logo

जफ्त गर्नु पर्ने ट्रक छोड्न सरकारी वकीलको पत्र,अभियोग लगाउने बेलादेखिनै प्रपन्चमा लिप्त रहेको आशंका

 इसीमाना सम्वाददाता     २०७८ सावन २० गते ०६: ३० मा प्रकाशित     862   पटक पढिएको

जिल्ला न्यायधीवक्ताको कार्यालय पर्साले लागू औषध चरेश बरामद भएको एउटा ट्रक छोडन जिल्ला प्रहरी कार्यालय पर्सालाई पत्र लेखेको सार्वजीक भएपछि कानूनी क्षेत्रमा यो बिषय एकाएक चर्चामा आएको छ । 

 


जिल्ला प्रहरी कार्यालय पर्साले ०७७ पुष २२ गते बीरगंजबाट ना ६ ख ५६४३ को कन्टेर ट्रक र त्यसका चालक रविन तमाङलाई नियन्त्रणमा लिएको थियो ।

 

प्रहरीले कन्टेनर ट्रकको बाँया पट्टी बाहिर भागमा रहेको टुलबक्समा चारवटा जर्किन र चालकको पछाडी सिट मुनीको भागमा दुईवटा र्जिकन गरि ६ वटा जर्किनबाट १ सय ७ किलो चरेश बरामद गरेको थियो ।

 

चरेश बरामद सहित प्रहरीले दशीको रुपमा कन्टेनर ट्रक समेत प्रमाणको रुपमा उल्लेख गरेको छ । तर जिल्ला न्यायधिवक्ताको कार्यालयले दशीको रुपमा रहेको कन्टेर पत्र लेखेर छोडन भनेपछि न्यायीक निरुपणको बिषय बिवादमा आएको छ ।

 

जिल्ला न्यायधिवक्ताको कार्यालयबाट जिल्ला प्रहरी कार्यालय पर्सालाई लेखिएको पत्रमा चरेश सहित बरामद गरिएको कन्टेनर ट्रक दशी प्रमाणको रुपमा राख्न दावी नगरिएकोले छोड्नु भन्ने उल्लेख छ ।

 

तर प्रहरीको प्रतिवेदनको प्रमाण खण्डमा ट्रकको नम्बर उल्लेख छ भने उसको प्रतिवेदनमा ट्रकबाटै १ सय ७ किलो चरेश बरामद भएको उल्लेख छ ।

 

यस सम्बन्धी समाचार बिभिन्न संचार माध्यमले पनि प्रमुखता साथ प्रकाशन तथा प्रशारण गरको समेत अहिले स्मरण गर्न थालिएको छ ।

 

पर्सा जिल्ला अदालतमा जिल्ला न्यायधीवक्ताको कार्यालयले अभियोजन दर्ता गर्दा ट्रक कन्टेर जफ्त हुनु पर्ने दावी नलिएको हुन सक्ने कानून ब्यवसायीहरुको तर्क छ । शुरुबाट नै कैफियत गरिएको हुन सक्ने एक कानून ब्यवसायीले आशंका ब्यक्त गरे । 

 


ट्रक कन्टेनरबाटै चरेश बरामद भएको प्रहरीको प्रतिवेदनमा छ भने ट्रक समेत जफ्तको माँगदावी लिएर जानु पर्छ । जफ्तको माँगदावी लिएर मुद्धामा जानु पर्ने प्रष्ट कानूनी ब्यवस्था रहेको अधिवक्ता कमल मोहन पोख्रेलले बताउनु भयो ।

 

अभियोग लगाउने बेलादेखिनै प्रपन्च शुरु गरिएको र त्यसले अन्तत कानूनी निरुपणको बिषयलाई जटिल र अबिश्वसनीय बनाउने काम गरेको अर्का एक अधिवक्ताको टिप्पणी छ । 

 


पर्सा जिल्ला अदालतले प्रतिवादी ट्रक कन्टेनरका चालक रविराज थिङलाई ०७७ चैत २५ गते पूर्पक्षकालागि बीरगंज कारागार चलानको आदेश गरेको छ । सरकारी वकील कार्यालयले भने चैत ३० मा जिल्ला प्रहरी कार्यालय पर्सालाई पत्र लेखेको छ । सहन्यायधिवक्ताको नाममा कार्यालयले पत्राचार गरेको छ । 


ट्रक कन्टेनर छोडनकालागि पूर्व गृहराज्यमंत्री नेपाली कांग्रेसका नेता तथा निर्माण ब्यवसायी इन्द्र बानियाले समेत भरमग्दुर प्रयास गरेको स्रोतको दावी छ ।

 

जिल्ला न्यायधीवक्ताको कार्यालयको सरकारी अड्डाहरुलाई कानूनी सल्लाह र सेवा दिने प्रमुख दायित्व हो । तर यो मुद्धामा प्रहरीको मेहनत र परिश्रमलाई अवमूल्यन गर्दै प्रतिवादीको  हित हुने गरि काम गरेको भन्दै आलोचना शुरु भएको छ । 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.