logo

प्रदेश सरकारलाई पत्रकार महासंघको खवरदारी सरकारी संचार माध्यम चलाउने चेष्टा नगर ,लोककल्याणकारी बिज्ञापन बितरणको बतावरण बनाउन महासंघको माँग

 इसीमाना सम्वाददाता     २०७८ सावन २ गते ०८: ०५ मा प्रकाशित     843   पटक पढिएको

बीरगंज,

नेपाल पत्रकार महासंघ प्रदेश नं २ ले प्रदेश सरकारले संचार माध्यम संचालनको तयारी गरेको प्रति गम्भिर आपत्ती जनाएको छ ।

 

लोकतान्त्रिक  शासन ब्यवस्थामा सरकारले आफूले संचार माध्यम संचालन गर्ने कुरा उचित नहुने भन्दै महासंघले सरकारले संचारमाध्यम चलाउने प्रयास गरे त्यसको कडा रुपमा प्रतिवाद गर्ने जनाएको छ ।

 

महासंघको प्रदेश समितिको शनिवार बीरगंजमा सम्पन्न बैठकले  आफनो भजन गाउन लगाउने गरि सरकारले संचार माध्यम संचालनमा ल्याउनुले प्रजातन्त्रको हुर्मत लिने भन्दै  त्यसको बिरोधमा सरकारलाई अहिलेनै खवरदारीको  गर्ने निर्णय गरेको महासचिव श्याम बन्जराले बताउनु भयो । 


बैठकले प्रदेश सरकारले ल्याएको संचार कानूनमा रहेका संचार र संबिधान बिरोधी प्रावधान खारेजीको माँग गर्दै लोक कल्याणकारी बिज्ञापन बितरणको भरपर्दो वतावरण बनाउन तत्काल कार्यबिधि बनाएर बिज्ञापन बितरणको वतबावरण बनाउन सरकारसंग माँग गरेको छ ।

 

 बैठकले संचार सम्बन्धि कुनैपनि नीति निर्माण गर्दा महासंघलाई छलफलमा सहभागि गराउन माग गर्दै त्यो बिनाका नीति आफुहरुलाई स्वीकार्य नहुने निर्णय गरेको छ ।  त्यस्तै लोक कल्याणकारी बिज्ञापनको अभिलेखिकरण र भुक्तानी सम्बन्धीत जिल्लाको हुलाक कार्यालयबाटै हुने ब्यबस्था गर्न समेत माग गरको छ । 

संघ सरकारले उपलब्ध गराएको लोक कल्याणकारी बिज्ञापनमा १० प्रतिशत कट्टा गरि पत्रकार कल्याणकोषमा जम्मा गर्ने निर्णय प्रति गम्भिर ध्यानाकर्षण भएको ठहर गरेको छ । साथै सरकारसंग यो नीति अबिलम्ब सच्चाउन माग गर्दैै खाइ पाइ आएको रकममा कट्टा नहुने गरि लोक कल्याणकारी बिज्ञापन उपलब्ध गराउन माग गर्ने निर्णय गरेको छ ।

बैठकले समितिका सल्लाहाकार नवलकिशोर यादबको संयोजकत्वमा महासंघको प्रदेश कार्यालय निर्माणको लागि जग्गा ब्यबस्थापन एवं भवन निर्माण समिती गठन गरेको छ । जस्मा प्रदेश २ बाट महासंघको केन्द्रमा प्रतिनिधत्व गर्ने नेतृत्व र प्रादेशिक समिती २ सदस्य रहने निर्णय गरियो । 
 

अध्यक्ष राजेश कुमार कर्णको अध्यक्षतामा र महासचिब श्याम बन्जाराको संचालनमा सम्पन्न भएको  बैठकमा केन्द्रीय सचिब  दिपेन्द्र चौहान, केन्द्रीय सदस्यहरु के. सी. लामिछाने, रिकु मिश्र, ललिता साह र सल्लाहाकार नवलकिशोर यादबको समेत सहभागिता रहेको थियो । 
  
  बैठकमा उपाध्याक्षहरु रामानन्द प्रसाद गुप्ता, ज्योति झा, , सचिवद्धय अजित कुमार सिँह, भोला पासवान, कोषाध्याक्ष विश्वनाथ ठाकुर र सदस्यहरु शैलेन्द्र झा, अजय कुमार साह, सन्तोष कुमार सिँह, प्रतिभा झा, बरुणा कर्ण, नविन मिश्र, शंकर श्रेष्ठ, कैलास दास, हदिस खुददार लगायतको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.