logo

मदन गुप्ता बिरुद्ध अख्तियारले तेश्रो मुद्धा दर्ता ग¥यो ८ आठ करोडको बिगो कामय

      11/18/2019 गते 00 00 मा प्रकाशित     1301   पटक पढिएको

काठमाडौं २ मंसिर  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय पर्साका तत्कालिन नयव सुब्बा मदन गुप्ता बिरुद्ध विशेष अदालत काठमाडौंमा सोमबार मुद्धा दायर गरेको छ ।

गुप्ताले ७७ लाख ८६ हजार ८ सय १६ रुपैयाँ राजश्व रकम हिनामिना गरेको पाइएकोले उक्त रकम बराबरको विगो कायम गरी उनीविरुद्ध भ्रष्टचारको मुद्धा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

आर्थिक वर्ष ०७० र ०७१ को रजिष्ट्रेशन फाँट “ख” मा लिखित पास गर्दा लाभकर नलिएको, एउटै नम्वर राखी विभिन्न रजिष्ट्रेशन पास गरेको, लिखित रजिष्ट्रेशनमा भएको थैली रकम घटाई कम मूल्यको थैली कायम गरी राजश्व रकम हिनामिना गरेको तथा महत्वपूर्ण सरकारी अभिलेख कागजात र प्रमाणहरू नष्ट गरेको प्रमाण भेटिएको कोइरालाले बताए ।

यस अघि गएको जेठ ३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुप्ता बिरुद्ध बिशेष अदालतमा अर्के मुद्धा दर्ता गराएको थियो । बाराको कलैमामा रहेको मालपोत कार्यालयको कार्यरत  हुदा उनले अनियमितता गरेको भन्दै मुद्धा दर्ता गरिएको आयोगले बिज्ञप्ति जारी गरेर जनाएको थियो । २ करोड ७३ लाख ७९ हजार रुपैया राजस्व मारेको आरोपमा उनी बिरुद्ध मुद्धा दर्ता भएको थियो ।

 

त्यसै गरि बाराको सीमरा मालपोत कार्यालयको प्रमुखको रुपमा कार्यरत रहदा गुप्ताले ४ करोड ५८ लाख ७१ हजार २० रुपैया १३ पैसा सरकारी राजस्व मासेको अरोपामा गएको जेठ १ गते बिशेष अदालतमा अर्को पनि मुद्धा दर्ता रहको छ ,। बारा जिल्लाको सीमरामा रहेको मालपोत कार्यालयको आर्थिक वर्ष ०७५ /०७६ को फाल्गुण १२ गते सम्म संकलीत राजस्व सरकारी कोषमा दाखीला नगरि हिनामिना गरेको भन्द्यै अख्तियारले आरोप पत्र दायर गरेको अख्तियारले जनाएको थियो  ।

आफूलाई तोकिएको जिम्मेवारी र पदीय दायित्वबाट बिमुख भई आफूसमेतलाई गैरकानूनी लाभ एवं प्रत्यक्ष फाइदा पुर्याउने र नेपाल सरकारलाई गैरकानुनी हानी पुर्याउने गरी सरकारी राजस्व निजी बैंक खातामा जम्मा गर्ने, कार्यालयबाट संकलन भएको राजस्व खाई मास्ने तथा आफू कार्यरत रहेको कार्यालयको हिसाबकिताब समेत दुरुस्त राख्नेन कार्य नगरी खाइमास्ने कार्य गरेको देखिएको भन्दै अख्तियारले गुप्ता बिरुद्ध मुद्धा दायर गरेको हो   । गुप्ता अहिले काठमाण्डौमा अनुसन्धानको क्रममा थुनामा रहेका छन । 


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.