logo

निर्वाचनमा माफियाकरण हावी हुने भन्दै चिन्ता ब्यक्त, आचार संहितालाई कर्मकाण्डी नवनाउन अपिल

 इसीमाना सम्वाददाता     २०७८ चैत १२ गते ०८: २६ मा प्रकाशित     628   पटक पढिएको

निर्वाचन आयोग नेपाल र नेपाल कानून समाजले शनिवार वीरगञ्जमा ‘निर्वाचन आचार संहिताको प्रभावकारी कार्यन्वयन र सरोकारवालाहरुको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा पूर्व संचारमंत्री माधव पौडेलले आचार संहिता र दलहरुको बित्तय ब्यवस्थापनका बिषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । त्यस्तै बिष्ण्ुा गौतमले आचार संहितका प्रवन्धहरुको बिषयमा कार्यपत्र पेश गर्नु भएको थियो ।

 

कार्यपत्रमाथिको छलफलमा भाग लिदै नेपाली कांग्रेस पर्साका निर्वतमान सभापति अजय कुमार द्विवेदीले नेपालको निर्वाचन पद्धतीमा सुधार हुन आवश्यक रहेको बताउनु भयो । निर्वाचन प्रक्रियामा सुधार नहुने हो भने निर्वाचन थेग्ने नसक्ने गरि खर्चिलो हुने उहाँले बताउनु भयो ।

 

हाम्रो आचरण र ब्यवहार खतरनाक हुदै गएको छ । यो प्रवृति बढदै गयो भने लोकतन्त्रकालागि दुःख भोगेका वा लोकतान्त्रिक आचरण भएका मान्छे राजनीतिबाट टाढीने बताउनु भयो । उहाँले निर्वचनमा हुने खर्चलाई नियन्त्रण गर्न नसके अवको १० वर्षमा ९० प्रतिशत उम्मेदवार बाहुवली र अराजनीतिक मान्छेहरु हुने प्रति चिन्ता ब्यक्त गर्नु भयो ।


कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी.लामिछानेले निर्वाचन आचार संहितामा उम्मेदवारले खर्च गर्न पाउने रकमको सीमा प्रति ब्यङ्य गर्दै महानगर प्रमुखले खर्च गर्न पाउने ७ लाख पचास हजारलाई नेपाली मुद्रा नभई पाउण्ड स्टरलीङ डलरको रुपमा राखेको खर्चको सीमा मिल्ने बताउनु भयो ।

 

लामिछानेले आचार संहिता उललघंनका अनेकौ समाचार प्रकाशन भएपनि निर्वाचन आयोगले कारवाही गर्न नसकेको प्रति गुनासो गर्नु भयो । निर्वाचन आयोगले नै आचार संहिताको कार्यान्वयनमा प्रभावकारी कदम चाल्न नसकेको भन्दै लामिछानेले निर्वाचन आचारसंहिता कागजमै सिमित हुने तर्क गर्नु भयो ।

 

निर्वाचन आयोगले आगामी बैंशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जारी गरेको आचारसंहितामा महानगरपालिकाका मेयर तथा उपमेयरले अधिकतम ७ लाख ५० हजारसम्म खर्च गर्न पाउनुपर्ने नियममा नेपाली कांग्रेस पर्साका उपसभापति अशोक गुप्ताले पनि आपत्ति जनाउनु भयो ।

 

लोकतान्त्रिक समाजवादी पार्टीका नेतृ रम्भा मिश्रले साढे ७ लाखले सबैलाई भोज कसरी खुवाउनु भन्दै प्रतिप्रश्न गर्नु भयो । कार्यक्रममा पत्रकार क्रान्ति साह, ओमप्रकाश सर्राफ , जय यादव , अमर गौतम, डा.बिश्वम्भर शर्मा, शिवनाथ यादव, सूर्य शुभचिन्तक,कृष्णमोहन सहनी लगायतले आ आफना बिचार ब्यक्त गर्नु भएको थियो ।

 

पत्रकार क्रान्ति साहको धारणा भने फरक छ । कार्यन्वयन गर्न नसकिने निर्वाचन आचारसंहिता ल्याएको भनेर निर्वाचन आयोगलाई आरोप लगाउनुले राजनीतिक दल र उम्मेदवारको साँघुरो सोचाई स्पष्ट भएको पत्रकार साहको बुझाई छ । उनले भने, ‘कार्यन्वयन गर्ने आफैले अनि अरुलाई दोष दिएर हुन्छ रु यदि हिम्मत छ भने बिना खर्च बिना तडकभडक चुनाव लड्नुहोस् । नेताहरुले नै त चुनावलाई खर्चिलो बनाएका हुन् ।’

 

उच्च अदालत जनकपुरको अस्थायी इजलाश वीरगञ्जकी मुख्य न्याधिश शारङ्गा सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमामा पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटवालले निर्वाचनको समयमा जिल्ला प्रशासनको पनि जिम्मेवारी बढेको हुँदा शान्त र सभ्य रुपमा निर्वाचन सफल गर्न हरसम्भव प्रयास गर्ने बताएका थिए ।

 

सानो पाइलाकी उपाध्यक्ष डा. सुष्मा तिवारीले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सहजिकण नागरिक संवाद केन्द्र मधेश प्रदेशकी प्रमुख रेखा कुमारी झाले गर्नु भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.