logo

बीरगंजको भवानी अस्पतालमा तोडफोड ,नर्स र चिकित्सक माथि आक्रमण ,चार जना गिरफ्तार 

 इसीमाना सम्वाददाता     २०७८ सावन १७ गते ०६: १६ मा प्रकाशित     715   पटक पढिएको

बीरगंजको भवानी अस्पतालमा तोफोड गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

प्रहरीले वीरगञ्ज महानगरपालिका–२० का ३२ पर्षिय राकेश राम, ४४ वर्षिय सुरेश राम, २२ वर्षिय अक्षय राम र बारा जिल्लाको परवानीपुर गाउँपालिका वडा नं १ का २८ वर्षिय भीम रामलाई  पक्राउ गरेको हो ।  


बीरगंज महानगरपालिकाको वडा नं ८ लिंक रोडमा रहेको भवानी अस्पतालले जीउदै मान्छेलाई मृतघोषित गरेको भन्दै उनीहरुले अस्पतालमा तोडफोड गरेका थिए । अस्पतालको ग्यालरीमा रहेको शिशामा तोडफोड गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जानकारी दिनु भयो।  

 

उनीहरुको अस्पतालको साइनबोड समेत फालीदिएका छन । फूटेको शिशाले लागेर बिरामीका एक जना कुरुवाको निधारमा पनि चोट लागेको छ ।  अस्पतालका प्रवन्ध निर्देशक राम श्रेष्ठका अनुसार मृतकका आफन्त र गाउँलेहरुले अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथि समेत आक्रमण गरेका छन् । 


उनीहरको आक्रमणबाट बीरगंज महानगरपालिका वडा नं १५ निवासी ३२ वर्षिय नर्स कविता चौधरी र बीरगंज महानगरपालिका वडा नं १३ निवासी २७ वर्षिय चिकित्सक बिजय महतोलाई चोट  लागेको छ । उहाँहरुको अस्पतालमै उपचार भएको छ । 

अस्पतालमा तोडफोड भएको सूचना पाएपछि पुगेको प्रहरी र प्रदर्शनकारीबीच समेत केहिबेर झडप भएको थियो । प्रहरीले लाठीचार्ज गरेर भीडलाई तितर वितर पारेको थियो ।

उनीहरुका बिरुद्ध अस्पतालले जाहेरी दिने तयारी गरेको प्रवन्ध निर्देशक श्रेष्ठले जानकारी दिनु भयो । प्रहरी नियन्त्रणमा रहेका चारै जनासंग आवश्यक सोधपुछ गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साका  खनालले जानकारी दिनु भयो ।

अस्पतालका निर्देशक रामराज श्रेष्ठका अनुसार पहिल्यैदेखि मुुटु रोगबाट ग्रसित ३२ वर्षीया रमितादेवीलाई उपचारका लागि आइतबार बिहान १० बजेतिर अस्पताल ल्याइएको थियो । चिकित्सकले चेकजाँच गर्दा उनको मृत्यु भइसकेको थियो ।

अस्पतालले मृत घोषणा गरेपछि आफन्तले अन्तिम संस्कारका लागि लिएर गएका थिए । तर १ बजेतिर रमितालाई पुनः अस्पतालमा फिर्ता ल्याई आफन्त र गाउँलेले जिउँदो मानिसलाई मृत घोषणा गरेको भन्दै तोडफोड गरे । मृत महिलालाई अन्तिम संस्कारकालागि बीरगंज महानगरपालिका २० मा रहेको मनियारी  लगिएको थियो । संस्कार पूर्व स्नान गराउने प्रचल छ ।

 

त्यही बेलामा मुख चलेको जस्तो लागेपछि आफन्तले महिलालाई पून अस्पताल पुरयाएका थिए । अस्पतालले फेरी पनि सबै परिक्षण गरेर मृत घोषणा गरेको थियो । मृतकका परिवारले कुरा बुजेका थिए तर मलामी जान तयार भएका ब्यक्तिहरुको भिडले कुरा नबुझी एक्कासी तोडफोड गरेको अस्पतालका प्रन्धक श्रेष्ठले जानकारी दिनु भयो । 

प्रहरी समयमै आएर स्थितिलाई नियन्त्रणमा लिएकोले थप क्षति हुन नपाएको निर्देशक श्रेष्ठको भनाइ छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.