logo

घण्टाघर बम बिष्फोटकाण्डमा मुख्य नाइके साढे दुई वर्ष पछि पक्राउ,पर्सा प्रहरीले पायो ठुलो सफलता

 इसीमाना सम्वाददाता     २०७८ भदौ २८ गते ०६: ५८ मा प्रकाशित     861   पटक पढिएको

नेपालमा जघन्य अपराधका घटनामा संलग्न भई भारतमा लुकेर बसेका एक जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

 

वीरगंज महानगरपालिका २४ का ३३ वर्षीय फुलहसन अन्सारीलाई प्रहरीले सोमवार बिहान बीरगंज महानगरपालिका वडा नं २४को रामगढवा बाट पक्राउ गरेको हो।

पक्राउ परेका अन्सारी २०७६ साउन २४ गते वीरगंज–४ स्थित बिर्ता बजारमा तथा २८ गते वडा नम्बर ८ घण्टाघर नजिक तरकारी बजारमा सुतली बम पडकाउने गिरोहका नाइके हुन्।

सोही  घटनामा संलग्न वीरगंज–२४ का इनुस अन्सारी, जौवाद अन्सारी र सद्दाम अन्सारी २०७६ भदौ ४ गते ४ थान गोली तथा सुतली बम  सहित पक्राउ परेका थिए।

 

मुख्य योजनाकार फुलहसन भने भारतमा लुकिछिपी बस्दै आएका थिए। उक्त घटनामा संलग्न तीन जनाविरुद्ध पर्सा जिल्ला अदालतले जनही २ वर्ष ६ महिना कैद र २५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको प्रहरीले जनाएको छ। तीनै जना कैद सजाय भोगिरहेका छन्। कैद भोग्नै तीनै जना फूल सनकै परिवारका सदस्य हुन । 


पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक  ओमप्रकाश खनालका अनुसार अन्सारी फुलहसनको हकमा मुद्दा मुल्तबी रहेको थियो।

 

उनी भारतको मुजफ्फरपुरमा आफ्नो नाम र पहिचान ढाँटी अंकित पटेलको नामबाट भारतीय आधार कार्ड बनाएर बसेको खुलेको डिएसपी खनालले जानकारी दिए।

‘बेलाबखतमा भारतीय बजार रक्सौल आएर वीरगंजका उद्योगी तथा व्यापारीहरूलाई फोनमार्फत धाकधम्की दिई रकम असुली गर्दै आइरहेका फूलहसनले केही दिनभित्रै वीरगंजमा घटना घटाउने योजना बनाएको सूचना आएपछि पर्सा प्रहरीले भारतीय प्रहरी समेतको सहयोगमा उनको खोजी गरिरहेको प्रवक्ता खनालले बताए । 

सर्वस्वसहित जन्मकैदको पाएका थिए सजाय

फुलहसन २०६५ पुस ७ गते वीरगंज–१३ का राजेश क्याललाई गोली हानी हत्या गर्ने घटनामा पनि संलग्न थिए। प्रहरीले उनलाई १० दिनपछि पुस १६ गते घटनामा प्रयोग भएको हतियारसहित पक्राउ गरेको थियो। उक्त घटनामा फुलहसनविरुद्ध तीन तहकै अदालतबाट सर्वस्वसहित जन्मकैद हुने ठहर भएको थियो।

कैद भुक्तान गरिरहेका उनलाई दसैंको अवसरमा सरकारले २०७४ असोज ८ गते ५६ प्रतिशत कैद बाँकी हुदा कैद मिनाहा गरेको थियो। जेलबाट छुटेपछि उनी पुनः आपराधिक कृयाकलापमा संलग्न हुँदै आएको डिएसपी खनालले जानकारी दिए।

अभियुक्तलाई विस्फोटक पदार्थ खरखजाना सम्बन्धी कसुर तथा सङ्गठित अपराध अभियोगमा कारबाही अगाडी बढाइएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

भ्रष्टाचारविरुद्ध वीरगंजमा पनि जेन–जी पुस्ताको प्रर्दशन

वीरगंज । भ्रष्टाचारविरुद्ध जेन–जी पुस्ताको आह्वानमा वीरगंजमा पनि प्रदर्शन शुरु भएको छ ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.