logo

एक बाबुका दुई पुत्र एक बंशज नेपाली अर्को भारतीय छैन त बिचित्र !

 इसीमाना सम्वाददाता     २०७८ सावन १९ गते ०७: २८ मा प्रकाशित     1230   पटक पढिएको

एकै बाबुका दूई सन्तान एउटा नेपालको बंशज नागरिक अर्को भारतको । नेपाली नागरिकता धारण गरेको बाबुको  छोराले बंशज नागरिकता पाउनु उसको नैसर्गिक अधिकार हो  ।

 

तर नोपली नागरिकताको पत्तो नै नभएका बाबुको  सन्तानले बंशजको नागरिकता धारण गरेको बिषय अहिले चर्चामा छ ।  एउटा भारतीय नागरिक दुइ छोरा मध्ये जेठो भारतीय र कान्छो नेपालको बंसज नागरिक रहेको तथ्य फेला परे संगै यो बिषयले चर्चा पाएको हो ।  

भारत बिहार मुज्जफरपुर अखाडाघाट निवासी राम अवतार प्रसादका जेठा छोरा कैलास प्रसाद भगेरिया अझै पनि भारतीय नागरिक नै हुन ।

 

तर  कान्छोछोरा पवन भगेरिया विहारमा विभिन्न अपराधकर्म गरि नेपालमा लुक्न आएका बखत मोरगं जिल्लाको रंगेलीबाट बंसज नागरिकता लिन सफल भएका छन् ।आज उनी  “बोनाफाइड” नेपाली भएका छन । 

केहि बर्ष अगाडि वीरगञ्जको आदर्शनगरमा मनाकामना मोटरपार्टस खोलेर त्यसको आडमा देशभरी तस्करीको समान  सप्लाइ गरेर चर्चामा आएका भंगेरिया गैर कानूनी काम गरेर छिटो धन आर्जन गर्न सफल भएका ब्यक्ति हुन ।

 

उनले सम्पती मात्र जोडेका छैनन । ०६३ सालमा नागरिकता बितरण टोलीले नागरिकता बितरण गर्दा  एक दर्जना भन्दाबढी आफ्ना भारतीय विहारी नातेदारहरुलाई समेत नागरिकता दिन लगाएर भित्र्याएका छन । 

स्थानीय प्रहरी प्रशासनको दलाली गर्दै आएका भगेरियाको नागरिकता छानविनको लागि जिल्ला प्रशासन कार्यालय पर्सामा मुद्दा परेको छ । तर मुद्धा दुई दशकदेखि किनारामा पुर्याउने गरि काम भने भएको छैन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.