logo

स्वच्छ वातावरण बिना स्वच्छता कर नदिन नगरवासीलाई  अभियान्ताहरुको आग्रह

      11/22/2019 गते 00 00 मा प्रकाशित     2446   पटक पढिएको

वीरगंज ६ मंसिर । श्रीसिया नदी प्रदुषण मुक्त अभियानले आज वीरगंजको घण्टाघरमा हस्ताक्षर अभियान शुरु गरेको छ । अभियानका संयोजक अधिवक्ता सुरेन्द्र कुर्मीको अध्यक्षतामा दुई दिने हस्ताक्षर अभियान शुरु गरिएको हो ।
“स्वच्छ नदी पवित्र जल स्वस्थ जीवन समृद्ध वीरगंज” भन्ने मुल नाराका साथ बिहान ८ बजे बाट हस्ताक्षर अभियान शुरु गरिएको हो । अभियान्ता सुरेन्द्र कुर्मीले  स्वच्छ वातावरण बिना स्वच्छता कर नदिन नगरवासीलाई  आग्रह गर्नुभयो ।

उहाँले नेपालको संबिधानको धारा ३० ले आम नेपालीलाई स्वच्छ र स्वस्थ्य वातावरणमा बाच्ने संवैधानिक सुनिश्चितता गरेको बताउनुभयो । उहाँले वीरगंज महानगरपालिका र यस क्षेत्रमा रहेको छाला,सिमेन्ट,सावुन लगायतका उद्योगहरुले आफना उद्योगबाट छाई, जिवका अवशेष ,रौ र केमिकलयुक्त बिषादी फोहर पानी सिधै  श्रीसिया नदीमा मिसाउदा आसपासका स्थानीयलाई समस्या हुने गरेको बताउनुभयो ।

उहाँले बिषादी युक्त पानीले गर्दा आम जनतामा क्यान्सर, मुटुरोग र छाला रोगको प्रकोप बढदै गएको समेत जानकारी दिनुभयो । राजपा नेपालको केन्द्रिय उपाध्यक्ष समेत रहेका कुर्मीले मुख्यमन्त्रीले स्वच्छता कर लिए पनि स्वच्छ वातावरण तर्फ कुनै कदम नचालेको र स्वच्छता करको पैसा अनावश्यक प्रचारमा खर्च गरेको आरोप लगाउनुभयो ।

उहाँले वीरगंजलाई प्रदुषण मुक्त बनाउन अभियानमा जुट्न सवैलाई आग्रह गर्दै त्यसका लागि सम्पुर्ण वीरगंजवासीलाई अभियानमा होमिन अनुरोध गर्नुभयो । उहाले संर्घष समिती सरिसवा नदीलाई प्रदुषण मुक्त बनाएरनै बिश्राम लिने बताउनुभयो ।

दुई दिने सम्म चल्ने हस्ताक्षर अभियान प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने र त्यसपछि थप संर्घषका कार्यक्रम गरिने अभियानका सदस्य एवं राजपा वीरगंज नगर अध्यक्ष ओमप्रकाश सर्राफले बताउनुभयो ।

हस्ताक्षर अभियानमा समाजसेवी वृजेश्वर चौधरी, अधिवक्ता पन्नालाल गुप्ता, अभियानका सदस्य ज्ञानेन्द्र कुमार सिंह, कन्हैया पटेल लगायतको सहभागिता रहेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

वीरगन्जमा मधेश साहित्य महोत्सव २०२६ सुरु, भाषा–संस्कृति र दबिएका आवाजको साझा मञ्च

वीरगन्ज । मधेश तथा समग्र नेपालको भाषा, साहित्य र संस्कृतिको विविधतालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित मधेश साहित्य महोत्सव २०२६ बिहिवारदेखि वीरगन्जमा औपचारिक रूपमा सुरु भएको छ।

स्वच्छ, हरियाली र व्यवस्थित वीरगञ्ज निर्माणका लागि सबै सरिक भएर लाग्न आवश्यक छः प्रमुख सिंह

वीरगञ्ज ।  नेपाल–भारत सीमावर्ती क्षेत्र वीरगञ्जको मितेरीपुलमा सीमा सुरक्षा पोष्ट सञ्चालनमा ल्याइएको छ। सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उक्त पोष्ट सञ्चालनमा ल्याइएको हो।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.