logo

ओलीको बीरगंज आगमनलाई ऐतिहासिक बनाउन भब्य तयारी गर्दैछौः संयोजक यादव

 इसीमाना सम्वाददाता     २०७८ चैत २० गते ०९: ०७ मा प्रकाशित     1133   पटक पढिएको

नेकपा एमालेका अध्यक्ष के.पी.शर्मा ओलीले बीरगंजमा २२ गते सम्बोधन गर्ने बृहत आमसभा तथा पार्टी प्रवेश कार्यक्रमको तयारी भब्यरुपमा भइरहेको छ ।

 

पार्टीका श्रद्धेय अध्यक्ष के.पी.आलीको बीरगंज आगमनलाई ऐतिहासिक बनाउन पार्टी पंक्ति युद्धस्तरमा तयारीमा लागेको प्रचार समितिका संयोजक बिचारी यादवले बताउनु भयो ।


बीरगंजको घण्टाघर स्थित बि.पी.उद्यानमा आमसभाकोलागि मंच र आम नागरिक बस्नकालागि पंडाल लगाउने काम अन्तिम चरणमा पुगेको यादवले बताउनु भयो । यादवले आमसभामा सहभागि हुन आउने पार्टी अध्यक्ष सहित बिशिष्ट अतिथि र आम नागरिकलाई स्वागत गर्नकालागि बीरगंज प्रवेश गरिने बिभिन्न नाका र कार्यक्रम स्थल नजिक गरि १२ वटा प्रवेशद्वार निर्माण गरिएको उहाँले बताउनु भयो ।

 

यादवले नेकपा एमाले मधेशको बिरोधी होइन सच्चा हिमायती हो भन्ने कुराको सन्देश बीरगंजबाट दिइने बताउनु भयो । के.पी.ओली सरकारमा आएपछि मधेशले बिकासको मूलप्रवाहमा आफूलाई समाहित गर्न पाएको तथ्य मधेशी जनताले बुझेका छन त्यसकारण नै मधेशमा एमालेमा प्रवेशको लहर चलेको संबिधान सभाको सदस्य समेत रहनु भएका यादवले बताउनु भयो ।

 

यादवले पार्टी अध्यक्ष के.पी.ओलीलाई सीमरा एयरपोर्टबाट बरगंजको कार्यक्रम स्थल सम्म हजारौ मोटरसाइकलले स्र्कटिङ गरेर ल्याउने तयारी भएको बताउनु भयो । उहाँेले अहिले २ हजार मोटरसाइकल तयार भएको बताउनु भयो ।

 


आमसभामा पर्साको राजनीतिलाई तंरगीत पार्ने गरि एमालेमा प्रवेशको तयारी भइरहेको उहाँले बताउनु भयो । प्रवेश गर्ने नेताहरुको बिषयमा भने एमालले केही खुलाएको छैन । पार्टी प्रवेश गर्नेहरुको बिषयमा नामावली सूची बनाउने जिम्मा पार्टी सचिव मनोज गुप्तालाई दिइएको यादवले बताउनु भयो । आमसभामा हजारौ नागरिकको सहभागिता गराउने एमालेले तयारी गरेको छ ।

 

जगरनाथपुर गाउँपालिकाका प्रमुख जालिम मियाको संयोजकत्वमा जनपरिचालन गर्ने समिति बनाइएको यादवले बताउनु भयो । यादवले कार्यक्रमका बारेमा जानकारी दिनकालागि २१ गते दिउसो २ बजे होटेल कुमु प्यालेसमा पत्रकारहरुसंग एमाले नेताहरुले जानकारी गराउने गरि कार्यक्रम तय गरिएको संयोजक यादवले बताउनु भयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.