logo

उपभोक्ताहित संरक्षण मंचको प्रदेश अध्यक्षमा लामिछाने सर्वसम्मत

      11/23/2019 गते 00 00 मा प्रकाशित     1120   पटक पढिएको

बर्दिवास ७ मंसीर ।
उपभोक्ता हित संरक्षण मञ्चको प्रदेश न.२ को अध्यक्षमा के.सी. लामिछाने चयन हुनु भएको छ । उपभोक्ता अधिकारको क्षेत्रमा क्रियाशील अधिकारकर्मीहरुको शनीवार महोतरीको बर्दिवासमा भएको प्रदेश भेलाले लामिछानेलाई प्रदेश अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको हो ।

 

 उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रिय अध्यक्ष तथा प्रदेश न.२ का संयोजक  अजय कुमार अधिकारीको अध्यक्षतामा भएको भेलाले निर्माण गरेको प्रदेश समितिको उपाध्यक्षमा दिनेश गिरि (बारा) सचिवमा गुन्जन राय (धनुषा) कोषाध्यक्षमा सुधीर मल्लीक (महोतरी) सदस्यमा टिका घिमिरे ( रौतहट ) निशा हमाल ( सर्लाही ), मनु खनाल ( सप्तरी ), जिवछ चौधरी ( सिरहा) र अरुण खनाल (बारा) चयन हुनु भएको मंचका केन्द्रीय सदस्य धिरज शर्माले जानकारी दिनु भयो । 


कार्यmक्रममा मंचका केन्द्रीय उपाध्यक्ष अजय अधिकारी,केन्द्रीय सदस्य धिरज शर्मा र दिनेश के.सी.ले नवनिर्वाचित कमिटीलाई बधाई तथा धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

 

मंचको आजै सम्पन्न पहिलो बैठकले भोज प्रसाद फूयाल महोतरी र किशोर शर्मा बारालाई सल्लाहकारमा मनोनयन गरेको छ । त्यसैगरि के.सी.लामिछाने,दिनेशचन्द्र गिरी,गुन्जन राय,सुधीर मल्लीक र जीवच्छ चौधरी रहेको सचिवालय समेत निर्माण गरेको छ ।  


आजै  उपभोक्ता हित संरक्षण मञ्च बर्दिवास नगर कार्य समिति गठन भएको छ ।निर कमल कार्कीको अध्यक्षता ११ सदस्यीय कार्य समिति चयन गरेको छ ।उपाध्यक्षमा भुवन खड्का , सचिवमा धिरज अधिकारी , कोषाध्यक्षमा गुणहरि घिमिरे , सदस्यहरुमा ललन मन्डल ,सन्तोष पाटा , थल बहादुर दर्नाल ( सोनु), उरुषा खड्का , ममता सन्याङ्जाली , निर बहादुर थापा र जमुना अधिकारी पोखरेल चयन भएको केन्द्रिय सदस्य धिरज शर्माले जानकारी गराउनु भयो ।
त्यसै गरि सल्लाहकारमा  मिन रहपाल  र उमेश रिमाल रहनु भएको छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.