logo

निर्वतमान अध्यक्ष शर्मालाई कुटनेलाई कारवाही गरः बीउवासंघ

      11/21/2019 गते 00 00 मा प्रकाशित     765   पटक पढिएको

वीरगंज ५ मंसीर ।    वीरगञ्ज उद्योग वाणिज्य संघले संघका निवर्तमान अध्यक्ष एवं प्रदेशसभा सदस्य ओम प्रकाश शर्मामाथि भएको हातपातको घटनाको दोषीलाई कारवाही गर्न माँग गरेको छ । संघले बिहिवार एक बिज्ञप्ति जारी गरि कारवाहीको माँग गरेको हो । संघले घटनाको भत्र्सना समेत गरेको छ । 

 

संघले निकालेको बिज्ञप्तिमा शर्मामाथि सार्वजनिक स्थलमै नगर सभागृहका सञ्चालक भोला साह कलवारले हातपात गरेको प्रति वीरगञ्ज उद्योग वाणिज्य संघको गम्भीर ध्यानाकर्षण भएको  उल्लेख छ ।

 

संघका निर्वतमान अध्यक्ष समेत रहेका शर्मा प्रभात भ्रमणपछि वीरगञ्जको आदर्शनगरस्थित बब्लु टि स्टलमा चिया खाइरहेको थिए ।  त्यही बेला भोला साह कलवारले अनावश्यक विवाद गर्दै गालीगलौज गरी शार्मालाई हातपात हातपात गरेको कार्य अमयार्दित र आपराधिक प्रकृतिको रहेको संघको ठहर छ ।’ विज्ञप्तीमा भनिएको छ ।

 

घटनाले शान्ति सुरक्षाप्रति सर्वसाधारणमा भयावह अवस्था सिर्जना गरेको भन्दै विज्ञप्ती मार्फत संघले गालीगलौज तथा हातपातमा संलग्न व्यक्तिहरु उपर कानूनी कारबाही गर्न माग गरिएको छ ।

बुधबार बिहान कांग्रेस नगर सभापति समेत रहेका कलवार र शर्माबीच सुरुमा विवाद मात्रै भएको थियो । त्यसपछि आक्रोशमा आएका कलवारले थप मानिसहरु बोलाएर आक्रमणमा उत्रिएका थिए । कलवार आइलागेपछि शर्माले पनि प्रतिकार गरेको प्रत्यक्षदर्शीहरु बताउँछन् ।

 

घटनास्थलको सीसीटिभी फुटेज समेत सार्वजनिक भइसकेको छ ।सार्वजनिक सम्पत्ति नगर सभा गृह ठेक्काका नामामा देखिएको बेथितीविरुद्ध आवाज उठाउँदा गुण्डागर्दी शैलीमा आक्रमण भएको शर्माको भनाइ छ । शर्माले कलवारविरुद्ध  जिल्ला प्रहरी कार्यालय पर्सामा बुधवार उजुरी गरेका छन ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.