logo

एमाले अध्यक्ष ओलीले सम्बोधन गर्ने सभाको तयारी पुरा , हजारौ एमाले प्रवेश गर्ने आयोजकको दावी

 इसीमाना सम्वाददाता     २०७८ चैत २१ गते ०८: ४१ मा प्रकाशित     474   पटक पढिएको

नेकपा एमालेका अध्यक्ष के.पी.ओलीले २२ गते बीरगंजमा सम्बोधन गर्ने बृहत् आमसभा तथा पार्टी प्रवेश कार्यक्रमको सबै तयारी पुरा भएको नेकपा एमाले पर्साले जनाएको छ ।

 

पार्टीको प्रचार समितिले आज बीरगंजमा पत्रकार सम्मेलनको आयोजना गरेर तयारीका बारेमा जानकारी गराएको हो । बि.पी.उद्यान घण्टाघरमा हुने सभाको मंच तथा सहभागि बस्ने पंडाल निर्माणको काम सम्पन्न भएको एमालेका प्रचार समितिका संयोजक बिचारी यादवले जानकारी दिनु भयो ।

 

उहाँले पार्टी अध्यक्ष के.पी.ओलीको बीरगंज आगमन आफैमा ऐतिहासिक घटना भएको बताउदै नेकपा एमाले मधेशी जनताको हितमा संघर्ष गरेको पार्टी हो भन्ने कुरा फेरी एक पटक पुष्टि हुने उहाँले दावी गनुृ भयो ।

 

मधेश आन्दोलनका क्रममा एमालेका बिरुद्ध अनेकौ भ्रमहरु फैलाइएको छ ति सबै भ्रमहरुको एकमुष्ट निवारण हुने छ । मधेश आन्दोलनका हस्तीहरुको एमाले प्रवेशको लहरले नै त्यो कुरा जवाफ दिएको चर्चा गर्दै संयोजक यादवले पार्टी अध्यक्ष ओलीको पर्सा जिल्लालाई लालकिल्ला बनाउने मिशनमा पर्साको सिंगो पार्टी लागि पर्ने बताउनु भयो ।

 

पार्टी अध्यक्ष तथा आम नागरिकको स्वगतमा १२ वटा प्रवेशद्वार बनाइएको उहाँले जानकारी दिनु भयो । यादवले बीरगंजको आमसभामा सैयौ जना एमालेमा प्रवेश गर्ने जानकारी दिनु भयो ।उहाँले संचारकर्मी मार्फत आम नागरिकलाई सभामा सहभागि हुन निम्ता समेत दिनु भयो । 


उहाँले पार्टी अध्यक्ष ओलीलाई बीरगंजमा भब्य स्वागत गरिने बताउनु भयो । सीमरा एयरपोर्टबाटै हजारौ मोटरसाइकलको स्कर्टिङ साथ बीरगंज ल्याउने तयारी भएको उहाँले जानकारी दिनु भयो ।


पत्रकार सम्मेलनमा एमालेका केन्द्रीय सदस्यहरु प्रभू हजरा, अरविन्द सिंह, निर्मला देवकोटा, पार्टीका जिल्ला अध्यक्ष जयप्रकाश थारु लगायतका नेताहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन प्रचार समितिका सचिव शिव गुप्ताले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

समाज

पर्सा प्रहरी गोली पड्काउदैअपराधी समाउदै

वीरगञ्ज । गोठाटारका लालमहम्मद दर्जीको हत्याका योजनाकार बब्लु पासवानलाई पर्सा प्रहरीले गोली हानेर समातेको छ ।

दुर्घटनामा परि पर्सा र मकवानपुरमा गरि दुईको ज्यान गयो

वीरगञ्ज । बीरगंजमा बिहिवार विहान मोटरसाइकल एक आपसमा ठोकिदा १ जनाको मृत्यु भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.