logo

बीरगंजका बिद्यालयहरु संचालन हुने,सुरक्षाका सबै मापदण्ड पालना भए, नभएको बारे महानगरले अनुगमन गर्ने 

 इसीमाना सम्वाददाता     २०७८ सावन २७ गते ०८: २४ मा प्रकाशित     801   पटक पढिएको

वीरगन्ज महानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरु आउने आईतबारदेखि कक्षा ८ देखि १२ सम्मको पठनपाठन सुचारु गर्ने निर्णय गरेको छ ।

 

महानगरपालिकामा आज बसेको सरोकारवालाहरुको बैठकमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर विद्यालय खोल्न सहमती जुटेपछि महानगर बिद्यालय संचालनको निर्णयमा पुगेको हो ।

 

कक्षा ८ देखि १२ सम्मको पठनपाठन साउन ३१ गते आईतबारदेखि सुचारु गर्ने निर्णय महानगरपालिकाले गरेको नगर प्रमुख विजय कुमार सरावगीले जानकारी दिनुभयो ।

 

महानगरपालिकाले यसअघि गरेको निर्णय ठिक भएपनि जिल्ला संकट व्यावस्थापन केन्द्रले सहमति दिन नसक्दा विद्यालय संचालन गर्न नसकिएको नगर प्रमुख सरावगीले बताउनुभयो ।

 

बैठकमा सहभागी सबैले शिक्षाको अधिकार स्थानीय तहको सरकारलाई नै रहेको र कोरोना संक्रमणको जोखिम कायमै रहेपनि अहिले वीरगन्जको अवस्था सामान्य भएकोले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर विद्यालय खोल्न सरोरकारवालाले महानगरलाई आग्रह गरेका थिए  ।

 

मापदण्ड पालना भए नभएको हेर्नकालागि महानगरले एउटा अनुमगन टोली बनाएर काम गर्ने महानगर प्रमुख सरवागीले बताउनु भयो ।

 

वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले महानगरपालिकाको तर्फबाट चाल्नुपर्ने सबै कदमहरु समय परिस्थिति अनुसार नै चाल्दै आएको बताउदै यसअघि असार १५ गतेदेखि महानगरपालिका क्षेत्रका सबै सामुदायिक र संस्थागत विद्यालयहरु संचालन गर्ने निर्णय डीसीसीएमसीले नरोकेको भए अहिले वीरगन्जको शैक्षिक क्षेत्रमा निकै सुधार भईसक्थ्यो भन्ने विचार व्यक्त गर्नुभयो ।

 

जिल्ला कोभिड संकट व्यावस्थापन केन्द्रलाई गृहमन्त्रालयको आदेश नभई शैक्षिक क्षेत्र खुला गर्न पाउने अधिकार नभएकोले विद्यालय खोल्ने निर्णयलाई पनि रोक लगाएको बताउदै महानगर प्रमुख सरावगीले आपूmले गृहमन्त्री र सचिवसँग समेत भेटेर कुरा गरेपछि अहिले विद्यालय खोल्ने तयारीमा आपूm लागेको जानकारी दिनुभयो ।

 

महानगरपालिकाले गरेको निर्णयमा वीरगन्जका सबै राजनीतिक दल, संस्थागत विद्यालयहरुको संगठन, सामुदायिक विद्यालयहरुको संगठन तथा सरोकारवाला पक्षहरुले साथ दिने प्रतिवद्धता जाहेर गरेपछि महानगरपालिकाले कक्षा ८ देखि १२ सम्मको पठनपाठन संचालन गर्ने निर्णय गरको हो ।

 

बैठकमा महानगर प्रमुख सरावगी ,नेकपा एमाले पर्साका अध्यक्ष प्रभु हजरा, नेकपा माओवादी केन्द्रका महानगर अध्यक्ष रहबर अन्सारी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी. लामिछाने,  बीरगंज महानगरको शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्ण, स्वास्थ्य तथा समाजिक विकास महाशाखा प्रमुख अरुण कुमार महतो,  प्याब्सन पर्साका सचिव छेडुप लामा, एन प्याब्सनका अध्यक्ष रामसुन्दर चौधरी, नेपाल शिक्षक महासंघ पर्साका अध्यक्ष तीर्थराज यादव, महानगर अध्यक्ष विनोद मेहेता,  वीरगन्ज कलेजका अध्यक्ष डाक्टर दिपेन्द्र कुमार चौधरी लगायत विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, नागरिक समाज तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

घृणा फैलाएको भन्दै प्रधानमन्त्री बालेन बिरुद्ध प्रहरीको साइवर ब्यूरोमा उजुरी दर्ता

काठमाडौं । पुरानो र्‍याप भिडियोमा प्रयोग भएका शब्दका माध्यमले घृणा फैलाएको भन्दै प्रधानमन्त्री बालेन शाह बिरुद्ध प्रहरीको साइवर ब्यूरोमा उजुरी दर्ता भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.