logo

कांग्रेस भित्रको गुटबन्दी छताछुल्ल,हिंसामा उत्रिए नेताहरु,महानगर सभापतिले भकुरे प्रदेश सभा सदस्य

      11/20/2019 गते 00 00 मा प्रकाशित     1059   पटक पढिएको

वीरगन्ज, ५ मंसिर । प्रदेशसभा सदस्य ओमप्रकाश शर्मामाथि बुधबार बिहानै कुटपिट भएको छ । बिहानी पख वीरगन्जको आदर्शनगरमा प्रभातीय यात्रामा निस्किएका प्रदेश सांसद शर्मालाई उनकै पार्टीको नगर सभापति भोला कलवारले कुटपीट गरेका हुन ।

 

कलवारले आफना मान्छेहर बोलाएर कुटन लगाएको साँसद शर्माले बताउनु भयो ।  प्रभातीय यात्रामा निस्किएका शर्मा र भोला कलवारको आदर्शनगर स्थित बब्लु चिया पसलमा भेट भएको हो । उनीहरुबीच सामान्य विवादपछि हात हालाहाल समेत भएको थियो । प्रदेशसभा सदस्यको मर्यादामा रहेका शर्मालाई नगरसभापति भोला कलवारले सार्वजनिक स्थानमा गालीगलौज गरेपछि दुवैजनाबीच कुटाकुट भएको हो ।

 

त्यसपछि फेरी कलवारले आफ्ना मान्छे बोलाएर शर्मामाथि आक्रमण गरेको प्रत्यक्षदर्शीले बताए । उनीहरुबीच भनाभन भएको भिडियो समेत सामाजिक सञ्जालमा भाइरल भएको छ । दुवैजनाबीच कुटपिट हुँदा घाईते भई दुवैजना नारायणी अस्पतालमा भर्ना भएर उपचार गराई शर्मा घर फर्किएका छन् । भोला कलवार भने थप उपचारका लागि काठामाडौं गएका छन् ।


के हो विवादको चुरो ?


भोला कलवार नेपाली कांग्रेसको नगरसभापति हुन् । उनी वीरगन्ज महानगरपालिकाको नगरसभा गृह भाडामा लिएर चलाई रहेका छन् । ओमप्रकाश शर्मा पनि नेपाली कांग्रेसबाटै प्रदेशसभा सदस्यमा मनोनित भएका व्यक्ति हुन् । दुवैजना एउटै पार्टीको भएपनि पार्टीको जिल्ला अधिवेशनदेखि मनमुटाव रहँदै आएको थियो । पार्टीको आन्तरिक राजनीतिमा पनि एउटै गुटका हुन ।

 

पार्टीको जिल्ला अधिवेशनमा अजय द्विवेदीलाई सभापति बनाउन दुबै एउटै सुमहमा रहेका थिए । कार्यकर्ताको भात भान्साको बयवस्थापन भोलाको थियो भने रकमको जोहो शर्माले गरेका थिए । त्यतीबेला भएको खाना खर्चको बिषयमा साह र शर्मावीच असहमती बढेको थियो । साहले १५ लाखको हिसाव देखाएका थिए भने शर्माले त्यती खर्च नहुने जिकीर गरेका थिए । बिवादको चुरो यही थियो ।

 

पार्टी सभापतिमा निर्वाचित अजय द्विवेदीले १० लाख रुपैया भूक्तानी दिलाएर यो बिषयलाई मिलाएका थिए तर मन त्यतीबेला देखी भाँच्चिएको थियो । त्यसपछि ओमप्रकाश शर्मा प्रदेशसभा सदस्यमा मनोनित भएपछि उनले नगरसभा गृह सार्वजनिक सम्पत्तिमा भएको आर्थिक अनियमितताको विरोधमा बोल्दै आईरहेका थिए । सोही कुराले नगरसभापति समेत रहेका भोला कलवार चिढीएका थिए ।

 

उनले शर्मालाई सार्वजनिक स्थानमा गाली गलौज गर्दै आएका थिए । शर्मालाई गाली गलौज गर्ने कुरा राम्रो नभएको र पार्टीले कारवाही गर्नुपर्ने आवाज पनि उठाउदै आएका थिए । नेपाली कांग्रेसका केन्द्र उपसभापति विलेन्द्र निधी, केन्द्रीय सदस्यदेखि पर्सा जिल्ला सभापति अजय द्विवेदीसम्मलाई शर्माले भन्दै आएका थिए । तर, पार्टीको नियन्त्रण भन्दा बाहिर कलवार रहेका थिए । त्यसैले बुधबार यो घटना हुन पुगेको ओम प्रकाश शर्माको बुझाई छ ।

 

नगरसभागृहको विषयमा ओमप्रकाश शर्माले कुरा उठाउनु भन्दा अघि नै अख्तियारले छानविनका लागि महानगरपालिकालाई पत्राचार गरेको थियो । तर, महानगरपालिकाले भने अख्तियारको पत्रलाई ढाकछोप गरेर राखेको छ । नगरसभागृह संचालनमा कांग्रेस नगरसभापति भोला कलवार र समाजवादी पार्टी  निकटका विश्वामित्र प्रसाद कलवारको साझेदारी छ ।

 

त्यसैले महानगरपालिकामा समाजवादी पार्टीको दबावले पत्र ढाकछोप गरेको हुनसक्ने अनुमान गरिएको छ । नगर सभापति कलवार भने शर्माले भने जस्तो बिषयमा शर्मासंग आफनो कुनै असन्तुष्टि रहेको छैन भन्छन । नेपाली कांग्रेसको तर्फबाट सम्बिधान सभाको  सदस्य भएका प्रदेश सभाको सदस्य रहेका शर्माले ब्यापारीको माल समात्न र छोड्न लगाउने त्यसो गर्दा कमिशन खाने गर्छन भन्ने भोला साहको आरोप छ ।मलाई शर्माको दलाली गर्ने प्रवृति मन पर्दैन आज बिहान पनि मैलै यही कुरा भनेको र यही बिषयमा भलगडा भएको हो  । नगरसभाको बिषयमा धेरैले बिरोध गरेका छन मुद्धा हालेका त्यसका बिषयमा शर्मासंग झगडा नभएको साहको भनाई छ ।

काठमाण्डौ किन लागे कलवार ?


प्रदेशसभा सदस्य ओमप्रकाश शर्मा र भोला कलवारबीचको कुटाकुटपछि अस्पताल भर्ना भएका शर्मा उपचारपछि घर फर्किएका छन् । भोला कलवार भने प्रहरीले पक्राउ गर्ने डरले थप उपचारको लागि भन्दै काठमाडौं लागे। जनताको जनप्रतिनिधिलाई रिसिवीले मान्छे लगाएर कुटपिट गराउने कलवारमाथि कानुनी कारवाही गर्नुपर्ने दबाव बढेको छ ।

 

त्यसैले पनि उनी प्रहरीले पक्राउ गर्ने भयले उपचारको बाहानामा काठमाडौं लागेको अड्कलबाजी गर्न थालिएको छ । सार्वजनिक व्यक्तिमाथि सार्वजनिक स्थलमा हातपात र गालीगलौज गर्नेलाई मुलकी अपराध संहिता अनुसार कारवाही हुने कानुनी व्यावस्था रहेको छ ।

 

 तर कलवारले भने रक्तचाप तथा दम बढेकोले तप उपचारकोलागि आफू काठमाण्डौ गएको बताउनु भयो । बीरगंज गुणस्तीय उपचार सेवा नभएकोले रेफर भएर काठमाण्डौ आए उहाँले भन्नु भयो ।


प्रहरीको उदासिनता   


प्रदेशसभा सदस्य शर्मा र नगरसभापति कलवारबीचको झगडामा पर्सा प्रहरीले उदासिनता देखाएको छ । कलवार र शर्माबीच एकपटक झगडा भईसकेपछि कलवारले मान्छे बोलाउन लगाए  लगत्तै प्रदेशसभा सदस्य शर्माले पर्साका प्रहरी उपरीक्षक सोन्द्रसिंह राठौरलाई घटनाको बारेमा जानकारी गराईसकेका थिए ।

फेरी दोश्रो पटक फोन गरेर जानकारी गराएपनि पछिल्लो पटक घटना हुँदा समेत प्रहरी घटनास्थलमा आई नपुगेपछि प्रहरीले पनि यस घटनामा उदासिनता देखाएको प्रदेशसभा सदस्य शर्माको गुनासो छ । उनलाई कलवारका मान्छे आएर कुटपिट गर्छ भन्ने विश्वास नलागे पनि सुरक्षाको दृष्टिले प्रहरीलाई खबर गर्न उपयुक्त देखिएपछि खबर गरेका थिए ।

तर, घटना भएको आधाघण्टामा पनि प्रहरी घटनास्थलमा पुग्न सकेन । तर पर्सा प्रहरी प्रमुख सोमेन्द्र सिहं राठौरले प्रहरी उदासिन नरहेको प्रष्ट पार्नु भयो । सासदले कतिखेर फोन गर्नु भयो मैले कतिखेर गरे र प्रहरी घटनास्थलमा कतिखेर पुग्यो सबै कुरा लिखित रेकर्ड गरिएको छ छानविन भयो भने सबै कुरा देखिने उहाँको भनाई छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

महासेठ दम्पती पत्रकार सामु, भने जनकपुरको बिकासका बाधक नीधि हुन

जनकपुरधाम ।नेकपा एमालेका सचिव बिदेश बिभाग प्रमुख एवं पूर्व उपप्रधानमन्त्री रघुविर महासेठले नेपाली कांग्रेसका नेता बिमलेन्द्र नीधि बिकास बिरोधी भएको बताएका छन ।

संचारमन्त्री लेखीलाई पदीय मर्यादामा बसेर अभिब्यक्ति दिन पत्रकार महासंघ मधेशको सुझाव

वीरगंज । नेपाल पत्रकार महासंघ मधेश प्रदेशले मधेश सरकारका गृह, संचार तथा कानून मन्त्री राजकुमार लेखीका हालैका अभिब्यक्तिप्रति गम्भिर असहमती प्रकट गरेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.