जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत मोहन मैनालीको हत्यामा संलग्न फरार अपराधी बीरगंज महानगरपालिका वडा नं २१ पटेल नगरका ४० वर्षिय रविन्द्र पटेललाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साको फरार कसुदार पक्राउ टोलीले उनलाई बिहिवार बिहान साढे १० बजे बीरगंजको गण्डकबाट पक्राउ गरेको हो । कर्तब्य गरि ज्यान मारेको आभियोगमा कसुर ठहर भएपछि पटेल बिरुद्ध पर्सा जिल्ला अदालतको ७१ असार १७ गते १९ बर्ष ११ महिना २२ दिन कैद हुने गरि फैसला गरेको छ ।
पटेल त्यतीबेलाको महुवन गाविस वडा नं ३ बस्ने ४५ वर्षिय कुचन साह कानुको हत्यामा समेत संलग्नथिए । पटेलले ०६४ अदौ ९ गते साहलाइै गोली हानी हत्या गरेका थिए ।
०६५ आसोज ३ मा पटेलले जिल्ला प्रशासन कार्यालय पर्सामा कार्यरत प्रशसकीय अधिकृत मोहन मैनालीलाई पनि गोली हानी हत्या गरेका थिए ।
०६६ जेठ १३ मा प्रो.वायोटेक प्रा.लि.मा कार्यरत प्रशासकीय अधिकृत सोचन प्रसाद यादवलाई ताकेर गराइएको बम प्रहारमा समेत पटेलको संलग्नता रहेको थियो ।
तपाईको प्रतिक्रिया