logo

सीसी टिभी क्यामराको संजालले नागरिकलाई सुरक्षाको आभाष दिन्छः मुख्यमंत्री राउत

 इसीमाना सम्वाददाता     २०७८ सावन ३१ गते ०६: ५६ मा प्रकाशित     776   पटक पढिएको

प्रदेश २ का मुख्यमंत्री लालबाबु राउतले बीरगंज बजारमा जडान गरिएको सीसी टिभी क्यामराको संजालको नियन्त्रण कक्षको एक बिशेष समारोहका वीच उद्धघाटन गर्नु भएको छ । 


जिल्ला प्रहरी कार्यालय पर्सा र बीरगंज उधोग बाणिज्य संघको संयुक्त पहलमा सिसि टिभी लिड भिडियो वाल तथा नियन्त्रण कक्ष निर्माण भएको हो । 


अपराधीक गतिविधि नियन्त्रणकालागि प्रभावकारी हुने सीसी टिभी क्यामराको नियन्त्रण कक्षको उद्धघाटन गर्दै मुख्यमंत्री राउतले क्यामराको संजालले नागरिकलाई सुरक्षाको अभाष दिने बिश्वास ब्यक्त गर्नु भयो ।

 

उहाँले सुरक्षाको प्रवन्धकालागि प्रहरीले  निरन्तर काम गरिरहेको बताउदै मुख्यमंत्री राउतले  उद्योगी, व्यवसायीहरुको सुरक्षाको ब्यवस्था ठिक पार्न हातेमाले गरेकोमा नीजि क्षेत्रको प्रशंसा गर्नु भयो । 

 

बीरगंज उधोग वाणिज्य संघले  महानगरको सुरक्षाको बिषयमा चिन्तित भई सीसी टिभी क्यामरा राखिएको हो ।  संघले सेफर बीरगंज माफर्त बीरगंलाई सीसी क्यामराको संजाल बिस्तार गर्दै आइरहेको छ ।

 

मुख्यमंत्री राउतले आउने दिनमा सीसी क्यामराको संजाल बिस्तार गर्ने र त्यसमा प्रदेश सरकारले पनि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो । 

सिसिटिभी जडान र नियंत्रण कक्षका लागि प्रदेश सरकार,प्रदेश सांसद कोष,बीरगन्ज उद्योग वाणिज्य संघ,बीरगन्जको बैन्कर्स एशोसिएशन, लगायतको करिब १ करोड ३० लाखको लागतमा सेफर बीरगन्जको अगुवाईमा बीरगन्ज सिसिटिभी दायरामा आएको हो । हाल बीरगन्जको ८० ठाउमा क्यामरा जडान गरि ४० लाखको लागतमा एलईडी स्क्रिन र मोनिटर कक्ष संचालनमा आएको हो ।

 

मुख्यमन्त्री राउतको निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट ३२ लाखको लागतमा निर्मित सिसि टिभि लिड भिडियो वाल तथा नियन्त्रण कक्षको उद्घाटन कार्यक्रममा  प्रदेश नम्बर २ का प्रमुख प्रहरी नायब महानिरीक्षक  उमेश रञ्जितकार, प्रदेश सभा सदस्यद्वय  प्रह्लाद गिरी जन्नत अन्सारी, जिल्ला समन्वय समिति पर्साका सभापति नेकमहमद अन्सारी  प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे, , नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर २ का अध्यक्ष गणेश प्रसाद लाठ, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डे, वीरगञ्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष गोपाल केडिया, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी लगायतले सिसिटिभी क्यामेराले अपराधीक गतिविधि न्युनिकरण हुने विश्वास व्यक्त गरेका थिए । 

वीरगञ्ज उद्योग वाणिज्य संघका महासचिब मनोज दासको अध्यक्षतामा कार्यक्रम  कार्यक्रम सम्पन्न भएको थियो  । वीउवासङ्घका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवालले सुरक्षा सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

भ्रष्टाचारविरुद्ध वीरगंजमा पनि जेन–जी पुस्ताको प्रर्दशन

वीरगंज । भ्रष्टाचारविरुद्ध जेन–जी पुस्ताको आह्वानमा वीरगंजमा पनि प्रदर्शन शुरु भएको छ ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.