logo

बिस्तृत शान्ति सम्झौताका ते¥ह वर्ष,स्व. कोइरालाले असाधरण नेतृत्व कोशल देखाए

      11/21/2019 गते 00 00 मा प्रकाशित     1286   पटक पढिएको

वीरगंज । बिस्तृत शन्ति सम्झौताको १३ औ वर्षगाँठाको अवसरमा बीरगंजमा शान्ति सम्वाद बिषयक गोष्ठी सम्पन्न भएको छ । जी.पी. कोईराला फाउन्डेशन पर्साले आज वीरगंजको आदर्शनगर स्थित अन्पूर्ण होटलमा आयोजना गरेको “शान्ति संवाद” कार्यक्रममा नेपालको शान्ति निर्माणमा स्व.गिरीजा प्रसाद कोइरालाको योगदानको चर्चा भएको थियो ।

 कार्यक्रममा वक्ताहरुले शान्ति निर्माणको कामलाई नेतृत्व प्रदान गरेर स्व.कोइरालाले मुलककालागि महत्वपूर्ण योगदान गरेको चर्चा गरेका थिए । 

कार्यक्रममा नेपाली कांग्रेस पर्साका सभापति अजय कुमार द्विवेदीले जनयुद्धको शाँितपूर्ण अवतरणमा स्व.गिरीजाप्रसाद कोइरालाले असाधरण नेतृत्व कौशल देखाएको बताउनु भयो ।

 

उहाँले जीवनकालभरि निकै आलोचीत रहनु भएका कोइरालाले राजा ज्ञानेन्द्रलाई बेबी किङको अफर अन्तिम क्षण सम्म पनि गर्नु भएको तर राजाले कुरा नबुझेको बताउनु भयो । उहाँले भन्नु भयो राजा नत ब्यापारी भएर नत राजनीतिज्ञ नै हुन सके । नेपाली कांग्रेसका नेता शोभाकर पराजुलीले शिखर पुरुष स्व. गिरजा प्रसाद कोईराला नेपालको गणतन्त्रको पिता भएको वताउनु भयो ।

 

कोईरालाको नेतृत्वमा भएको वृहत शान्ति सम्झौताको कारण नै नेपालमा गणतन्त्र स्थापना भएको र तत्कालिन माओवादी राजनीतिको मुल धारमा आएको उहाँको भनाई थियो । मुलुक नै द्वन्द्धमा डुबेको अवस्थामा कोईरालाले चालेको कदमले शान्ति स्थापना भएको वताउदै उहाँले कोईराला नेपाली कांग्रेसको  मात्र नभई सबै पार्टीको अभिभावक  भएको वताउनु भयो ।

नेकपाकी नेतृ एवं प्रदेश सांसद जवाला साहले स्व. कोईरालाको सम्झना गर्दा अहिले आफूहरु टुहुरो भएको बताउनु भयो  । उहाले स्व.कोइरालाको कमी अहिले पनि भइरहेको बताउनु भयो ।   कोईरालाको नेतृत्वमा भएको शान्ति सम्झौताका कारण नै संविधान सभा मार्फत संविधान निर्माण भएको उहाँको भनाई थियो । उहाँले सम्बिधान त बनाइयो तर त्यसमा रहेका बिभिन्न कमी कमजोरीहरुलाई सच्याउन जरुरी रहेको बताउनु भयो । 


राजपाका महासचिव शिव पटेलले गिरजा प्रसाद कोईरालाको अवसान पछि पनि हामी अहिले त्यस्तै नेताको खोजी गरिरहेका छौ भन्नु भयो । उहाँले गरेको कामको नेपालमा मात्र नभई विश्व मै चर्चा भएको पटेलले वताउनु भयो ।  अहिलेको अवस्थामा कुनै नेतामा बिश्वास नलागेको उनको भनाई थियो । उनले भने बृहत शान्ती सम्झौता जस्तै उहाकै पालामा अरु सम्झौता पनि भए तर उहांको निधन पछि खोई त कार्यन्वयन भएको, उहांले उठाएको सर्वपक्षीय भेला, एकताको प्रयास र मेलमिलापको सिद्धन्तहरु पनि लागु गर्नु पर्ने उहाँको भनाई थियो।

 

जी.पी. कोईराला फाउन्डेशन पर्साका अध्यक्ष महम्मद सहाबुदिनको अध्यक्षतामा र नेपाली कांग्रेस पर्साका सभापति अजय कुमार द्विवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री सुरेन्द्र चौधरी, नेकपा पर्साका अध्यक्ष प्रभु हजरा, राजपाका सह महासचिव नेजामुदिन समानी, समाजवादी पार्टीका प्रदेश सदस्य शशिकपुर मियाँ, नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेल, महासमिती सदस्य प्रकाश उपाध्याय, नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दिपेन्द्र चौहान, उपाध्यक्ष के.सी. लामिछने लगायतको सहभागिता रहेको थियो ।

 

कार्यक्रमको संचालन फाउन्डेसन पर्साका सचिव सरोज चैरसियाले गरेका थिए भने स्वागत मन्तव्य संतोश सिंहले राखेका थिए ।

कार्यक्रममा १० बर्षे सशस्त्र जनयुद्ध र विस्तृत शान्ति सम्झौतालाई समेटेर तयार पारिएको कार्यपत्र पत्रकार रितेश त्रिपाठी र कंचन झाले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सहिद परिवारका ४ जनालाई सम्मानित समेत गरिएको थियो । पर्साका सहिद परिवारका श्रृष्ठी भण्डारी, मैयाँ गिरी, गिता कुँवर र श्रीराम दासलाई कार्यक्रमका प्रमुख अतिथी र विशेष अतिथीहरुले फुलको माला लगाई र दोसाला ओढाई मायाँको चिनोले सम्मान गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.