logo

मधेश प्रदेशमा मानव अधिकारका ७ सय घटना, बालिका र महिला उच्च जोखिममा

 इसीमाना सम्वाददाता     २०७८ फागुन ७ गते ०७: ४३ मा प्रकाशित     721   पटक पढिएको

 

मधेश प्रदेशमा २०२१ मा मानव अधिकार उलंघन र ज्यादतीको घटनामा साढे सात सय भन्दा बढी व्यक्ति पीडित भएका छन् ।

शनिवार अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)ले जनकपुरधाममा मानव अवधिकार वर्ष पुस्तक २०२२ सार्वजनिक गरेको छ । जस अनुसार २०७७ पुस १७ गते देखि २०७८ पुस १६ गतेसम्ममा ७ सय ५८ जना पीडित भएका छन् ।

 

इन्सेकका अनुसार २०२१ म मधेश प्रदेशको सिरहा जिल्लामा सबैभन्दा बढी मानव अधिकार उलंघन घटना अभिलेख गरिएको छ । सिरहामा अन्य पक्षबाट १३१ जना पीडित भए भने राज्य पक्षबाट समेत ५ जना पीडित भए ।

 

त्यस्तै धनुषामा १११ जना अन्य पक्षबाट पीडित भए भने १८ जना राज्य पक्षबाट पीडित भए । सर्लाहीमा अन्य पक्षबाट ६६ जना र राज्य पक्षबाट ४० जना, सप्तरीमा अन्यपक्षबाट ८९ र राज्यपक्षबाट ७, रौतहटमा अन्यपक्षबाट ८५ र राज्य पक्षबाट ६ जना पीडित भए ।

 

त्यस्तै पर्सामा अन्यपक्षबाट ८० र राज्यपक्षबाट १ जना पीडित भए भने महोत्तरीमा अन्यपक्षबाट ४५ र राज्य पक्षबाट एकजना पीडित भएका छन् ।

 

इन्सेकको मानव अधिकार वर्ष पुस्तक २०२२ अनुसार २०२१ मा मधेश प्रदेशमा बलात्कारको २ सय ३४ वटा घटना अभिलेख गरिएको छ । बलात्कारको घटनामा सबैभन्दा बढी बालबालिका पीडित भएका छन । एक वर्षमा १५६ जना बालिका बलात्कृत भएका छन ७८ जना महलिा बलात्कृत हुन पुगे ।

 

इन्सेकको तथ्यांक अनुसार मधेश प्रदेशमा एक वर्षमा ५ जनाको कारागारमा मृत्यु भएको हो । त्यस्तै ७३ जनाको हत्या भएको छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महोत्तरीका ब्यवसायीहरुको एउटै स्वर, अतिरन्जनापूर्ण समाचार सम्प्रेषण भएको भन्दै गरे गुनासो

बर्दीवास । मधेश प्रदेशको महोत्तरी जिल्ला स्थित बर्दिबासमा रहेका होटल तथा पर्यटन ब्याबसायीले बेला बखत घट्ने गरेको घटनालाई अतिरञ्जीत गरि पर्यटन ब्यबसायीको मनोबल घटाउने काम हुने गरेकोमा गुनासो गरेका छन ।

सशस्त्र प्रहरी बल नेपाल नं.४० रिर्जभ गणले मनायाे रजत महाेत्सव

सशस्त्र प्रहरी बल नेपाल नं.४० रिर्जभ षणले मनायाे रजत महाेत्सव

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.