logo

स्वच्छ वातावरण बिना स्वच्छता कर नदिन नगरवासीलाई  अभियान्ताहरुको आग्रह

      11/22/2019 गते 00 00 मा प्रकाशित     2541   पटक पढिएको

वीरगंज ६ मंसिर । श्रीसिया नदी प्रदुषण मुक्त अभियानले आज वीरगंजको घण्टाघरमा हस्ताक्षर अभियान शुरु गरेको छ । अभियानका संयोजक अधिवक्ता सुरेन्द्र कुर्मीको अध्यक्षतामा दुई दिने हस्ताक्षर अभियान शुरु गरिएको हो ।
“स्वच्छ नदी पवित्र जल स्वस्थ जीवन समृद्ध वीरगंज” भन्ने मुल नाराका साथ बिहान ८ बजे बाट हस्ताक्षर अभियान शुरु गरिएको हो । अभियान्ता सुरेन्द्र कुर्मीले  स्वच्छ वातावरण बिना स्वच्छता कर नदिन नगरवासीलाई  आग्रह गर्नुभयो ।

उहाँले नेपालको संबिधानको धारा ३० ले आम नेपालीलाई स्वच्छ र स्वस्थ्य वातावरणमा बाच्ने संवैधानिक सुनिश्चितता गरेको बताउनुभयो । उहाँले वीरगंज महानगरपालिका र यस क्षेत्रमा रहेको छाला,सिमेन्ट,सावुन लगायतका उद्योगहरुले आफना उद्योगबाट छाई, जिवका अवशेष ,रौ र केमिकलयुक्त बिषादी फोहर पानी सिधै  श्रीसिया नदीमा मिसाउदा आसपासका स्थानीयलाई समस्या हुने गरेको बताउनुभयो ।

उहाँले बिषादी युक्त पानीले गर्दा आम जनतामा क्यान्सर, मुटुरोग र छाला रोगको प्रकोप बढदै गएको समेत जानकारी दिनुभयो । राजपा नेपालको केन्द्रिय उपाध्यक्ष समेत रहेका कुर्मीले मुख्यमन्त्रीले स्वच्छता कर लिए पनि स्वच्छ वातावरण तर्फ कुनै कदम नचालेको र स्वच्छता करको पैसा अनावश्यक प्रचारमा खर्च गरेको आरोप लगाउनुभयो ।

उहाँले वीरगंजलाई प्रदुषण मुक्त बनाउन अभियानमा जुट्न सवैलाई आग्रह गर्दै त्यसका लागि सम्पुर्ण वीरगंजवासीलाई अभियानमा होमिन अनुरोध गर्नुभयो । उहाले संर्घष समिती सरिसवा नदीलाई प्रदुषण मुक्त बनाएरनै बिश्राम लिने बताउनुभयो ।

दुई दिने सम्म चल्ने हस्ताक्षर अभियान प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने र त्यसपछि थप संर्घषका कार्यक्रम गरिने अभियानका सदस्य एवं राजपा वीरगंज नगर अध्यक्ष ओमप्रकाश सर्राफले बताउनुभयो ।

हस्ताक्षर अभियानमा समाजसेवी वृजेश्वर चौधरी, अधिवक्ता पन्नालाल गुप्ता, अभियानका सदस्य ज्ञानेन्द्र कुमार सिंह, कन्हैया पटेल लगायतको सहभागिता रहेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.