logo

लायन्स क्लबद्वारा वीउवासङ्घका अध्यक्ष तथा कार्यसमितिका सदस्यहरु सम्मानित

 इसीमाना सम्वाददाता     २०७८ सावन ७ गते ००: ०० मा प्रकाशित     667   पटक पढिएको

लायन्स क्लव अफ वीरगञ्ज आदर्शनगरले वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा कार्यसमिति सदस्यलाई आज एक समारोहका बीच सम्मान गरेको छ । 

 


होटल मकालुमा आयोजित कार्यक्रममा सङ्घका अध्यक्ष सुबोधकुमार गुप्ता तथा कार्यसमिति सदस्य दिपक टिबडेवाल, प्रमोद चौरसिया र सुरेश रुँगटालाई क्लबका अध्यक्ष संजय खेतानले अबिरको टिका तथा माला लगाई बधाई पत्रद्वारा सम्मान गर्नु भएको हो ।

 

सम्मान गर्दै क्लबका अध्यक्ष खेतानले सङ्घका वरिष्ठ उपाध्यक्ष रहेका बखत महासङ्घको सदस्यमा निर्वाचित हुनु भएका गुप्ताले आफ्नो व्यक्तित्वलाई निरन्तर उँचाईमा पु¥याई रहनु भएको बताउनु भयो ।

 

 लायन्स क्लबसँग आबद्ध गुप्ता,  अध्यक्ष र कार्यसमिति सदस्य वीरगञ्ज उद्योग वाणिज्य सङ्घमा निर्वाचित हुनु भएकोमा खुशी ब्यक्त गर्नु भयो । 


साथै सोही कार्यक्रममा क्लबका अध्यक्ष संजय खेतानले आफ्नो कार्यकालमा हाल सम्म गरिएका कामहरुको बारेमा जानकारी दिँदै आगामी एक वर्षको लागि नवनिर्वाचित अध्यक्ष शंकर मालुलाई आफ्नो पद हस्तान्तरण गर्नु भएको थियो । 

 


कार्यक्रममा बोल्दै सङ्घका अध्यक्ष गुप्ताले यो सम्मान आफ्नो सम्मान मात्र नभई सम्पूर्ण लायन्स क्लबको सम्मान रहेको बताउदै सम्मान गरेको प्रति क्लबलाई धन्यवाद समेत दिनुभयो । 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

भ्रष्टाचारविरुद्ध वीरगंजमा पनि जेन–जी पुस्ताको प्रर्दशन

वीरगंज । भ्रष्टाचारविरुद्ध जेन–जी पुस्ताको आह्वानमा वीरगंजमा पनि प्रदर्शन शुरु भएको छ ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.