logo

प्रदेश २ सरकार र मातहत कार्यालयमा  अपारदर्शीता र कुशासन हावी ,महालेखाले उठायो गम्भिर सवाल

 इसीमाना सम्वाददाता     २०७८ भदौ ९ गते ०५: ५७ मा प्रकाशित     782   पटक पढिएको

महालेखा परिक्षकको कार्यालयले प्रदेश २ सरकारको आर्थिक पारदर्शीता र सुशासन प्रतिको प्रतिवद्धता खोक्रो रहेको देखाइदिएको छ ।

 

शासन र प्रशासन योग्यतम र कुलतापूर्वक संचालनको प्रतिवद्धता सहित सत्तारोहण गरेको लालबाबु सरकारले सम्पादन गरेको हरेक काममा महालेखा परिक्षकको कार्यालयले प्रश्न उठाएको देखिन्छ ।

 

प्रदेशका मुख्यमंत्रीले आर्थिक तथा सुरक्षा सल्लाहकारको नियुक्ति गरेर सहायक मंत्री सरहको सुविबधा दिदै आएकोमा महालेखाले प्रश्न गरेको छ ।

 

सल्लाहकार नियुक्तिको प्रवन्ध नै नरहेको ठाउमा सल्लाहकार नियुक्त गरेर राज्यकोष किन खर्च गरिएको हो ? राउत सरकारको आन्तरिक मामलिा मंत्रालयले आर्थिक वर्ष २०७६र७७ मा आन्तरिक मामिला तथा कानून मन्त्रालयले कानून निर्माण गर्न बैठक भत्ताको नाममा ४६ लाख ४० हजार र शान्ति सुरक्षाको बैठक भत्ताको नाममा २३ लाख ५० हजार रुपैयाँ गरी कूल ६९ लाख ९० हजार गैर कानूनी रुपमा खर्चेको महालेखाको प्रनिवेदनमा उल्लेख छ ।


शान्ति सुरक्षाको गरिएको बैठकमा भत्ता स्वरुप २३ लाख ५० हजार खर्च देखाइएको छ । महालेखाले सो मन्त्रालयको परिभाषित काम नै  शान्ति सुरक्षा भएकोले शान्ति सुरक्षाको बिषयमा काम गर्नु महालेखा परीक्षक कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।


कोभिडका बिरामीलाई खाना उपलब्ध गराउने बिषयमा जनकपुर अस्पतालले प्रति छाक ५० रुपैयाका दरले १३ लाख ४८ हजार भूक्तानी गरेको छ ।

 

प्रत्येक दिन खाना खाएको बिरामीको संख्या खुलाउनु पर्नेमा सो नखुलाई होटेलले दिएको बिलको आधारमा भूक्तानी दिएको देखिएको भन्दै महालेखाले बिरामीको संख्या भिडान गरि भूक्तानी दिनु पर्ने ब्यवस्था मिलाउन प्रतिवेदन मार्फत निर्देशन दिएको छ । 


पहिलो कोभिड संक्रमणकालमा प्रदेश सरकारले बितरण गरेको राहत बितरणमा पारदर्शीता नभएको भन्दै राहत बितरणकालागि खर्चिएको झण्डै साढे ७ करोड रुपैया बेरुजु देखाएको छ ।

 

साना तथा घरेलु कार्यालय मार्फत प्रदेश सरकारले बितरण गरेको राहत वास्तविक राहत आवश्यक भएका नागरिककामा पुगेको देखिदैन । त्यतीेबला स्थानीय तहले आफना नागरिकलाई राहत बितरण गरिरहेको बेलामा प्रदेश सरकारले राहत बितरणका नाममा डुपिलकेशन गरेको आशका महालेखाको प्रतिवेदनले पनि गरेको छ ।

 

घरेलु तथा साना उधोग कार्यालय धनुषाले  वडाध्यक्षहरुलाई राहत बुझाएको भर्पाई बुझाएको देखिन्छ तर वडाध्यक्षहरुले राहत कसलाई बितरण गरे भन्ने कुराको प्रमाण वा भर्पाई प्रदेश सरकारले संकलन गरेको छेन । महालेखा परिक्षकले राहत बितरणको प्रमाण पेश गर्नु पर्ने ठहर गरेको छ ।

 

राहत बितरणमा प्रदेशका सबै जिल्लाको हालत यस्तै छ र प्रदेश सरकारले घरेलु मार्फत बितरण गरेको राहतको रकम बेरुजु देखिएको छ । 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.