logo

भोजपुरीया प्रदेश र बीरगंज राजधानीकालागि आन्दोलनको उद्धघोष, संघर्ष  समिति बन्यो

 इसीमाना सम्वाददाता     २०७८ माघ ५ गते ०८: २६ मा प्रकाशित     2422   पटक पढिएको

प्रदेश सभाले प्रदेशको नाम “मधेश” र राजधानी जनकपुर हुने टुङ्गो लगाएपछि त्यसले मधेश प्रदेशको पश्चिमी क्षेत्रमा आक्रोश पैदा गरेको छ । त्यो आक्रोशलाई संस्थागत बिद्रोहमा रुपान्तरण गर्ने गरि तयारी शुरु गरिएको छ ।

 

बीरगंजलाई राजधानी नवनाइएकोमा बिरोधमा आन्दोलनलाई निरन्तरता दिने बीरगंजमा बुधवार सम्पन्न सर्वपक्षीय  भेलाले निर्णय गरेको छ । 
भेलामा पर्साबाट प्रदेश सभामा नेतृत्व गर्ने प्रदेशसभा सदस्यहरु प्रहलाद गिरी, शंकर चौधरी,राजेश्वर साह तेली, भिमा यादव, राघीनी वरनवाल, रमेश कुर्मी, जन्नत अन्सारी, मन्जुर अन्सारी, पारस साह तेली करिमा बेगम लगायतको सहभागिता रहेको थियो ।

 

भेलाले बीरगंजलाई राजधानी बनाउनकालागि संचालन गरिने लोकातान्त्रिक बिद्रोहमा सबैको सहभागिताकोलागि सबै पेशागत तह र तप्काका नागरिकको सहभागिताकोलागि नेपाल बार एशोसिएशन पर्साका पूर्व अध्यक्ष पन्नालाल गुप्ता तथा बर्तमान अध्यक्ष ओमप्रकाश गुप्तालाई संयोजनको जिम्मेवारी दिएको छ ।

 

आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिदै जाने निर्णय भएपनि आन्दोलनका कार्यक्रम भने घोषणा गरिएको छैन । 
सवपक्षीय भेलाले बीरगंजलाई मधेश प्रदेशको राजधानी बनाउनकालागि प्रदेश सभामा बहस पैरवी र माँग गर्ने प्रदेश सभा सदस्यहरुलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ । 


बैठकमा नेकपा एमालेका नेताहरु सुन्दर कुर्मी। शम्भू गुप्ता, नेपाली कांग्रेसका पर्सा अध्यक्ष अजय कुमार द्विवेदी, नगर सभापति भोला कलवार, बिजय सर्राफ,बीरेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका मुस्तकिम अन्सारी, मुकेश द्विवेदी,महानगर अध्यक्ष ओमप्रकाश सर्राफ, शशी पाण्डे, फणिन्द्र चौहान,जनता समाजवादी पार्टीका महानगर अध्यक्ष ईश्वरचन्द्र यादव,नेकपा एकिकृत समाजवादीका शंकर कुमार कर्ण लगायतका नेताहरुको सहभागिता रहेको थियो । पन्नालाल गुप्ताको अध्यक्षतामा भएको भेलाले भोजपुरीया प्रदेश र बीरगंजलाई राजधानी बनाउने कुराको उद्धघोष गरेको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.