logo

मध्यनेपाल सन्देशको पाँचौ वािर्षकोत्सव सम्पन्न, समाजका बिभिन्न क्षेत्रमा योगदान दिनेहरु सम्मानीत

 इसीमाना सम्वाददाता     २०७८ भदौ ११ गते ०७: १४ मा प्रकाशित     798   पटक पढिएको

पत्रकार महिलाको नेतृत्वमा बीरगंजबाट प्रकाशीत रंगीन मध्यनेपाल सन्देश साप्ताहिकले आफनो पाँचौ वार्षिकोत्सव भब्य रुपमा मनाएको छ ।

वार्षिकोत्सवको अवसरमा नेपाल पत्रकार महासंघको सभाकक्षमा आयोजना गरिएको एक भब्य कार्यक्रममा पत्रकारितामा  महिलाकालागि अवसर र चुनौतीको बिषयमा अन्तरक्रिया समेत भएको थियो । 


पत्रिकाले आफनो वािर्षकोत्सवको अवसरमा समाजका बिभिन्न क्षेत्रमा उल्लेख्य सेवा मार्फत योगदान दिने ब्यक्तिहरुलाई सम्मान गरेको छ । 


कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न चिकित्सा क्षेत्रबाट आफनो सीप क्षमता र अस्पताल समेत योगदान दिने स्थापित चिकित्सक डा.लक्ष्मी थापा, निष्ठापूर्ण राजनीतिको असल बिम्ब बीरगंज महानगरपालिकाको उपप्रमुख सुश्री शान्ति कार्की,बिरामी ओसारपसार सेवा गरे बापत एम्बुलेन्स चालक रामनरेश यादव,मुम्ताज भाइ र  पत्रीकामा पाँच वर्ष देखि सहकार्य गर्ने सोभा धमला,शबनम भट्टराई लगायातलाई कार्यक्रममा सम्मान गरिएको थियो ।

प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साहले उहाँहरुलाई सम्मान गर्नुृ भएको थियो । 


कार्यक्रमलाई सम्बोधन गर्दै    प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साहले पबिज्ञापन बितरणलाई पारदर्शी बनाईने बताए  ।

 

मन्त्री साहले सञ्चार संस्थाहरुलाई वर्गीकरण गरेर त्यसकै आधारमा लोक कल्याण्कारी विज्ञापन दिने बताएका हुन् । 

मध्यनेपाल सन्देशकी सम्पादक कविता खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश नम्बर २ की प्रदेश सभा सदस्य भिमा यादव,  नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेल वीरगञ्ज महानगरपालिकाकी उपप्रमुख शान्ति कार्की, पर्साको पोखरिया नगरपालिकाकी उपप्रमुख सलमा खातुन, जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का महासचिब श्याम बन्जारा, पर्साका अध्यक्ष अनुप तिवारी नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर २ का अध्यक्ष गणेश लाठ,  लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

घृणा फैलाएको भन्दै प्रधानमन्त्री बालेन बिरुद्ध प्रहरीको साइवर ब्यूरोमा उजुरी दर्ता

काठमाडौं । पुरानो र्‍याप भिडियोमा प्रयोग भएका शब्दका माध्यमले घृणा फैलाएको भन्दै प्रधानमन्त्री बालेन शाह बिरुद्ध प्रहरीको साइवर ब्यूरोमा उजुरी दर्ता भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.