logo

सीसी क्यामराको संजाल ब्यवस्थित गर्न बीरगंज उधोग बाणिज्य संघको पहल,बीरगंजमा सीसी क्यामराको संजाल बढाइने

 इसीमाना सम्वाददाता     २०७८ सावन १ गते ०८: ४४ मा प्रकाशित     808   पटक पढिएको

बीरगंजको सुरक्षा ब्यवस्थालाई मजबुत बनाउनकालागि सीसी क्यामराको सर्भिलेन्सलाई पून ब्यवस्थित गर्न बीरगंज उधोग बाणिज्य संघले पहल गरेको छ ।

 

बीरगंजको घण्टाघर देखी उधोग बाणिज्य संघ लगायतका सडकमा ८० भन्दा बढी सीसी क्यामरा जडान गरिएको छ । क्यामराको नियन्त्रण कक्ष जिल्ला प्रहरी कार्यालयमा रहेको छ । त्यहीबाट शहरका बिभिन्न स्थानमा क्यामपरा मार्फत आम मान्छेको गतिविधिको अवलोकन हुने गरेको छ ।


बीरगंज उधोग बाणिज्य संघको नेतृत्वमा सेफर बीरगंजको निर्माण गरेर बीरगंजलाई डिजीटल सुरक्षाको संजालमा राख्ने कुराको शुरुवात भएको हो । 

 

सीसी क्यामपरको संजाल बिकास हुदै थियो तर बिभिन्न कालखण्डमा क्यामरामा क्षती पुग्ने कामहरु हुदा सीसी क्यामराको आवश्यकता झन बढेको बीरगंज उधोग बाणिज्य संघका अध्यक्ष सुवोध गुप्ताले बताउनु भयो । उहाँले क्यामराको सुरक्षामा नागरिकको चासो हुनु पर्नेमा समेत जोड दिनु भयो । 


वीरगञ्जको शान्ति सुरक्षालाई मध्यनजर गरी सङ्घको अग्रसरतामा वीरगञ्जमा जडान भएका सिसिटिभी क्यामराका लागि थप  दक्ष जनशक्ति आवश्यक भएको उहाँले बताउनु भयो । 


सीसी क्यामराको संजाललाई थप बलियो बनाउने उद्धेश्यले पर्सा क्षेत्र नं. १ का सांसद प्रदीप यादवले वीरगञ्ज उद्योग वाणिज्य सङ्घलाई सङ्घकै कार्यकक्षमा गई १० लाख बराबरको  २१ थान सिसिटिभी क्यामेरा  हस्तान्तरण गर्नु भएको छ ।  

 

हस्तान्तरित सिसिटिभी क्यामेरा वीरगञ्ज उद्योग वाणिज्य सङ्घ–सेफर वीरगञ्ज समितिको प्रत्यक्ष निरीक्षणमा जडान भई शिघ्र संचालन आउने जानकारी सङ्घका अध्यक्ष सुबोधकुमार गुप्ताले बताउनु भयो ।

 

कार्यक्रममा पर्साका प्रहरी उपरिक्षक बेल बहादुर पाण्डे, सङ्घका उपाध्यक्षद्वय हरि गौतम र माधव राजपाल, कोषाध्यक्ष गोविन्द शाह, सह–कोषाध्यक्ष प्रेमचन्द्र गोयल, सह–सचिवद्वय सुशान्त चाचान र अनोज रुँगटा, कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो ।

 

सङ्घका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवालले धन्यवाद ज्ञापन गर्नु भएको कार्यक्रममको  सहजीकरण सङ्घका महासचिव तथा सेफर वीरगञ्ज समितिका सभापति मनोजकुमार दासले गर्नु भएको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.