logo

सीसी क्यामराको संजाल ब्यवस्थित गर्न बीरगंज उधोग बाणिज्य संघको पहल,बीरगंजमा सीसी क्यामराको संजाल बढाइने

 इसीमाना सम्वाददाता     २०७८ सावन १ गते ०८: ४४ मा प्रकाशित     869   पटक पढिएको

बीरगंजको सुरक्षा ब्यवस्थालाई मजबुत बनाउनकालागि सीसी क्यामराको सर्भिलेन्सलाई पून ब्यवस्थित गर्न बीरगंज उधोग बाणिज्य संघले पहल गरेको छ ।

 

बीरगंजको घण्टाघर देखी उधोग बाणिज्य संघ लगायतका सडकमा ८० भन्दा बढी सीसी क्यामरा जडान गरिएको छ । क्यामराको नियन्त्रण कक्ष जिल्ला प्रहरी कार्यालयमा रहेको छ । त्यहीबाट शहरका बिभिन्न स्थानमा क्यामपरा मार्फत आम मान्छेको गतिविधिको अवलोकन हुने गरेको छ ।


बीरगंज उधोग बाणिज्य संघको नेतृत्वमा सेफर बीरगंजको निर्माण गरेर बीरगंजलाई डिजीटल सुरक्षाको संजालमा राख्ने कुराको शुरुवात भएको हो । 

 

सीसी क्यामपरको संजाल बिकास हुदै थियो तर बिभिन्न कालखण्डमा क्यामरामा क्षती पुग्ने कामहरु हुदा सीसी क्यामराको आवश्यकता झन बढेको बीरगंज उधोग बाणिज्य संघका अध्यक्ष सुवोध गुप्ताले बताउनु भयो । उहाँले क्यामराको सुरक्षामा नागरिकको चासो हुनु पर्नेमा समेत जोड दिनु भयो । 


वीरगञ्जको शान्ति सुरक्षालाई मध्यनजर गरी सङ्घको अग्रसरतामा वीरगञ्जमा जडान भएका सिसिटिभी क्यामराका लागि थप  दक्ष जनशक्ति आवश्यक भएको उहाँले बताउनु भयो । 


सीसी क्यामराको संजाललाई थप बलियो बनाउने उद्धेश्यले पर्सा क्षेत्र नं. १ का सांसद प्रदीप यादवले वीरगञ्ज उद्योग वाणिज्य सङ्घलाई सङ्घकै कार्यकक्षमा गई १० लाख बराबरको  २१ थान सिसिटिभी क्यामेरा  हस्तान्तरण गर्नु भएको छ ।  

 

हस्तान्तरित सिसिटिभी क्यामेरा वीरगञ्ज उद्योग वाणिज्य सङ्घ–सेफर वीरगञ्ज समितिको प्रत्यक्ष निरीक्षणमा जडान भई शिघ्र संचालन आउने जानकारी सङ्घका अध्यक्ष सुबोधकुमार गुप्ताले बताउनु भयो ।

 

कार्यक्रममा पर्साका प्रहरी उपरिक्षक बेल बहादुर पाण्डे, सङ्घका उपाध्यक्षद्वय हरि गौतम र माधव राजपाल, कोषाध्यक्ष गोविन्द शाह, सह–कोषाध्यक्ष प्रेमचन्द्र गोयल, सह–सचिवद्वय सुशान्त चाचान र अनोज रुँगटा, कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो ।

 

सङ्घका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवालले धन्यवाद ज्ञापन गर्नु भएको कार्यक्रममको  सहजीकरण सङ्घका महासचिव तथा सेफर वीरगञ्ज समितिका सभापति मनोजकुमार दासले गर्नु भएको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.