logo

पोखरियामा आश्चार्यजनक आगलागी

      12/16/2019 गते 00 00 मा प्रकाशित     921   पटक पढिएको

 वीरगन्ज, १ पुस । पर्साको पोखरिया नगरपालिकाको वडा नम्बर ४ र ५ मा गएराति आश्चार्यजनक रुपमा आगलागीको घटना भएको छ । राति करिब ९ बजेदेखि पोखरिया नगरपालिकाको वडा नम्बर ४ र ५ को विभिन्न ११ स्थानमा एकैपटक आगलागी भएको पोखरिया नगरपालिकाका मेयर दिपनारायण रौनियारले जानकारी दिनुभयो ।

आगलागीबाट मानवीय क्षति हुनबाट भने टरेको छ । परालको कुन्यु, मन्दिरमा बस्ने बाबाको कुटी तथा साना टहरा लगायत विभिन्न ११ ठाउँमा एकै पटक आगलागी हुँदा पोखरियावासी आश्चार्य चकित भएका छन् । यो घटनाले उनीहरु त्रसित पनि भएका छन् । मध्यराति १२ बजे पोखरिया नगरपालिकाको दमकल, वीरगन्ज महानगरपालिकाको दमकलको प्रयोग गरी स्थानीय र प्रहरीले आगलागी नियन्त्रणमा लिएको थियो ।

आगलागी कसरी भयो भन्ने विषय भने अझै रहस्यमय नै छ । पोखरिया नगरपालिकाका मेयर दिपनारायण रौनियारका अनुसार राति करिब ९ बजे आगलागीको घटनाको जानकारी आएको र घटनास्थलमा पुगेर बुझ्दै गर्दा फेरी अर्को स्थानमा पनि आगलागी भयो भन्ने खबरले रातभर दौडधुप भयो । इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चन्द्र सिंहका अनुसार पहिलो पटक आगो शुरु हुनअघि एउटा मोटरसाईकलमा दुईजना भागेको स्थानीयले देखेको बताएका थिए । उनीहरुले नै आगो लगाएको हो कि भन्ने अनुमान लगाउन सकिने प्रहरी निरीक्षक सिंहले बताउनुभयो ।

यद्यपि उनीहरुको पनि खोजी भईरहेको उहाँले बताउनुभयो । धान भित्रयाउने सिजन भएकोले सडकको छेउको ठाउँ ठाउँमा राखिएको परालको थुप्रोमा आगो लागेको र पोखरियाको वडा नम्बर ४ मा रहेको प्रेम रामको पान पसलमा पनि आगो लागेको प्रहरी निरीक्षक सिंहको भनाई छ । परालमा लागेको आगोबाट पराल बाहेक अन्य क्षति नभएपनि पान पसलमा भने एकदेखि डेढलाख सम्मको क्षति भएको हुनसक्ने अनुमान प्रहरीको छ ।

आश्चार्यजनक रुपमा भएको आगलागीको घटनाबाट पोखरियावासी निकै चिन्तामा रहेको पोखरिया नगरपालिकाका मेयर रौनियारले बताउनुभयो । यसअघि २०७२ सालमा पोखरियाकै सतवरियाको एकै वडामा अज्ञात रोगबाट २६ जनाको मृत्यु भएको घटनालाई आश्चार्यजनक रुपमा भएको आगलागीको घटनाले फेरी स्मरण गराईदिएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.