logo

भ्रष्टाचार आरोपमा बन कार्यालय बाराका तत्कालीन अधिकृतहरु बिरुद्ध बिशेष अदालतमा मुद्धा दायर

 इसीमाना सम्वाददाता     २०७८ भदौ ९ गते ०३: ५८ मा प्रकाशित     774   पटक पढिएको

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन जिल्ला वन कार्यालय बाराका अधिकृत भैरवप्रसाद घिमिरेसहित तीन जनाविरुद्ध   विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

 

आयोगले आव २०७३र७४ मा बाँसको कलमी बिरुवा उत्पादन वा खरिदप्रक्रियामा अनियमितता भएको पाइएकाले मुद्दा दायर गरेको हो । जिल्ला वन कार्यालय बारामा अम्रिसो बिरुवा उत्पादन खरिद तथा वितरणको लागि र बाँसको कलमी बिरुवा उत्पादन सम्बन्धमा छानबिन गर्दा महँगोमा खरिद गरी रकम हिनामिना गरेको पाइएको छ ।

 

आयोगले तत्कालीन जिल्ला वन अधिकृत घिमिरेविरुद्ध चार लाख ९० हजार, तत्कालीन सहायक वन अधिकृत विन्देश्वरप्रसाद पटेलविरुद्ध चार लाख ९० हजार र सहायक वन अधिकृत दिनेशप्रसाद जयसवालविरुद्ध तीन लाख ९० हजार बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए । 

 

यस्तै, आयोगले सामाजिक विकास मन्त्रालय बागमती प्रदेशअन्तर्गतको सार्वजनिक निर्माण कार्यान्वयन एकाइ, गजुरी धादिङमा कार्यरुत सवइञ्जिनियर विनोद सापकोटाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

 

खेलकुद मैदान निर्माण सम्पन्न गरी सो कार्यको धरौटी राखेको रकम फिर्ता लिन जाँदा सेवाग्राहीसँग रु २० हजार घुस माग्दै गरेको अवस्थामा आयोगको टोलीले केही समय पहिले पक्राउ गरेको थियो । 

 

आयोगले आरोपी सापकोटाविरुद्ध बिगोअनुसारको कारवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको हो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

भ्रष्टाचारविरुद्ध वीरगंजमा पनि जेन–जी पुस्ताको प्रर्दशन

वीरगंज । भ्रष्टाचारविरुद्ध जेन–जी पुस्ताको आह्वानमा वीरगंजमा पनि प्रदर्शन शुरु भएको छ ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.