logo

सामाजिक सुरक्षा भत्ता माँग गर्दै जेष्ठ नागरिकले बुझाए प्रजिअलाई ज्ञापन

      12/11/2019 गते 00 00 मा प्रकाशित     857   पटक पढिएको

बीरगंज २५ मङसीर ।
सिंहदरवारको अधिकार सम्बैधानिक रुपमा गाउँ गाउँमा गएपनि स्थानीय नागरिकले  त्यसको अनुभूती भने गर्न पाएका छैनन । सामाजिक सुरक्षा भत्ता वापतको रकम स्थानीय तह मार्फत जेष्ठ नागरिक लगायतले अन्यले गाउँमै पाउने ब्यवस्था भएपनि  पर्साको एउटा गाउँका जेष्ठ नागरिक भने समाजिक सुरक्षा भत्ता माग्दै सदरमुकाममा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन बुझाउन बाध्य छन । 

पर्साको जगरनाथपुर गाउँपालिका वडा नं. २ लक्ष्मीपुर टोलका जेष्ठ नागरिकले मङसीर २५ गते अन्तराष्ट्रीय मानव अधिकार  दिवसको दिनमा पर्साका प्रमुख जिल्ला अधिकारीलाई ४ बूंदे ज्ञापन बुझाएका छन ।  


आर्थिक बर्ष २०७६ ०७७ मो वितरण नभएको समाजिक सुरक्षा भत्ता यथासिघ्र वितरण गराउनु पर्ने ज्ञापन पत्रमा उल्लेख छ । गाउँपालिकाका अध्यक्ष जालिम मियाँले आफनो इँटा उधोग बनाउदा सार्वजनिक कुलो भत्काई मासेका कारण ७० विगहा खेती सिचांई प्रभावित भएकोले पुन कुलो निर्माण गराईदिनु पर्ने उल्लेख छ ।

 

ज्ञापन पत्र बुझाउदै ७४ वर्षिय सत्यनारायण चौहानले कुलो बनाउन जाँदा गाउँपालिकाका अध्यक्ष मियाले रोक्ने गरेकोले प्रमुख जिल्ला अधिकारीबाट स्थलगत अनुगम गरी कुलो निर्माण सुचारु गराउन माँग गर्नु भएको थियो । बिकासमा समानता  र गाउँपालिका कार्यालयबाट दलित बालबालिकाको भत्ता उपलब्ध गराउनु पर्ने भन्दै ज्ञापन पत्र बुझाइएको हो  ।

उहाँहरुले सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतलाई ज्ञापन पत्र बुझाउनु भएको हो ।
ज्ञापन पत्र बुझाउन जगदिश हजरा दुसाद, प्रभु प्रसाद चौहान, जिउत महतो चाई, केशवर राम, जोखु राउत लगायतकाले जिल्ला प्रशासन कार्यालय पर्सामा पुग्नु भएको थियो । 


यसैवीच जगरनाथपुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमित गिरीले पंजिकरण विभागबाट समाजिक सुरक्षा भत्ताको लागि माँग भएर आए जतीको सामाजिक सुरक्षा भत्ता बितरणकोलागि वडा सचिवहरुलाई रकम निकास गरि सकिएको बताउनु भयो ।

 

उहाँले  वाकी रहेको अपुग रकम मांग समेत गरि सकिएको प्रष्ट पार्नु भयो । उहाँले सामाजिक सुरक्षा भत्ता पाउनेहरुको अभिलेखिकरणको काम तिब्र गतिमा भइरहेको र १५ दिन भित्र अन्य बाँकी रहेका सबैको अभिलेख दुरुस्त पारी भत्ता समेत बितरण गरि सक्ने जानकारी दिनु भयो ।

 

 आर्थिक वर्ष ०७६ /०७७ को साउन महिना  देखी नै सामाजिक सुरक्षा भत्ता बितरण भएको छैन । गाउँपालिका भित्र सामाजिक स्ुरक्षा भत्ता पाउने करिब १ हजार ५ सय नागरिक रहेको कार्यकारी प्रमुख गिरीले जानकारी दिनु भयो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.