logo

अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक  घिसिङ बिरुद्ध छानवीन शुरु

 इसीमाना सम्वाददाता     २०७८ भदौ ८ गते ०१: ५५ मा प्रकाशित     850   पटक पढिएको

 अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बिरुद्ध परेको उजुरीमा छानविन शुरु गरेको छ ।

 

घिसिङको अघिल्लो कार्यकालमा भ्रष्ट्राचार गरेको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो। नुवाकोट जिल्लामा निर्माण भईरहेको २५ मेगावाट ग्रिड क्षमताको सोलार आयोजनामा भ्रष्ट्राचार भएको भन्दै  २०७४ साल पुस ६ गते अख्तियारमा उजुरी परेको थियो । 

 

आयोगले गत साउन ११ मा प्राधिकरणलाई पत्राचार गरेर उक्त आयोजना ठेक्का प्रक्रियाको सम्पूर्ण कागजात माग गरेको छ ।

 

उक्त आयोजना निर्माणको लागि सबैभन्दा कम रकम कबुल गर्ने ठेकेदारलाई ठेक्का दिने प्राधिकरणको निर्णय बदर गरि ६८ करोड बढी रकम कबुल गर्नेलाई ठेक्का दिईएको भन्दै उजुरी परेको थियो ।

कुलमान पुन कार्यकारी निर्देशकको भूमिकामा फर्किएपछि ४ वर्षपछि आयोगले यस विषयमा फेरी छानविन गर्न लागेको हो ।

 

अख्तियार प्रमुखहरू दीप बस्न्यात र नवीन घिमिरेले उक्त विषय अघि बढाउन चाहे पनि दबाबको कारण नसकेको र अहिले प्रेमकुमार राई अख्तियार प्रमुख नियुक्त भएपछि यसमा छानविन हुन लागेको स्रोतको दाबी छ । राईलाई निवर्तमान प्रधानमन्त्री केपी ओलीले अख्तियार प्रमुख नियुक्त गरेका थिए ।

सम्झौता भएको एक वर्ष मै आयोजना सम्पन्न हुने बताईए पनि आयोजना अझै सम्पन्न भएको छैन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.