logo

अस्पतालमा तोडफोड गर्ने बिरुद्ध जाहेरी दर्ता, फरार रहेकाको खोजी गर्दै प्रहरी

 इसीमाना सम्वाददाता     २०७८ सावन १८ गते ०८: ३३ मा प्रकाशित     721   पटक पढिएको

अस्पतालमा तोडफोड गर्ने बिरुद्ध जिल्ला प्रहरी कार्यालय पर्साले आपराधिक उपद्रव मच्चाएको भन्दै जाहेरी दर्ता गरेर अनुसन्धान शुरु गरेको छ । 



बीरगंजको भवानी अस्पतालले वीरगञ्ज महानगरपालिका–१६ बस्ने ३२ वर्षीय राकेश राम, ४४ वर्षीय अक्षयकुमार राम, परवानीपुर–१ बस्ने २८ वर्षीय भीम राम र नेपाल टेलिकममा सवारी चालक पदमा कार्यरत समिम हवारी विरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा किटानी जाहेरी दिएको अस्पतालका निर्देशक रामराज श्रेष्ठले जानकारी दिनु भयो  ।


हवारी बाहेक चार जनालाई प्रहरीले साउन १७ गते  नै पक्राउ गरिसकेको छ । ‘पक्राउ परेका चार जना विरुद्ध अदालतबाट म्याद थप गरेर अनुसन्धान शुरु गरेका छौं ।

 

फरारको खोजी गरिरहेका छौं,’ पर्साका प्रहरी प्रवक्ता डिएसपी ओमप्रकाश खनालले भन्नु भयो , स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७८ अनुसार पनि अनुसन्धान गरिने  छ ।

जीवित व्यक्तिलाई मृत्यु भएको भनी घोषणा गरेको भन्दै आइतबार अस्पतालमा तोडफोड गर्नुको साथै चिकित्सक र नर्समाथि समेत आक्रमण भएको थियो । 


यसैवीच निजी स्वास्थ्य संस्थाहरुको संगठन अफिनले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अफिनका महासचिव हेमराज दाहालले सोमबार विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गनुृ भएको छ।

घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन र शान्तिपूर्वक सेवा गर्ने सुरक्षित वातावरण तयार गरिदिनुहुन सम्बन्धित सबै पक्षसँग अफिनले आग्रह गरेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.