logo

मदन गुप्ता बिरुद्ध अख्तियारले तेश्रो मुद्धा दर्ता ग¥यो ८ आठ करोडको बिगो कामय

      11/18/2019 गते 00 00 मा प्रकाशित     1209   पटक पढिएको

काठमाडौं २ मंसिर  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय पर्साका तत्कालिन नयव सुब्बा मदन गुप्ता बिरुद्ध विशेष अदालत काठमाडौंमा सोमबार मुद्धा दायर गरेको छ ।

गुप्ताले ७७ लाख ८६ हजार ८ सय १६ रुपैयाँ राजश्व रकम हिनामिना गरेको पाइएकोले उक्त रकम बराबरको विगो कायम गरी उनीविरुद्ध भ्रष्टचारको मुद्धा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

आर्थिक वर्ष ०७० र ०७१ को रजिष्ट्रेशन फाँट “ख” मा लिखित पास गर्दा लाभकर नलिएको, एउटै नम्वर राखी विभिन्न रजिष्ट्रेशन पास गरेको, लिखित रजिष्ट्रेशनमा भएको थैली रकम घटाई कम मूल्यको थैली कायम गरी राजश्व रकम हिनामिना गरेको तथा महत्वपूर्ण सरकारी अभिलेख कागजात र प्रमाणहरू नष्ट गरेको प्रमाण भेटिएको कोइरालाले बताए ।

यस अघि गएको जेठ ३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुप्ता बिरुद्ध बिशेष अदालतमा अर्के मुद्धा दर्ता गराएको थियो । बाराको कलैमामा रहेको मालपोत कार्यालयको कार्यरत  हुदा उनले अनियमितता गरेको भन्दै मुद्धा दर्ता गरिएको आयोगले बिज्ञप्ति जारी गरेर जनाएको थियो । २ करोड ७३ लाख ७९ हजार रुपैया राजस्व मारेको आरोपमा उनी बिरुद्ध मुद्धा दर्ता भएको थियो ।

 

त्यसै गरि बाराको सीमरा मालपोत कार्यालयको प्रमुखको रुपमा कार्यरत रहदा गुप्ताले ४ करोड ५८ लाख ७१ हजार २० रुपैया १३ पैसा सरकारी राजस्व मासेको अरोपामा गएको जेठ १ गते बिशेष अदालतमा अर्को पनि मुद्धा दर्ता रहको छ ,। बारा जिल्लाको सीमरामा रहेको मालपोत कार्यालयको आर्थिक वर्ष ०७५ /०७६ को फाल्गुण १२ गते सम्म संकलीत राजस्व सरकारी कोषमा दाखीला नगरि हिनामिना गरेको भन्द्यै अख्तियारले आरोप पत्र दायर गरेको अख्तियारले जनाएको थियो  ।

आफूलाई तोकिएको जिम्मेवारी र पदीय दायित्वबाट बिमुख भई आफूसमेतलाई गैरकानूनी लाभ एवं प्रत्यक्ष फाइदा पुर्याउने र नेपाल सरकारलाई गैरकानुनी हानी पुर्याउने गरी सरकारी राजस्व निजी बैंक खातामा जम्मा गर्ने, कार्यालयबाट संकलन भएको राजस्व खाई मास्ने तथा आफू कार्यरत रहेको कार्यालयको हिसाबकिताब समेत दुरुस्त राख्नेन कार्य नगरी खाइमास्ने कार्य गरेको देखिएको भन्दै अख्तियारले गुप्ता बिरुद्ध मुद्धा दायर गरेको हो   । गुप्ता अहिले काठमाण्डौमा अनुसन्धानको क्रममा थुनामा रहेका छन । 


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

वीरगन्जमा मधेश साहित्य महोत्सव २०२६ सुरु, भाषा–संस्कृति र दबिएका आवाजको साझा मञ्च

वीरगन्ज । मधेश तथा समग्र नेपालको भाषा, साहित्य र संस्कृतिको विविधतालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित मधेश साहित्य महोत्सव २०२६ बिहिवारदेखि वीरगन्जमा औपचारिक रूपमा सुरु भएको छ।

स्वच्छ, हरियाली र व्यवस्थित वीरगञ्ज निर्माणका लागि सबै सरिक भएर लाग्न आवश्यक छः प्रमुख सिंह

वीरगञ्ज ।  नेपाल–भारत सीमावर्ती क्षेत्र वीरगञ्जको मितेरीपुलमा सीमा सुरक्षा पोष्ट सञ्चालनमा ल्याइएको छ। सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उक्त पोष्ट सञ्चालनमा ल्याइएको हो।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.