logo

पवन भंगेरियाको नागरिकता सम्बन्धि फाइल गायब,अनुसन्धान थाल्ने प्रजिअ घिमिरेको भनाई 

 इसीमाना सम्बाददाता      २०७८ सावन २० गते ०७: ५५ मा प्रकाशित     961   पटक पढिएको

२०२० सालमा नेपालमा नागरिकता ऐन लागु भयो । तर भारतीय पिताका पुत्र पवन भंगेरिया आफनो पिताले २००० सालमै अंगिकृत नागरिता लिएको दावी गर्छन ।

 

ऐन लागु हुनु भन्दा अगावै उनका पिताले नेपाली अंगिकृत नागरिकता लिएको दावी गर्ने भंगेरियाले बंसजको नागरिकता कसरी लिए भन्ने कुरा फेरी छानविन हुने भएको छ ।


बिभिन्न संचारमाध्यममा भंगेरियाले लिएको नेपाली बंशज नागरिकता सम्बन्धी प्रश्न गर्दै समाचारहरु प्रकाशन र प्रशारण भएपछि पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले पनि चासो लिनु भयो । 


भंगेरियाको नागरिकताको बिषयमा जिल्ला प्रशासनमा रहेका अभिलेख खोज्न उहाँले निर्देशन दिनु भयो । तर जिल्ला प्रशासन कार्यालय पर्सामा भंगेरियाको बिषयमा कुनै अभिलेख फेला नपरेको कर्मचारीहरुको रिपोर्ट सुनेर प्रजिअ घिमिरे आफै दंग पर्नु भयो ।

 

भंगेरियाले बिवरण ढाटी नेपाली बंसजको नागरिकता लिएकोले कारवाही गर्न माँग गर्दै २० वर्ष अगाडि जिल्ला प्रशसान कार्यालय पर्सामा उजुरी परेको थियो । सोही उजुरीमा के कति काम भएको छ भन्ने कुरा जान्न खोज्नु भएका प्रजिअ घिमिरे उजुरीको फाइल नै नरहेको थाहा पाएपछि आश्चर्यमा पर्नु भयो । 

 

जिल्ला प्रशासन कार्यालयका केहि कर्मचारीहरुको मिलिभगतमा फाइल नै गायब भएको कुरा खुलासा भएपछि भंगेरियको बंसज नागरिताबारे पुन जिल्ला प्रशासन कार्यालय पर्साले  छानबिन अगाडि बढाउने भएको छ ।

 


भंगेरियाले आफुले लिएको नागरिकता भन्दा ५०बर्ष अगाडि अर्थात बिक्रमसम्बत २००० सालको आसपासमा बुबाले अंगीकृत नागरिकता लिएको दावी लिएका छन ।  ।नागरिकता ऐन  नै २०२०सालमा  लागुभएको कुरा सर्वविदिति भएपनि भंगेरियाले बोलेको झुठो कुराले उनको जालसालीलाई झन प्रमाणित गरेको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.