logo

सखुवा प्रसौनीमा दुई ठाउँमा प्रशासनीक भवनको शिलान्यास, जग्गाको भाउ बढाउन खोजेको अन्य दलको आरोप

 इसीमाना सम्वाददाता     २०७८ चैत १४ गते ०९: २३ मा प्रकाशित     644   पटक पढिएको

सखुवा प्रसौनी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षले गाउँपालिकाको प्रशासनीक भवनको सोमवार अलग अलग ठाउमा भूमी पूजन गरेका छन । गाउँपालिकाको प्रशासनीक केन्द्र रहेको श्रीपुर बजार नजिक भूमी पूजन भएको हो ।

 

उपाध्यक्ष फूलमती देवी थारुले यस भन्दा अगाडि स्वास्थ्यचौकीकोलागि निर्माण भएको तर द्वण्दकालमा एकिकृत सुरक्षा क्याम्प रहेको सर्वाजनीक जमिनमा भूमी पूजन गनुृ भएको हो । थारु को नेतृत्वमा भएको भूमी पूजनमा गाउँपालिकामा जसपा बाहेकका राजनीतिक दलका नेताहरुको सहभागिता रहेको थियो ।

 

नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र सहितका पाटीेका नेताहरुको सहभागितामा भूमी पूजन भएको हो । सो स्थानमा ९ कठ्ठा सार्वजनिक जग्गा रहेको छ ।

सोमबार नै दिउँसो अध्यक्ष जयसवालले पनि वडा नम्बर २ श्रीपुर बजार छेउकै अर्को जग्गामा गाँउपालिका कार्यालय भवनको शिलन्यास गरेका छन्। गाँउपालिका भवन निर्माणका लागि अध्यक्ष जयसवालले गाँउपालिकालाइ निशुल्क दान दिएको ९ कठ्ठा २ धुर जग्गामा जसपा राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवबाट भवनको शिलन्यास गराएका हुन्।

 

उपाध्यक्ष थारुले भ्रष्टचारमा लिप्त अध्यक्ष जयसवालले बाटो नभएको आफनो खेतको मुल्य बढाउने नियतले गाँउपालिका भवनका लागि जग्गा दान दिएर जनतामा भ्रम छर्न खोजेको बताउनु भयो ।

 

नेकपा एमालेका युवा नेता यशवन्त यादवको भनाई पनि यस्तै छ । अध्यक्ष जयसवालले जग्गादान गरेजस्तो गरेर आफनो जमिनको मूल्य बढाएको यादवको भनाई छ । थारुले सोमबार आफूले शिलान्यास गरेकै जग्गामा गाँउपालिका भवन बन्ने बताउदै अध्यक्षले दिएको जग्गामा भवन बनाउने निर्णय बोर्ड बैठकबाट नभएको प्रष्ट पानुृ भयो । 


यसअघि आइतबार गाँउपालिकाको कार्यालयमा उपाध्यक्ष चौधरीको अगुवाइमा त्यहाँका राजनीतिक दलहरुले तालाबन्दी पनि गरेका छन्।

अध्यक्ष जयसवालले पारदर्शीता नराखेको र व्यापक भ्रष्टाचार गरेको भन्दै विभिन्न आठ राजनीतिक दलले गाँउपालिका कार्यालयमा तालाबन्दी गरेका हुन्। चार आर्थिक वर्षको गाउँपालिकाको सम्पूर्ण आयव्यय, कर्मचारी नियुक्ति लगायतका विवरण सार्वजनिक गर्नुपर्ने माग गर्दै तालाबन्दी गरिएको हो।

नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी, नेपाल सुशासन पार्टी, राप्रपा, राष्ट्रिय जनमोर्चा, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले गाउँपालिका कार्यालयमा तालाबन्दी गरेको नेकपा एमालेका नेता यसवन्त यादवले बताए।

गाउँपालिकाको सम्पूर्ण खर्च तथा आम्दानीको विवरण सार्वजनिक गर्नुपर्ने माग गरेपनि अध्यक्ष जयसवालले उपलब्ध गराउन आनाकानी गरेकोले तालाबन्दी गरिएको यादवको भनाई छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.