्ट्रको समृद्धिको पक्षमा नरहेको प्रष्ट छः मंत्री भट्टराई

      11/17/2019 गते 00 00 मा प्रकाशित     948   पटक पढिएको

बीरगंज १ मंसीर ।
   संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले  निजगढ अन्तराष्ट्रीय बिमानस्थलको बिपक्षमा कुनै पनि अभियान चलाउने बिरोध र आलोचना गर्नेहरु कुनै पनि अर्थमा राष्ट्रको समृद्धिको पक्षमा नरहेको प्रष्ट बुझन पर्ने बताउनु भयो ।

 

उहाँले भैरहवामा निर्माण अन्तिम चरण्मा पुगेको र अबको तीन महिनामा सञ्चालन गर्ने तयारीमा पुगिसकेकोले अब दोस्रो त्यहि हुने भन्दै त्यसपछि तेस्रो भयो भने पोखरा हुने बताए। पोखरा र भैरहवाले पनि काठमाण्डौंको चापलाई समाधान नगर्ने भन्दै निजगढ नै अन्तिम विकल्प भएको बताउनु भयो । उहाँले निजगढ बिमानस्थलमा कुनै पनि हालतमा बन्ने दृढता ब्यक्त गर्दै फास्ट ट्रयाक र बिमानस्थलको निर्माण नेपालकोलागि “गेम चेन्जर”को रुपमा रहेको बताउनु भयो ।

बाराको कोल्हवी नगरपालिकाले आयोजना गरेको दोस्रो अन्र्तराष्ट्रिय विमान स्थल सम्बन्धीे अन्तरक्रिया कार्यक्रममा सहभागिहरुको प्रश्नलाई सम्बोधन गर्ने क्रममा मन्त्री भट्टराईले यस्तो बताउनु भएका हो ।

 

उहाँले बिमानस्थलको शिलान्यास पनि चाडै हुने बताउनु भयो । प्रस्तावित बिमानस्थल क्षेत्रमा स्थान्तरण गर्ने बस्तीहरुको स्थलगत अवलोकन तथा अनुगमनमा आउनु भएका मंत्री भट्टराईले बिमानस्थलको काम शुरु भएको बताउनु भयो । बस्तीको स्थान्तरण,मुआव्जाको बितरण लगायतका कामहरु भइरहेको बताउनु भएको हो । 

अन्तरक्रियामा समाजवादी पार्टीका महासचिव रामसहाय यादव  संघीय सांसद रामबाबु यादव, प्रदेश सभाका सांसद त्रिलोकी चौधरी, नेकपा बाराका अध्यक्ष क्षेत्र बहादुर श्रेष्ठ जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर डा. कृष्ण पौडेल, कोल्हवी नगरपालिकाका मेयर भरतबहादुर भण्डारी, निजगढ नगरपालिकाका मेयर सुरेश खनाल लगायत विभिन्न पार्टीका नेताहरुले सम्बोधन गरेका थिए । उपमहानगरपालिकाका मेयर डा.कृष्ण पौडेलले बस्ती व्यवस्थापनका लागि संघीय सरकारले निर्णय गरे स्थानीय सरकारले सहयोग गर्ने बताए ।


टांगियाबस्ती सरोकार समितिका अध्यक्ष रमेश सापकोटाले बस्ती व्यवस्थापनबारेमा मन्त्री भट्टराईलाई माग पत्र पेश गरेका थिए। वडा अध्यक्ष केदारनाथ बजगाईले विमानस्थल बनाउनु अघि बस्तीको स्थान्तरण गर्न सरकारसंग माग गरेका थिए ।


टोलीमा पर्यटन राज्यमन्त्री धनबहादुर बुढामगर, पर्यटन सचिव केदारबहादुर अधिकारी, नागरिक उड्डयन विभागका महानिर्देशक राजन पोखरेल, आयोजना प्रमुख प्रदीप अधिकारीलगायत सहभागी छन्। निरीक्षणमा पूर्वमन्त्री पुरुषोत्तम पौडेल, पूर्वसभासद जयराम दाहाल, गोपाल ठाकुर, बलवीर चौधरी, प्रदेश सभाका सांसद ज्वाला साह,  सुन्दर विक, सीता गुरुङ, सारदाशंकरप्रसाद कलवार, जीतपुरसिमरा उपमहानगरपालिकाका उपमेयर सरस्वती चौधरी, निजगढ नगरपालिकाकी उपमेयर लिलादेवी लामिछानेसमेत सहभागी रहेको थियो ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.