logo

प्रदेश सरकारलाई पत्रकार महासंघको खवरदारी सरकारी संचार माध्यम चलाउने चेष्टा नगर ,लोककल्याणकारी बिज्ञापन बितरणको बतावरण बनाउन महासंघको माँग

 इसीमाना सम्वाददाता     २०७८ सावन २ गते ०८: ०५ मा प्रकाशित     764   पटक पढिएको

बीरगंज,

नेपाल पत्रकार महासंघ प्रदेश नं २ ले प्रदेश सरकारले संचार माध्यम संचालनको तयारी गरेको प्रति गम्भिर आपत्ती जनाएको छ ।

 

लोकतान्त्रिक  शासन ब्यवस्थामा सरकारले आफूले संचार माध्यम संचालन गर्ने कुरा उचित नहुने भन्दै महासंघले सरकारले संचारमाध्यम चलाउने प्रयास गरे त्यसको कडा रुपमा प्रतिवाद गर्ने जनाएको छ ।

 

महासंघको प्रदेश समितिको शनिवार बीरगंजमा सम्पन्न बैठकले  आफनो भजन गाउन लगाउने गरि सरकारले संचार माध्यम संचालनमा ल्याउनुले प्रजातन्त्रको हुर्मत लिने भन्दै  त्यसको बिरोधमा सरकारलाई अहिलेनै खवरदारीको  गर्ने निर्णय गरेको महासचिव श्याम बन्जराले बताउनु भयो । 


बैठकले प्रदेश सरकारले ल्याएको संचार कानूनमा रहेका संचार र संबिधान बिरोधी प्रावधान खारेजीको माँग गर्दै लोक कल्याणकारी बिज्ञापन बितरणको भरपर्दो वतावरण बनाउन तत्काल कार्यबिधि बनाएर बिज्ञापन बितरणको वतबावरण बनाउन सरकारसंग माँग गरेको छ ।

 

 बैठकले संचार सम्बन्धि कुनैपनि नीति निर्माण गर्दा महासंघलाई छलफलमा सहभागि गराउन माग गर्दै त्यो बिनाका नीति आफुहरुलाई स्वीकार्य नहुने निर्णय गरेको छ ।  त्यस्तै लोक कल्याणकारी बिज्ञापनको अभिलेखिकरण र भुक्तानी सम्बन्धीत जिल्लाको हुलाक कार्यालयबाटै हुने ब्यबस्था गर्न समेत माग गरको छ । 

संघ सरकारले उपलब्ध गराएको लोक कल्याणकारी बिज्ञापनमा १० प्रतिशत कट्टा गरि पत्रकार कल्याणकोषमा जम्मा गर्ने निर्णय प्रति गम्भिर ध्यानाकर्षण भएको ठहर गरेको छ । साथै सरकारसंग यो नीति अबिलम्ब सच्चाउन माग गर्दैै खाइ पाइ आएको रकममा कट्टा नहुने गरि लोक कल्याणकारी बिज्ञापन उपलब्ध गराउन माग गर्ने निर्णय गरेको छ ।

बैठकले समितिका सल्लाहाकार नवलकिशोर यादबको संयोजकत्वमा महासंघको प्रदेश कार्यालय निर्माणको लागि जग्गा ब्यबस्थापन एवं भवन निर्माण समिती गठन गरेको छ । जस्मा प्रदेश २ बाट महासंघको केन्द्रमा प्रतिनिधत्व गर्ने नेतृत्व र प्रादेशिक समिती २ सदस्य रहने निर्णय गरियो । 
 

अध्यक्ष राजेश कुमार कर्णको अध्यक्षतामा र महासचिब श्याम बन्जाराको संचालनमा सम्पन्न भएको  बैठकमा केन्द्रीय सचिब  दिपेन्द्र चौहान, केन्द्रीय सदस्यहरु के. सी. लामिछाने, रिकु मिश्र, ललिता साह र सल्लाहाकार नवलकिशोर यादबको समेत सहभागिता रहेको थियो । 
  
  बैठकमा उपाध्याक्षहरु रामानन्द प्रसाद गुप्ता, ज्योति झा, , सचिवद्धय अजित कुमार सिँह, भोला पासवान, कोषाध्याक्ष विश्वनाथ ठाकुर र सदस्यहरु शैलेन्द्र झा, अजय कुमार साह, सन्तोष कुमार सिँह, प्रतिभा झा, बरुणा कर्ण, नविन मिश्र, शंकर श्रेष्ठ, कैलास दास, हदिस खुददार लगायतको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.