logo

सांसद यादवलाई सात सवाल, तीन दिन भित्र जवाफ दिन पार्टीको निर्देश

 इसीमाना सम्वाददाता     २०७८ कार्तिक १३ गते ००: ०० मा प्रकाशित     1108   पटक पढिएको

जनता समाजवादी पार्टीले आफ्ना सांसद प्रदीप यादवलाई तीन दिने स्पष्टीकरण सोधेको छ । यादवलाई पार्टीले ७ वटा प्रश्न लेखेर तीन दिन भित्र त्यसको जवाफ दिन निर्देश गरेको छ ।

 

गठबन्धन सरकारको मंत्रीमण्डल बिस्तारमा जसपाबाट मंत्रीमा आफनो नाम समावेश नगरिए पछि यादवले बिभिन्न संचार माध्यम मार्फत पार्टी नेतृत्व बिरुद्ध अभिब्यक्ति दिएका थिए ।

 

उनका सर्मथकहरुले पार्टीको पर्सा जिल्ला कार्यालय र काठमाण्डौको वालकुमारीमा रहेको केन्द्रीय कार्यालयमा तालाबन्दी तोडफोड पार्टीको झण्डा जलाउने,पार्टी अध्यक्ष उपेन्द्र यादवको पुतला जलाउने प्रर्दशन गर्ने क्रियाकलापहरु गरेका थिए । पार्टीले यि सबै काम सांसद यादवको निर्देशनमा भएको ठहर गर्दै उनलाई सात बुंदे स्पष्टीकरण सोधेको पार्टीका उपमहासचिव प्रकाश अधिकारीले जारी गरेको पत्रमा उल्लेख छ । 

 


मंत्री परिषदमा सामेल हुन नपाएको अवस्थामा संचार माध्यमबाट बाट किन अर्मादित अभिब्यक्ति दिनु भयो ?पार्टी निर्णयमा चित्र नबुझे पार्टी भित्र प्रक्रिया अनसार कुरा राख्न छाडेर अनुशासनहीन तथा उच्छृखंल काम किन गरेको ?पार्टीको झण्डा ,पार्टी बोर्ड जलाउने  र पार्टी कार्यालय किन तोडफोड गरेको गर्न लगाएको ?पार्टी मूर्दावाद जस्ता नारालाई के भन्ने ? पार्टी अध्यक्षको पुतला जलाउने र मूर्दावाद जस्ता अशोभनिय काम किन गरेको गर्न लगाएको ?तपाईले गराएको काम र अभिब्यक्ति पार्टी पद्धती बिरुद्ध छ की  छैन  ? र अन्त्यमा तपाईलाई पार्टीले कारवाही किन नगर्ने ? भनेर सात सवाल पार्टीले सांसद यादवलाई सोधेको छ । 


कार्तिक ११ गते लेखिएको पत्रमा  तीन दिन भित्र स्पष्टीकरणको जवाफ लेख्न पार्टीले सांसद यादवलाई निर्देश गरेको छ । पार्टीले सोधेको सात सवाल निकै अर्थपूर्ण रहेका छन । 


सासद यादवलाई यो भन्दा अगाडि २०७६ असोजमा  पनि पार्टीले पार्टीको नीति बिपरित काम गरेको भन्दै पार्टी सदस्यता समेतबाट निलम्बन गरेको थियो । 


पूर्वी युरापेली मुलुक लाटभियाको राजधानी रिगामा ‘इन्टरनेशनल नेटवर्क अफ पार्लियामेन्टरियन अन फ्रि तिब्बत’को सम्मेलन ०७६ बैशाख २४ देखि २७ सम्म भएको थियो । सो सम्मेलनमा सासँद यादव सहभागी भएका थिए  ।

नेपालले एक चीन नीति अवलम्बन गर्दै आइरहेको छ र तिब्बतलाई स्वतन्त्र देश मान्दैन । सांसद यादवले पार्टीलाई समेत थाहै नदिई लाटभिया सम्मेलनमा भाग लिएका थिए । 

सांसद यादव सो सम्मेलनमा सहभागी भएको खुलेपछि समाजवादी पार्टीले एक विज्ञप्ति दिँदै पार्टीको सहमति बेगर उनी लाटभिया सम्मेलनमा सहभागी भएको बताएको थियो । लगत्तै प्रदीपलाई स्पष्टिकरण सोधिएको थियो । उनको स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै पार्टीले निलम्बन ६ महिनाकालागि सदस्यता समेतबाट निलम्वन गरेको थियो । यादव त्यतिवेला पार्टीको पर्सा जिल्लाको अध्यक्ष समेत रहेका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

घृणा फैलाएको भन्दै प्रधानमन्त्री बालेन बिरुद्ध प्रहरीको साइवर ब्यूरोमा उजुरी दर्ता

काठमाडौं । पुरानो र्‍याप भिडियोमा प्रयोग भएका शब्दका माध्यमले घृणा फैलाएको भन्दै प्रधानमन्त्री बालेन शाह बिरुद्ध प्रहरीको साइवर ब्यूरोमा उजुरी दर्ता भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.