logo

एमाले पदाधिकारी कसले कति मत ल्याए,प्रस्ताव बिरुद्ध गएका नेता पराजित

 इसीमाना सम्वाददाता     २०७८ मंसिर १४ गते ०४: ५२ मा प्रकाशित     813   पटक पढिएको

सौराहमा जारी नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । 

सार्वजनिक मतपरिणामअनुसार अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । उनले १८४० मत ल्याउँदै अध्यक्षका अर्का उम्मेदवार डा.भीम रावललाई पराजित गरे । रावलले २२३ मत मात्रै पाए ।

उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, सुवास नेम्बाङ, विष्णु पौडेल, युवराज ज्ञवाली र रामबहादुर थापा बादल विजयी हुँदा घनश्याम भुसाल पराजित भए । 

 

सचिवमा गोकर्ण विष्ट, योगेश भट्टराई, पद्मा अर्याल, छविलाल विश्वकर्मा, लेखराज भट्ट, टोप बहादुर रायमाझी र रघुविर महासेठ विजयी भए । भिम आचार्य र टंक कार्की सचिवमा पराजित भए । 

 

अध्यक्ष
केपी शर्मा ओली –१८४० (विजयी) 
भिम बहादुर रावल –२२३
उपाध्यक्षः
अष्टलक्ष्मी शाक्य– १९७६ (विजयी)
सुरेन्द्र पाण्डे– १९२५  (विजयी)
सुवास नेम्बाङ –१८६५ (विजयी)
विष्णु पौडेल– १८५६ (विजयी)
युवराज ज्ञवाली– १८४२ (विजयी)
रामबहादुर थापा बादल– १७६८ (विजयी) 
घनश्याम भुसाल–७२५ 
सचिवः 
गोकर्ण विष्ट– १९७६ (विजयी)
योगेश भट्टराई –१९६४ (विजयी)
पद्मा अर्याल –१८०० (विजयी)
छविलाल विश्वकर्मा– १८०० (विजयी)
लेखराज भट्ट– १७०४ (विजयी)
टोप बहादुर रायमाझी–१७०० (विजयी)
रघुविर महासेठ– १५१३ (विजयी)
भिम आचार्य– १३००
टंक कार्की–५००

महाधिवेशनमा दुई हजार ९६ जनाले मतदान गरेका थिए । एमाले महाधिवेशनमा दुई हजार १५३ जना प्रतिनिधि सहभागी थिए । महाधिवेशनअन्तर्गत विभिन्न ५० पदका लागि मतदान भएको थियो । 

महाधिवेशनमा अध्यक्ष, उपाध्यक्ष, सचिवसहित केन्द्रीय सदस्यहरुका लागि मतदान गरिएको थियो । खुला केन्द्रीय सदस्य, खुला महिला केन्द्रीय सदस्यसहित केही समावेशी पदमा मतदान भएको थियो ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.