logo

हिन्दु मतको अपमान गर्ने  जनता समाजवादी पार्टी हिन्दु विरोधी पार्टी होे — विहिप नेपाल

 इसीमाना सम्वाददाता     २०७८ सावन १७ गते ०७: ०७ मा प्रकाशित     747   पटक पढिएको

        विश्व हिन्दु परिषद नेपालले हिन्दु विरोधी अभिव्यक्ति दिएको भन्दै  पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईलाई कारवाहीको माँग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सा र जनता समाजवादी पार्टी कार्यालय पर्सामा ज्ञापन पत्र बुझाएको छ ।

        भट्टराईले सनातन हिन्दु धर्म विरुद्ध ट्विट गरेको विरोधमा विश्व हिन्दु परिषद नेपाल आन्दोलित छ । डा. भट्टराईलाई कडा भन्दा कडा कारवाहीको माँग गर्दै ज्ञापन पत्र बुझाएको जिल्ला अध्यक्ष ओमप्रकाश साहले बताउनु भयो ।

 

बहुसंख्यक जनताहरुको आस्था एवं मनोभावना माथि ठाडो प्रहार गर्दै धार्मिक साँस्कृतिक परम्परा विरुद्ध अभद्र टिप्णी गर्नु अक्षम्य, निन्दनीय एवं दुर्भाग्यपूर्ण रहेको ज्ञापनमा उल्लेख छ ।

        परिषदका जिल्ला अध्यक्ष ओम प्रकाश साह, सचिव कुन्दन श्रीवास्तव र महानगर अध्यक्ष बृजेश मल्लीकले प्रमुख जिल्ला अधिकारी र जसपालाई ज्ञापन पत्र बुझाउँदै, हिन्दु आस्था संग खेलवाड गर्ने भट्टराईलाई कडा कारवाही नगरिए देशभरीनै आन्दोलन गर्ने चेतावनी दिएका छन ु।

        परिषदका जिल्ला अध्यक्ष ओम प्रकाश साहले जनता समाजवादी पार्टी हिन्दु विरोधी पार्टी रहेको आरोप समेत लगाउनु भयो  । भट्टराईको  ट्विट्को विरोधमा देशभरी पुतला दहन हुदाँ समेत जसपा पार्टीले नजरअन्दाज गर्नु नै हिन्दु विरोधी पार्टी रहेको प्रमाणित रहेको उहाँले बताउनु भयो  ।

  डा. भट्टराईले हिन्दु समाजसंग माफी समेत नमाग्नुले बहुसंख्यक हिन्दुहरुको भावनालाई लत्याएको र हिन्दु मतको अपमान गरेकोले जसपा हिन्दु विरोधी पार्टी नै रहेको आफूहरुको ठहर रहेको अध्यक्ष साहले बताउनु भयो ।

  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.