logo

पर्साको जगरनाथपुरमा आज एमालेको सन्देश सभा,हजारौको सहभागिता रहने, अध्यक्ष ओलीले सम्बोधन गर्ने 

 इसीमाना सम्वाददाता     २०७८ पौष ८ गते ०७: ०२ मा प्रकाशित     846   पटक पढिएको

जिल्लाको जगरनाथपुरमा पुस ८ गते बिहीबार हुने नेकपा एमालेको सन्देश सभा एवम् वृहत् पार्टी प्रवेश कार्यक्रमको तयारी पूरा भएको छ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सो सभामा सम्बोधन गर्नुहुनेछ ।

 

 सभामा १ लाख भन्दाबढिको जनसभागिता हुने एमाले केन्द्रीय सदस्य एवम् पर्साका सह–इन्जार्ज निर्मला देवकोटाले जानकारी दिनु भयो । कार्यक्रममा पर्सा बारा रौतहट र सर्लाही देखी सहभागि आउने बताइएको छ। कार्यक्रममा स्वतःस्फुर्त बारा, रौतहटबाट पनि हजारौको संख्यामा कार्यकर्ता र जनसमुदाय आउने जानकारी पाएको र सोही अनुसार व्यवस्थापन गरिएको नेकपा एमालेका जिल्ला अध्यक्ष प्रभू हजराले बताउनु भयो ।

कार्यक्रमको लागि ३ स्टेपको मञ्च बनाइएको बनाइएको मञ्च व्यवस्थापन समितिले जनाएको छ । पहिलो स्टेप सबभन्दा माथि अध्यक्ष केपी ओली, अन्य पदाधिकारी लगायत केन्द्रीय नेतागण, दोश्रो स्टेपमा प्रदेश समिति, संबिधान सभा सदस्य र पूर्व सांसद तथा निर्वाचित पालिका प्रमुख उप प्रमुख रहनेछन् ।

 

तेश्रो स्टेपमा कलाकारहरु रहने छन् । पत्रकारहरु को लागि छुट्टै बस्ने व्यवस्था मिलाइएको सचिव मनोज गुप्ताले बताउनु भयो । करीब ५ किलो मिटरसम्म आवाज पुग्ने गरी माइकको व्यवस्था गरिएको बताइएको छ । सभाको लागि २ सय जना  अनुसार कार्यक्रममा युवा संघ,अनेमसंघ, विद्यार्थी र खेलकुद महासंघबाट स्वयमसेवक परिचालन गरीने छन् ।

 

गाँउपालिका भवनको उदघाटन समेत गर्ने कार्यक्रम रहेकोले अध्यक्ष ओली  बिहान ११ः३० बजे हेलीकप्टरबाट जगरनाथपुरको हेली प्याडमा ल्याण्ड गर्ने बताइएको छ । उद्घाटन पछि सिधै बृहत् सभामा पुग्नु हुने र जगरनाथपुर गाँउ पालिकाका अध्यक्ष जालिम मियाँ, नेता समिम मियाँ लगायतलाई पार्टी प्रवेश गराउने कार्यक्रम रहेको केन्द्रीय सदस्य अरबिन्द कुमार सिंहले जानकारी दिनु भयो ।

 

दशौं महाधिवेशन पछि प्रदेश न २ को पर्सा को ग्रामीण भेगमा अध्यक्ष केपी ओलीको आगमन राजनैतिक र रणनैतिक दृष्टिले अति महत्वपूर्ण हुने राजनीतिज्ञ विश्लेषकहरु को भनाइ छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

सिरहामा स्कुल बसको ठक्करबाट सात वर्षीय विद्यार्थीको मृत्यु

सिरहा । सिरहाको गोलबजार नगरपालिका–२ टुड्किया सैनिक चोकमा शुक्रबार स्कुल बसको ठक्करबाट सात वर्षीय बालकको मृत्यु भएको छ।

मानव बेचबिखन विरुद्ध उत्कृष्ट कार्य प्रर्दशन, पर्साका एसपी गौतम मिश्र सम्मानित

वीरगन्ज ।  महिला तथा बालबालिका विरुद्ध हुने अपराध नियन्त्रणका क्षेत्रमा उत्कृष्ट काम गरेका जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० गौतम मिश्रलाई नेपाल सरकारले सम्मानित गरेको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.