logo

प्रदेश २ सरकार र मातहत कार्यालयमा  अपारदर्शीता र कुशासन हावी ,महालेखाले उठायो गम्भिर सवाल

 इसीमाना सम्वाददाता     २०७८ भदौ ९ गते ०५: ५७ मा प्रकाशित     822   पटक पढिएको

महालेखा परिक्षकको कार्यालयले प्रदेश २ सरकारको आर्थिक पारदर्शीता र सुशासन प्रतिको प्रतिवद्धता खोक्रो रहेको देखाइदिएको छ ।

 

शासन र प्रशासन योग्यतम र कुलतापूर्वक संचालनको प्रतिवद्धता सहित सत्तारोहण गरेको लालबाबु सरकारले सम्पादन गरेको हरेक काममा महालेखा परिक्षकको कार्यालयले प्रश्न उठाएको देखिन्छ ।

 

प्रदेशका मुख्यमंत्रीले आर्थिक तथा सुरक्षा सल्लाहकारको नियुक्ति गरेर सहायक मंत्री सरहको सुविबधा दिदै आएकोमा महालेखाले प्रश्न गरेको छ ।

 

सल्लाहकार नियुक्तिको प्रवन्ध नै नरहेको ठाउमा सल्लाहकार नियुक्त गरेर राज्यकोष किन खर्च गरिएको हो ? राउत सरकारको आन्तरिक मामलिा मंत्रालयले आर्थिक वर्ष २०७६र७७ मा आन्तरिक मामिला तथा कानून मन्त्रालयले कानून निर्माण गर्न बैठक भत्ताको नाममा ४६ लाख ४० हजार र शान्ति सुरक्षाको बैठक भत्ताको नाममा २३ लाख ५० हजार रुपैयाँ गरी कूल ६९ लाख ९० हजार गैर कानूनी रुपमा खर्चेको महालेखाको प्रनिवेदनमा उल्लेख छ ।


शान्ति सुरक्षाको गरिएको बैठकमा भत्ता स्वरुप २३ लाख ५० हजार खर्च देखाइएको छ । महालेखाले सो मन्त्रालयको परिभाषित काम नै  शान्ति सुरक्षा भएकोले शान्ति सुरक्षाको बिषयमा काम गर्नु महालेखा परीक्षक कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।


कोभिडका बिरामीलाई खाना उपलब्ध गराउने बिषयमा जनकपुर अस्पतालले प्रति छाक ५० रुपैयाका दरले १३ लाख ४८ हजार भूक्तानी गरेको छ ।

 

प्रत्येक दिन खाना खाएको बिरामीको संख्या खुलाउनु पर्नेमा सो नखुलाई होटेलले दिएको बिलको आधारमा भूक्तानी दिएको देखिएको भन्दै महालेखाले बिरामीको संख्या भिडान गरि भूक्तानी दिनु पर्ने ब्यवस्था मिलाउन प्रतिवेदन मार्फत निर्देशन दिएको छ । 


पहिलो कोभिड संक्रमणकालमा प्रदेश सरकारले बितरण गरेको राहत बितरणमा पारदर्शीता नभएको भन्दै राहत बितरणकालागि खर्चिएको झण्डै साढे ७ करोड रुपैया बेरुजु देखाएको छ ।

 

साना तथा घरेलु कार्यालय मार्फत प्रदेश सरकारले बितरण गरेको राहत वास्तविक राहत आवश्यक भएका नागरिककामा पुगेको देखिदैन । त्यतीेबला स्थानीय तहले आफना नागरिकलाई राहत बितरण गरिरहेको बेलामा प्रदेश सरकारले राहत बितरणका नाममा डुपिलकेशन गरेको आशका महालेखाको प्रतिवेदनले पनि गरेको छ ।

 

घरेलु तथा साना उधोग कार्यालय धनुषाले  वडाध्यक्षहरुलाई राहत बुझाएको भर्पाई बुझाएको देखिन्छ तर वडाध्यक्षहरुले राहत कसलाई बितरण गरे भन्ने कुराको प्रमाण वा भर्पाई प्रदेश सरकारले संकलन गरेको छेन । महालेखा परिक्षकले राहत बितरणको प्रमाण पेश गर्नु पर्ने ठहर गरेको छ ।

 

राहत बितरणमा प्रदेशका सबै जिल्लाको हालत यस्तै छ र प्रदेश सरकारले घरेलु मार्फत बितरण गरेको राहतको रकम बेरुजु देखिएको छ । 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

घृणा फैलाएको भन्दै प्रधानमन्त्री बालेन बिरुद्ध प्रहरीको साइवर ब्यूरोमा उजुरी दर्ता

काठमाडौं । पुरानो र्‍याप भिडियोमा प्रयोग भएका शब्दका माध्यमले घृणा फैलाएको भन्दै प्रधानमन्त्री बालेन शाह बिरुद्ध प्रहरीको साइवर ब्यूरोमा उजुरी दर्ता भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.