logo

सीसी टिभी क्यामराको संजालले नागरिकलाई सुरक्षाको आभाष दिन्छः मुख्यमंत्री राउत

 इसीमाना सम्वाददाता     २०७८ सावन ३१ गते ०६: ५६ मा प्रकाशित     947   पटक पढिएको

प्रदेश २ का मुख्यमंत्री लालबाबु राउतले बीरगंज बजारमा जडान गरिएको सीसी टिभी क्यामराको संजालको नियन्त्रण कक्षको एक बिशेष समारोहका वीच उद्धघाटन गर्नु भएको छ । 


जिल्ला प्रहरी कार्यालय पर्सा र बीरगंज उधोग बाणिज्य संघको संयुक्त पहलमा सिसि टिभी लिड भिडियो वाल तथा नियन्त्रण कक्ष निर्माण भएको हो । 


अपराधीक गतिविधि नियन्त्रणकालागि प्रभावकारी हुने सीसी टिभी क्यामराको नियन्त्रण कक्षको उद्धघाटन गर्दै मुख्यमंत्री राउतले क्यामराको संजालले नागरिकलाई सुरक्षाको अभाष दिने बिश्वास ब्यक्त गर्नु भयो ।

 

उहाँले सुरक्षाको प्रवन्धकालागि प्रहरीले  निरन्तर काम गरिरहेको बताउदै मुख्यमंत्री राउतले  उद्योगी, व्यवसायीहरुको सुरक्षाको ब्यवस्था ठिक पार्न हातेमाले गरेकोमा नीजि क्षेत्रको प्रशंसा गर्नु भयो । 

 

बीरगंज उधोग वाणिज्य संघले  महानगरको सुरक्षाको बिषयमा चिन्तित भई सीसी टिभी क्यामरा राखिएको हो ।  संघले सेफर बीरगंज माफर्त बीरगंलाई सीसी क्यामराको संजाल बिस्तार गर्दै आइरहेको छ ।

 

मुख्यमंत्री राउतले आउने दिनमा सीसी क्यामराको संजाल बिस्तार गर्ने र त्यसमा प्रदेश सरकारले पनि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो । 

सिसिटिभी जडान र नियंत्रण कक्षका लागि प्रदेश सरकार,प्रदेश सांसद कोष,बीरगन्ज उद्योग वाणिज्य संघ,बीरगन्जको बैन्कर्स एशोसिएशन, लगायतको करिब १ करोड ३० लाखको लागतमा सेफर बीरगन्जको अगुवाईमा बीरगन्ज सिसिटिभी दायरामा आएको हो । हाल बीरगन्जको ८० ठाउमा क्यामरा जडान गरि ४० लाखको लागतमा एलईडी स्क्रिन र मोनिटर कक्ष संचालनमा आएको हो ।

 

मुख्यमन्त्री राउतको निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट ३२ लाखको लागतमा निर्मित सिसि टिभि लिड भिडियो वाल तथा नियन्त्रण कक्षको उद्घाटन कार्यक्रममा  प्रदेश नम्बर २ का प्रमुख प्रहरी नायब महानिरीक्षक  उमेश रञ्जितकार, प्रदेश सभा सदस्यद्वय  प्रह्लाद गिरी जन्नत अन्सारी, जिल्ला समन्वय समिति पर्साका सभापति नेकमहमद अन्सारी  प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे, , नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर २ का अध्यक्ष गणेश प्रसाद लाठ, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डे, वीरगञ्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष गोपाल केडिया, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी लगायतले सिसिटिभी क्यामेराले अपराधीक गतिविधि न्युनिकरण हुने विश्वास व्यक्त गरेका थिए । 

वीरगञ्ज उद्योग वाणिज्य संघका महासचिब मनोज दासको अध्यक्षतामा कार्यक्रम  कार्यक्रम सम्पन्न भएको थियो  । वीउवासङ्घका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवालले सुरक्षा सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.