logo

नेपाली कांग्रेसमा निर्वाचन ,सभापतिमा क्षेत्री र पटेलको उम्मेदवारी १९ मा मतदान हुने

 इसीमाना सम्बाददाता      २०७८ फागुन १७ गते ०८: २० मा प्रकाशित     883   पटक पढिएको

नेपाली काङग्रेसको पर्सा जिल्ला सभापतिका लागि दुई जना बीच प्रतिस्पर्धा हुने भएको छ। कांग्रेस जिल्ला सभापतिका लागि जिल्ला विकास समितिका पूर्वसभापति जनार्दनसिंह क्षेत्री र कांग्रेसका निवर्तमान जिल्ला सचिव श्याम पटेलबीच प्रतिस्पर्धा हुने भएको हो।

 


जिल्ला सभापतिका लागि पटेल र क्षेत्रीको उम्मेदवारी परेको निर्वाचन अधिकृत नरेन्द्र केसीले जानकारी दिनु भयो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधेश प्रदेशका कमाण्डर रमेश रिजाल, पूर्व मंत्री पूर्व केन्द्रीय सदस्य सुरेन्द्र चौधरी , केन्द्रीय सदस्य अजय कुमार चौरसिया, संबिधान सभा सदस्य अनिल रुङटा लगायतका नेताहरुको सर्मथन क्षेत्रीलाई छ ।

 

गतिशिल नेताको छवी भएका नेता क्षेत्री पर्सा क्षेत्र नं ३ का हुन । पार्टीका जिल्ला सभापति अजय द्विवेदी र संविधानसभा सदस्य राजेन्द्र बहादुर अमात्यको समर्थन पटेललाई छ । शान्त र शालिन स्वभापका पटेल क्षेत्र न. २ का हुन । दुबै नेता बिद्यार्थी राजनीतिबाट आएका हुन ।

 

क्षेत्री ठाकुरराम बहुमुखी क्याम्पसमा पंचायतकालमै स्ववियु सभापति भएका हुन भने पटेल प्रजातन्त्र आइसकेपछि स्वबियु उपसभपति भएका बिद्यार्थी नेता हुन ।

 

पटेलको प्यानलबाट उपसभापतिमा राजु गुप्ता र डाक्टर कृपासिन्धु चौधरी, सचिवमा विश्वराज घिमिरे र वीरेन्द्र यादव, सहसचिवमा दिलिपराज कार्की र रुक्मान अन्सारीले उम्मेदवारी दिएका छन् ।

 

क्षेत्रीको प्यानलबाट जिल्ला उपसभापतिमा रामनारायणप्रसाद कुर्मी र अशोककुमार गुप्ता, सचिवमा दिनेश चौधरी र इम्तियाज आलम, सहसचिवमा नविन सिंह र मदनप्रसाद यादवको उम्मेदवारी परेको छ । फाल्गुण १९ मा हुने मतदानमा १ हजार ८ सय मतदाता सहभागी हुनेछन् ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.