रौतहट जिल्लाको देवाही गोनाही, नगरपालिकाका नगर प्रमुख धर्मेन्द्र प्रसाद पटेल निलम्बनमा परेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनी बिरुद्ध भ्रष्टाचारको कसुरमा बिशेष अदालतमा मुद्धा दर्ता गरेपछि उनी पद निलम्बनमा परेका हुन ।
भवन निर्माण पछि उपभोक्ता समितिबाट बिभिन्न बाहनामा पाँच लाख रुपैया घुस माँग गरेका थिए ।
नगर प्रमुख पटेल र उनका सहयोगी अशोक पटेल आर्थिक नजराना बापतको २ लाख पचास हजारका दुईवटा चेक लिएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गत फाल्गुण ११ मा उनीहरुलाई पक्राउ गरेको थियो ।
नजराना लिने काम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) बमोजिमको कसुर भएकोले नगर प्रमुख धर्मेन्द्र प्रसाद पटेल र अशोक प्रसाद पटेललाई बिगो ५ लाख रुपैया कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र ऐ. दफा ३ को उपदफा (१) को देहाय खण्ड(घ) मा उल्लेख भएबमोजिम सजायको मागदाबी लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको छ ।
तपाईको प्रतिक्रिया