logo

शारीरीक शोषणको लागि अन्यत्र पठाइदै गर्दा ७ नेपाली युवतीको उद्धार, बेच्ने आरोप लागेका दुई जना पक्राउ

 इसीमाना सम्वाददाता     २०७८ भदौ १२ गते ०२: २१ मा प्रकाशित     893   पटक पढिएको

 

पर्सा प्रहरीले भारत बिहारको छौडा दानोबाट ७ नेपाी युवतीलाई उद्धार गरेको छ । 

नवलपरासी,उदयपुर सुनसरी जिल्लाका युवतीलाई बेचबिखनको प्रयास गरेको आरोपमा प्रहरीले भारतीय प्रहरीको समन्वयमा भारत बिहारको पूर्वी चम्पारण जिल्लाको छौडादानो बस्ने २५ वर्षीय विकास भन्ने विकेश कुमार र नेपालको धनुषा जिल्लाको नगराइन नगरपालिका घर भइ छौडादानो मै बस्दै आएकी २४ वर्षिया ममताकुमारी भन्ने अजिमा खातुनलाई गिरफ्तार गरेको छ ।

प्रहरीले भारत बिहारको पूर्वी चम्पारण छौडादानो नगर पञ्चायत ११ आदापुर बजारबाट  नेपालको सुनसरी ,नवलपरासी र उदयपुरबाट लगिएका ७ जना युवतीको उद्धार गरेको छ । 

 

अर्केष्ट्रामा आकर्षक तलब हुने काम लगाइदिने प्रलोभन देखाइ उनीहरुलाई बेच्ने तयारी भइरहेको सूचनाको आधारमा प्रहरी टोली आदापुर पुगेको थियो ।

 

भदौं ९ गते जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले भारतीय प्रहरीसँगको समन्वय र आफन्त नेपाल नामक गैरसरकारी संस्थासँगको सहकार्यमा युवतीको उद्धार गरेको प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिनु भयो  ।


उनीहरुलाई बिभिन्न आर्केष्ट्रमा उनीहरुको इच्छा बिपरित अशोभनिय पोशक लगाएर नचाउने र शारीरीक शोषणकोलागि अन्यत्र पठाउने तयारी भइरहेको सूचना प्रहरीले पाउसंगै उनीहरुको उद्धार गरिएको खनालले बताउनु भयो । 

उनीहरू विरुद्ध मानव बेचबिखन तथा ओसार पसारको मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

घृणा फैलाएको भन्दै प्रधानमन्त्री बालेन बिरुद्ध प्रहरीको साइवर ब्यूरोमा उजुरी दर्ता

काठमाडौं । पुरानो र्‍याप भिडियोमा प्रयोग भएका शब्दका माध्यमले घृणा फैलाएको भन्दै प्रधानमन्त्री बालेन शाह बिरुद्ध प्रहरीको साइवर ब्यूरोमा उजुरी दर्ता भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.