logo

किर्ते कु कार्यमा नटवरलाल कहलिएका सलिम खैरो हेरोईनमा पनि जाकिने प्रबल सम्भावना !

 इसीमाना सम्वाददाता     २०७८ सावन २ गते ००: ०० मा प्रकाशित     664   पटक पढिएको

वीरगंज २ साउन 

भारतका कुख्यात मानिने नटवरलाललाई पनि मात गर्न सक्ने हैसियत राखेका बहुदरमाई नगरपालिका वडा नं.३ का अजित मियाँ हजामका छोरा ३७ वर्षिय सलिम मियाँ हजाम यतिखेर जग्गा सम्बन्धी मुद्दा बाहेक लागु औषध खैरो हिरोईनमा मुच्छिएका छन् ।

 

गत बैशाख ५ गते रक्सौलबाट उक्त लागु औषध बोकी ल्याउदाँ घण्टाघर नजिकै प्रहरीको चेकजाँचमा उनको पाईन्टको गोजीबाट प्रहरीले ब्राउनसुगर बरामद गरेर अनुसन्धानहरु गरी नीज सलिमलाई सजायको माग दावी गर्दै गएको शुक्रवार साउन १ गते जिल्ला अदालत पर्सामा मुद्दा दर्ता गरेको छ ।

 

यिनै सलिम मियाँलाई पर्सा जिल्ला अदालतले सरकारी कागज किर्ते मुद्दामा किर्ते कागज गरेको ठहर गर्दै नीज मियाँलाई माननीय जिल्ला न्यायधीश धर्मराज पौडेलले असार १० गते एक वर्ष को कैद सजाय सुनाउनु भएको छ ।

 

सलिम र उनका ससुरा ईस्माईल मियाँले मुर्ली प्रसाद कायस्तको नाममा पर्सा गविस वर्वागोग वडा नं.७ मा रहेको कि.नं. २८० को क्षेत्रफल २ धुर ८ कनवा र ऐ. किता नं. २८२ को क्षेत्रफल १४ कठठा जग्गाहरु पर्सा जिल्ला अदालतबाट ०६७।१।७ गतेमा पास भएको अधिकृत वारेशनामामा ससुरा ज्वाँईहरु एक आपसमा मिली ससुरा ईस्माईल मियाँसंग रहेको अर्काे अधिकृत वारेशनामामा आफू खुशी ‘खरिद, विक्री हक हस्तान्तरण तथा भन्ने वाक्यांस थपी सरकारी कागज किर्ते गरी उक्त जग्गाहरु मिती ०६७।८।१२ मा मालपोत कार्यालय पर्साबाट र.नं. १०१६ ख बाट पारित गराएका थिए ।

 

सोही किर्ते कागजमा सलिम मियाँ तथा उनको ससुरो माथि ०७६।८।२ मा जाहिरी पर्दा सलिम मियाँ अनुसन्धानको क्रममा उतीखेर पनि केही रात प्रहरी हिरासतमा कटाएका थिए ।

 

विभिन्न काण्डमा नटवरलालको पगरी गुथेका सलिम मियाँले हालैमा अदालतले गरेको एक वर्षको कैद फैसला नकटाउदै उनीमाथि पर्सा प्रहरीले थप अर्काे लागु औषध खैरो हेरोईनमा लागु औषध नियन्त्रण ऐन २०३३ को दफा ४(घ)(ङ)र (च) बमोजिमको कसुरमा ऐ. दफा १४ (१) (छ)(१) बमोजिम सजायको माङ्ग दावी गरी पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।

 

सम्भव त भोली ३ गते पुरपक्षको लागि हुने बहसमा बाहिरी शक्तिले न्यायलयको ठहरमा चलखेल गरेन भने नीज सलिम मियाँलाई प्रहरीको माङ्ग दाबी अनुसार थप ५ वर्ष देखि १० वर्ष सम्म कैद र जरिवाना हुन सक्ने कानून व्यवसायीहरुले सम्भावना व्यक्त गरेका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

निचुटामा जेहेन्दार ३० विद्यार्थीलाई झोला वितरण, वडाध्यक्ष मुखियाले गरे प्रेरणादायी घोषणा

पर्सा । पटेर्वा सुगौली गाउँपालिका–५ निचुटास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका ३० जेहन्दार बिद्यार्थीलाई झोला उपलब्ध गराइएको छ ।

पर्सागढीको कटानीमा निःशुल्क आँखा शिविर सम्पन्न, दर्जनौँले पाए उपचार सेवा

वीरगञ्ज । पर्सागढी सहिद स्मृति प्रतिष्ठान, पर्सागढी–२ कटानी र वीरगंज सामुदायिक आँखा केन्द्रको संयुक्त पहलमा पर्सागढी नगरपालिका–२ कटानीमा निशुल्क नेत्र शिविर सम्पन्न भएको छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.