logo

भूमि सम्बन्धी आयोग बिघठन नगर्न राष्ट्रिय भुमी अधिकार मञ्च नेपाल पर्साको माँग 

 इसीमाना सम्वाददाता     २०७८ सावन १० गते ०६: ४७ मा प्रकाशित     720   पटक पढिएको

राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल पर्साले प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ । 


मञ्चका पर्सा अध्यक्ष अर्जुन नेपालको नेतृत्वमा गएको टोलीले पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेमार्फत  प्रधानमन्त्रीको कार्यालय एवं भुमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालय सिंहदरवारलाई  ज्ञापन पत्र बुझाएको हो ।  

भुमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासको समस्या समाधान गर्न  आयोगले पर्साको १४ वटै  स्थानीय तहमा  सम्झौता गरेको छ ।

 

 ठोरी  र पटेर्वा सुगौली गाँउपालिकाले लागत संकलन कार्य सकेका छन ।  नाप नक्साको कार्य भईसकेको अवस्थामा जग्गा बितरण कार्यको सुनिश्चिता  नगरी आयोग बिघटन गर्नु उचित नहुने मञ्चले ज्ञापन पत्रमा उल्लेख गरेको छ ।  

 


हाल भईरहेको कामलाई असर पार्ने गरी  कुनै पनि निर्णय नलिन ज्ञापन पत्र मार्फत आग्रह गरिएको छ । ज्ञापन पत्र बुझदै प्रमुख जिल्ला अधिकारी घिमिरेले आयोग बिघटन नभएको जानकारी गराउदै ज्ञापन पत्र सम्बन्धित निकायमा पठाउने बताउनु भयो  ।

 

सो अवसरमा मञ्चका सचिव संजय पहरी, प्रदेश कोषाध्यक्ष सिता लामा, जिल्ला सदस्य ईन्द्रदेवी माझी, हरी महतो धांगड, रामायण चौधरी, गणेश माझी लगायतको उपस्थिती रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

भ्रष्टाचारविरुद्ध वीरगंजमा पनि जेन–जी पुस्ताको प्रर्दशन

वीरगंज । भ्रष्टाचारविरुद्ध जेन–जी पुस्ताको आह्वानमा वीरगंजमा पनि प्रदर्शन शुरु भएको छ ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.