logo

ठाकुरराम क्याम्पसमा तालाबन्दीका बिरुद्ध पनि तालाबन्दी

      11/22/2019 गते 00 00 मा प्रकाशित     1000   पटक पढिएको


वीरगंज ६ मंसिर । बीरगंजको ठाकुरराम बहुमुखी क्याम्पसमा राष्ट्रिय बिद्यार्थी संघ र सत्तारुढ दल नेकपाको जनसंगठन अनेरास्ववियूले शुक्रवार प्रशासन शाखामा तालाबन्दी गरेका छन ।

 

दुई सुत्रीय माग राखेर तालाबन्दी गरेको अनरास्ववियूका नेता संदिप क्रिम साहले बताउनु भयो । क्याम्पसले मंसीर २ गते प्राविधिक सहायकको आवश्यकता सम्बन्धी सूचना प्रकाशीत गरेका थियो ।

 

त्यसको  निवेदन दिने अन्तिम मिति २०७÷८÷१७ लेखिएको थियो । यो सूचना आफैमा अपुरो थियो । कार्तिक २१ गते राजनीति शास्त्र र समाजशास्त्रमा केही आशीक शिक्षकहरु पूर्ती गर्नु पर्ने भएकोले ७ दिन भित्र निवेदन दिन सूचना जारी भएको थियो । त्यही सूचनामा अन्र्तवार्ता भने मंसीर ८ गते हुने उल्लेख छ ।

 

क्याम्पस प्रशासनले कार्तिक ७ गते अर्को सूचना प्रकाशीत गरि कार्तिक २८ गते हुने अन्र्तवार्ता प्राविधिक कारणबस स्थगीत गरिएको सूचना प्रकाशीत ग¥यो । क्याम्पसले जारी गरेको कुनै पनि सूचनामा कार्तिक २८ मा अन्र्तवार्ताको मिति थिएन ।

 

तर के कति कारणले कुन अभिप्रायले हुदै नभएको मितिको परिक्षा स्थगीत भयो भन्ने कुराको स्पष्टोक्ती क्याम्पसले दिन सकेको छैन । मंसीर २८ गते हुने भनिएको अन्र्तवार्ता स्थगीत नगरि क्याम्पसले अर्को सात दिने सूचना एक स्थानीय देनीकमा प्रकाशीत गरि शिक्षक आपूर्तीको प्रक्रिया अगाडि बढाएको छ ।

 

क्याम्पस प्रशासनले देखाएको यही अपरिपक्वताका कारण शिक्षक तथा पविधिक नियुक्तिमा अनियमितता भएको र आफन्त नातागोतालाई जागीर लगाउने उद्धेश्यले शिक्षक आपूर्ती गर्न खोजेको भन्दै बिद्यार्थी संगठनले तालाबन्दी गरेका हुन । प्राविधिकको कर्मचारीको नियुक्ति र राजनतिशास्त्र तथा समाजशास्त्रका शिक्षकहरुको भर्ना समेत रोक्न माग गरेर तालाबन्दी गरेका हुन ।

यसैवीच नेपाल बिद्यार्थी संघ ठाकुरराम बहुसमुखी क्याम्पसका इकाई अध्यक्ष मनोज साहले क्याम्पसका बाँकी रहेका शाखामा आफनो संगठनले ताला लगाएको बिज्ञप्ति जारी गरेर जानाएका छन । 


सधै क्याम्पसमा तालाबन्दी हुने त्यसको समाधानको उपाय नखोजिने प्रवृतिको बिरोध गर्दै साहले सबै समस्याको प्याकेजमा समाधानकोलागि तलाबन्दी गरिएको जनाएका छन । नेविसंघले तालाबन्दी बिरुद्ध तालाबन्दी गर्नु परेको जनाएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.