logo

एक बिद्यालय दूई प्रधानाध्यापक शिक्षक र बिद्यार्थी सबै अन्यौलमा

      12/17/2019 गते 00 00 मा प्रकाशित     824   पटक पढिएको

बीरगंज १ पौष ।  पकहामैनपुर गाउपालिका वडा नंं.३ मा रहेको श्री राम चरित्र भगत माध्यमिक विद्यालयमा दुई जना शिक्षक निमित्त प्रधानाध्यापक नियुक्त भएपछि बिद्यालयको शैक्षीक तथा प्रशासनीक गतिविधि अन्यौलमा परेको छ । 


विद्यालयका निवर्तमान प्रधानाध्यापक धुपनाथ साहले गत कार्तिक ९ गतेबाट अनिवार्य अवकाश पाएपछि विद्यालयका शिक्षक रामादेश चौहानलाई निमित्त प्राधानाध्यापकको जिम्मेवारी दिनु भयो ।  तर बरिष्ठताका हिसावले आफूले निमित्त प्राधानाध्यापकको जिम्मेवारी पाउनु पर्ने भन्दै अर्का शिक्षक नन्द किशोर रामले गाउँ पालिकाको कार्यालयमा उजुरी दिनु भयो । 


गाउपालिका अध्यक्ष विजय चौरसियाले बरिष्ठताको  हिसाबले नन्दकिशोर रामलाई निमित प्रधानाध्यापकको जिम्मेवारी तोकेपछि विद्यालयमा विवाद शुरु भएको हो  ।


विद्यालयका शिक्षक रामादेश चौहानले कुनैपनि प्रधानाध्यापकले अनिवार्य अवकाश भएपछि जुनसुकै शिक्षकलाई निमित्तमा जिम्मेवारी तोकेपछि अर्को व्यवस्था नभएसम्मका लागि उसैले विद्यालय प्रसाशन चलाउने शिक्षा ऐनमा व्यवस्था रहेकाले विद्यालयको आधिकारीक प्रधानाध्यापक आफु नै रहेको बताउनु भयो ।

 

विद्यालयका अर्का शिक्षक नन्दकिशोर रामले भने बरिष्ठताको  हिसाबले निवर्तमान प्रधानाध्यापक धुपनाथ साहपछि आफु नै सिनियर रहेकाले विद्यालयको निमित प्रधानाध्यापक आफु नै रहेको दाबी गर्नुहुन्छ ।


विद्यालयमा २ जना शिक्षकहरुले प्रधानाध्यापकमा आ–आफनो दाबी राखेपछि कसको निर्देशन मानेर अध्ययन अध्यापन गराउने हो भन्ने अन्यौलता रहेको शिक्षक मनोज यादवले बताउनु भयो । 


विद्यालयका शिक्षकहरुलाई कसको निर्देशन मान्ने भन्ने अन्यौल त छदैछ ।  दुई  जना प्रधानाध्यापकले दाबी गरेपछि विद्यार्थीहरु पनि अन्यौलमा परेका छन । कक्षा ९ मा अध्ययनरत देबेन्द्र चौहानले आफुहरुको कुनै समस्या पर्दा कुन प्रधानाध्यापक कहाँ जाने र कसलाई सुनाउने भन्ने अन्यौल रहेको बताउनु भयो  ।

 

मजाको कुरा त के छ भने प्राधानाध्यापकको दावी गर्ने दुबै जना शिक्षकहरु समस्या पर्दा भने जिम्मेवारी बाट पन्छिने गर्छन । “शिक्षकहरु कुनै दिन नआउदा दुबै प्रधानाध्यापकसंग गुनासो गर्दा वहाहरु जिम्मेवारीबाट पन्छिने गरेको चौहानले गुनसो गर्नु भयो  ।

 

कक्षा ९ मा अध्ययनरत छात्रा नितु कुमारीले बिद्यालयमा भएका समस्याहरुको समाधानकोलागि कोही जवाफदेह नरहेको बताउनु भयो । उहाँले भन्नु भयो“बिद्यालयमा शौचालय छैन जसले गर्दा छात्राहरुलाई समस्या छ तर गुनासो सुनाउने जिम्मेवार कोही मान्छे छैनन । 


विद्यालयको आधिकारीक निमित प्रधानाध्यापक को हो भन्ने सन्दर्भमा गाउपालिका अध्यक्ष विजय चौरसियाले अर्को प्रधानाध्यापक नआएसम्म बरिष्ठता र नियम अनुसार नन्दकिशोर रामलाई निमितको जिम्मेवारी तोकेको बताउनु भयो ।

 

विद्यालयको पठनपाठन प्रणाली अनुसार चलाउन गतिशिल प्रधानाध्यापक ल्याउन आफु प्रयासरत रहेको अध्यक्ष चौरसियाले बताउनु भयो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

परालको भुसभित्र १५ लाखको काजु बरामद, ट्रक सहित पनि चालक पक्राउ

बागमती । सर्लाहीको बागमती नगरपालिका–१२ स्थित चेकपोस्टमा प्रहरीले विशेष सूचनाका आधारमा ठुलो परिमाणमा काजु बरामद गरेको छ

महासेठ दम्पती पत्रकार सामु, भने जनकपुरको बिकासका बाधक नीधि हुन

जनकपुरधाम ।नेकपा एमालेका सचिव बिदेश बिभाग प्रमुख एवं पूर्व उपप्रधानमन्त्री रघुविर महासेठले नेपाली कांग्रेसका नेता बिमलेन्द्र नीधि बिकास बिरोधी भएको बताएका छन ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.