logo

शारीरीक शोषणको लागि अन्यत्र पठाइदै गर्दा ७ नेपाली युवतीको उद्धार, बेच्ने आरोप लागेका दुई जना पक्राउ

 इसीमाना सम्वाददाता     २०७८ भदौ १२ गते ०२: २१ मा प्रकाशित     786   पटक पढिएको

 

पर्सा प्रहरीले भारत बिहारको छौडा दानोबाट ७ नेपाी युवतीलाई उद्धार गरेको छ । 

नवलपरासी,उदयपुर सुनसरी जिल्लाका युवतीलाई बेचबिखनको प्रयास गरेको आरोपमा प्रहरीले भारतीय प्रहरीको समन्वयमा भारत बिहारको पूर्वी चम्पारण जिल्लाको छौडादानो बस्ने २५ वर्षीय विकास भन्ने विकेश कुमार र नेपालको धनुषा जिल्लाको नगराइन नगरपालिका घर भइ छौडादानो मै बस्दै आएकी २४ वर्षिया ममताकुमारी भन्ने अजिमा खातुनलाई गिरफ्तार गरेको छ ।

प्रहरीले भारत बिहारको पूर्वी चम्पारण छौडादानो नगर पञ्चायत ११ आदापुर बजारबाट  नेपालको सुनसरी ,नवलपरासी र उदयपुरबाट लगिएका ७ जना युवतीको उद्धार गरेको छ । 

 

अर्केष्ट्रामा आकर्षक तलब हुने काम लगाइदिने प्रलोभन देखाइ उनीहरुलाई बेच्ने तयारी भइरहेको सूचनाको आधारमा प्रहरी टोली आदापुर पुगेको थियो ।

 

भदौं ९ गते जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले भारतीय प्रहरीसँगको समन्वय र आफन्त नेपाल नामक गैरसरकारी संस्थासँगको सहकार्यमा युवतीको उद्धार गरेको प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिनु भयो  ।


उनीहरुलाई बिभिन्न आर्केष्ट्रमा उनीहरुको इच्छा बिपरित अशोभनिय पोशक लगाएर नचाउने र शारीरीक शोषणकोलागि अन्यत्र पठाउने तयारी भइरहेको सूचना प्रहरीले पाउसंगै उनीहरुको उद्धार गरिएको खनालले बताउनु भयो । 

उनीहरू विरुद्ध मानव बेचबिखन तथा ओसार पसारको मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

भ्रष्टाचारविरुद्ध वीरगंजमा पनि जेन–जी पुस्ताको प्रर्दशन

वीरगंज । भ्रष्टाचारविरुद्ध जेन–जी पुस्ताको आह्वानमा वीरगंजमा पनि प्रदर्शन शुरु भएको छ ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.