logo

वीरगन्ज महानगर नेपालको पहिलो पूर्ण खोप युक्त महानागर घोषणा ,म्रंत्री शर्माद्वारा महानगरको कार्यको प्रशंसा

 इसीमाना सम्वाददाता     २०८० असार ३१ गते ०७: ५२ मा प्रकाशित     732   पटक पढिएको

वीरगन्जमहानगरपालिकालाई पूर्ण खोपयुक्तपालिका घोषणा गरिएको छ । नगरसभा गृहमा बिहीबार आयोजित घोषणा सभामा प्रदेश नम्बर २ का खानेपानी तथा उर्जा मन्त्री ओमप्रकाश शर्माले वीरगन्ज महानगरपालिकालाई पूर्ण खोप घोषणा गर्नु भएको हो  ।

 

घोषणा समारोहमा बोल्दै मन्त्री शर्माले बालबालिकाको पहिलो अधिकार स्वास्थ्य नै रहेकोले कोही पनि बालबालिका खोपबाट बञ्चित हुन नहुने बताउनु भयो ।

 

अहिले संसारभर फैलिएको कोरोना महामारीले स्वास्थ्य क्षेत्रमानिकै जटिलता ल्याएकोे बताउदै तेश्रो भेरियण्टको जोखिममा बालबालिकाहरु अझ बढी रहने विज्ञहरुको चेतावनीबाट सतर्क रहनुपर्ने बताउनु भयो  ।

 

कोरोना संक्रमण महामारीले खोप कार्यक्रम प्रभावित भएपनि वीरगन्ज महानगरपालिकाले भने पूर्ण खोप घोषणा गरेकोमा बधाई दिनुभयो ।कोरोना संक्रमण नियन्त्रण र व्यावस्थापनमा महानगरपालिकाले खेलेको भूमिका अत्यन्त उत्कृष्ट रहेको चर्चा गर्नुभयो ।

 

महानगर प्रमुख विजयकुमार सरावगीले महानगरपालिकालाई पूर्ण खोप घोषणा गरेर मात्रै नहुने बताउदै यसलाई निरन्तरता दिनकालागि स्थानीय वडा अध्यक्ष लगायत जनप्रतिनिधिहरुको सक्रियता आवश्यक रहेको बताउनु भयो ।

वडा अध्यक्षहरुले आफ्ना वडाहरुमा रहेको वडा स्तरीय खोप समितिलाई सक्रिय बनाएर वडाभित्रका बालबालिकाहरुलाई खोपको सुनिश्चितताकालागि सक्रिय भूमिका खेल्न आग्रह गर्नुभयो ।

 

वीरगन्ज महागनरपालिकामा जन्मिएदेखि १५ महिना सम्मका बालबालिकालाइ लगाईने १२ प्रकारका सबै खोप लगाइ सकेपछि पूर्णखोप घोषणा भएको हो ।

 

पूर्णखोप घोषणाका लागि वीरगन्ज महानगरपालिकाको कार्यालयले केही समय पहिले महानगरका ३२ वटै वडामा १६ देखि २३ महिना सम्म उमेर समुहका बालबालिकाहरुको बारेमा२९हजार १ सय ९३ घरधुरीमा सर्भेक्षण गरेको थियो ।

 

सर्भेक्षणका क्रममा १६ देखि २३ महिना सम्म उमेर समूहका बालबालिका २ हजार ६ सय ६१ जना भेटिएका र तीमध्ये जन्मिएदेखि १५ महिना भित्रमा सबै १२ प्रकारका खोप लगाउने बालबालिकाको संख्या २ हजार ६६ जना मात्र देखिएको महानगरका स्वास्थ्य तथा सामाजिक महाशाखाप्रमुख अरुण महतोले बताउनु भयो ।

 

उहाँले ५ सय ८७ जना बालबालिकाले भने आवश्यक १२ प्रकारकामध्ये आंशिक मात्र खोप लगाएको भेटिएको थियो ८ जनाबालबालिकाले भने कुनै पनिप्रकारको खोप नलगाएको फेला परेको बताउनु भयो  ।

 

सर्भेक्षणबाट प्राप्त प्रतिवेदन अनुसार महानगरका ३२ वटै वडामा स्वास्थ्यकर्मी र स्वयं सेविकाहरुलाई खटाएर खोप लगाउन छुटेका ५ सय ९५ जना बालबालिकालाइ आवश्यक १२ प्रकारको खोप लगाइएको महानगरपालिकाका खोप अधिकृत रितेश जयसवालले बताउनुभया ।

 

३२ वटै वडाहरुलाईक्रमश पूर्ण खोप वडा घोषणा गरेपछि महानगरपालिकालाई पूर्ण खोप घोषणा गरिएको हो । नगर स्तरीय खोप समन्वय समितिका अध्यक्षएवं महानगर प्रमुख सरावगीको अध्यक्षतामा भएको कार्यक्रम मामहानगर उपप्रमुख शान्तिकार्की, प्रमुख प्रशासकीय अधिकृत प्रदीपकुमार निरौला,नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, वीरगन्ज महानगरपालिकाका प्रेस सल्लाहाकार गोविन्द देवकोटा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध गुप्ता,  महानगरपालिकाका ३२ वटै वडाका अध्यक्षहरु, नगर कार्यपालिका सदस्यहरु लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वास्थ्य क्षेत्रमा खटिएका सबै स्वास्थ्यकर्मी र स्वयंसेवकहरुलाई प्रशंसा पत्र र दोसल्लाओढाएर सम्मान गरिएको थियो । 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.