logo

गोपालदास पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार कोइरालालाई,पर्साका लामिछानेलाई युवा क्रियाशिल पत्रकारिता पुरस्कार

 इसीमाना सम्वाददाता     २०७८ भदौ ३० गते ०७: १८ मा प्रकाशित     932   पटक पढिएको

प्रेस काउन्सिल नेपालले वार्षिकोत्सवका अवसरमा प्रदान गर्दै आएको विभिन्न पुरस्कारहरू र पुरस्कृत हुने पत्रकारको नाम सार्वजनिक गरेको छ ।

 

काउन्सिलले आज एक विज्ञप्ति जारी गर्दै यस वर्ष गोपालदास पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार भारतदत्त कोइराला र सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार बद्रीविनोद खनाल ‘प्रतीक’, लाई प्रदान गर्ने निर्णय गरेको हो ।

पुरस्कारलगायत विभिन्न विषयमा छलफल गर्न काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

 

बैठकले यस वर्ष पुरस्कृत हुने पत्रकार तथा सञ्चारमाध्यमलाई आचारसंहिताको पूर्ण पालना गराई विश्वसनीयता जगाउन प्रोत्साहित गर्ने विश्वास लिएको समेत जनाएको छ ।

प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष एवं पत्रकारिता क्षेत्रका मूर्धन्य व्यक्तित्व स्व. गोपालदास श्रेष्ठको नाममा स्थापित  एक लाख ५१ हजार राशिको गोपालदास पत्रकारिता पुरस्कार तथाप्रेस काउन्सिल नेपालका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको नाममा वि .सं. २०७२ सालमा स्थापित प्रेस काउन्सिल सुरेन्द्रबहादुर पत्रकारिता पुरस्कार २०७३ सालदेखि वरिष्ठ पत्रकारहरूलाई दिन थालिएको वरिष्ठ प्रशासकीय अधिकृत (प्रवक्ता) दीपक खनालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

 


यसवर्षको प्रेस काउन्सिल आचार सहिता पुरस्कार हिमालय टाइम्सका उज्वल शर्मालाई प्रदान गरिएको छ । प्रेस काउन्सिल शसक्त संचारकर्मी पुरस्कार बिमल गौतम र दुर्गालाल के.सी.लाई दिने निर्णय भएको छ । त्यसैगरि प्रेस काउन्सिल भाषा पुरस्कार लक्की चौधरी, प्रेस काउन्सिल क्रियाशिल पत्रकारिता पुरस्कार रमेश ढुगेल,माधव नेपाल,बिन्दुकान्त घिमिरे,गोविन्द प्रसाद चौलागाई,रामानन्द गुप्ता,बासुदेव शर्मा,सुशिल अर्याललाई प्रदान गर्ने निर्णय भएको छ ।

 

त्यस्तै यस वर्षको प्रेस काउउन्सिल युवा पत्रकारिता पुरस्कार के.सी.लामिछाने , शिवकुमार रिजाल,घनश्याम खड्का,एलपी देवकोटा,जीवन सेजुवाल,देवेन्द्र बस्नेत दाङ,भगवती थापा, देवचन्द्र भट्ट र चुडामुडी लिम्बु रमेश खतिवडा, जगन्नाथ दुलाल र तिर्थ जैसी, प्रेस काउन्सिल साहित्यिक पुरस्कार पुरुषोत्तम खनाल, अन्तरधवनी साहित्यिक त्रैमासिक,प्रेस काउन्सिल महिला शसत्तक्तिकरण पुरस्कार जमुना वर्ष,रुपा गहतराज,अन्जु कार्की, प्रस काउन्सिल समावेशीता पत्रकारिता पुस्रकार अन्नत अनुराग,रोहीत राई र करण ताम्रकारलाई दिने  दिने निर्णय भएको जारी बिज्ञप्तिमा उल्लेख छ । 

 

 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.