logo

एमालेले अघि सारेको समृद्ध नेपाल सुखी नेपाली अभियानमा सरिक हुन सरावगीको अपिल

 इसीमाना सम्बाददाता     २०७८ चैत २२ गते ०५: १२ मा प्रकाशित     806   पटक पढिएको


बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले संघीय समाजवादी पार्टीबाट महानगर प्रमुख जितेको तर अर्को निर्वाचनको संघारमा नेकपा एमालेमा प्रवेश गर्नु पछाडि करण रहेको बताउनु भएको छ ।

 

नेकपा एमाले पर्साले आयोजना गरेको बृहत पार्टी प्रवेश तथा आमसभालाई बीरगंजम ामंगलवार सम्बोधन गर्दै महानगर प्रमुख सरावगीले जुन पार्टीबाट जिते त्यही पार्टी काम गर्न नदिएपछि आफूले समृद्ध नेपाल र सुखी नेपालीको आंकक्षालाई पुरा गर्न दृढ संकल्पीत नेकपा एमाले रोजेको बताउनु भयो ।

 

उहाँले निर्वाचनका बेला पार्टीले मेरो कसम नामको घोषणा पत्र जारी गर्यो त्यो घोषणा मेरो मात्र होइन पार्टीको थियो त्यही पुरा गर्न खोज्दा असहयोग भयो उहाँले भन्नु भयो पहिलो दुई वर्ष अत्यन्तै असहयोग भयो । पार्टी भित्रका मान्छेहरुले नानाथरीका हुने नहुने सबै तर्क कुर्तक गरेर मलाई अप्ठयारोमा पारियो र काम गर्ने वतावरण दिइएन ।

महानगर प्रमुख सरावगीले त्यवेलाको अवस्थाको स्मरण गर्दै भन्नु भयो सरकारमा स्वास्थ्यमंत्री उपेन्द्र यादव , शहरी बिकास मंत्री इस्तियाक राइन थिए ।

 

तर देशको औधोगिक राजधानीको रुपमा रहेको बीरगंज महानगरको बिकासकालागि न त यादव नत राइन कसैले मलाई सहयोग गरेनन उनीहरु म निर्वाचित भएको पार्टीका नेता थिए। पार्टीको स्थानीय तह घोषणा पत्र लागु गर्न नदिने ,माथिको नेतृत्वले केही सहयोग नगर्ने यस्तो अवस्था बन्यो ।

सरावगीले मंचबाटै पूर्व प्रधानमंत्री के.पी.ओलीलाई आभार प्कट गर्दै भन्नु भयो बरु तत्कालीन सम्मानीय प्रधानमंत्री श्रद्धेय अध्यक्ष के.पी.ओलीको सहायोगमा त्यतीबेलाको राष्ट्रीय योजना आयोगबाट हामीले बजेट पायौ । भेडाह नदीको नियन्त्रण अस्पतालजन्य फोहर प्रशोधन केन्द्रको संचालन त्यही बजेटबाट गर्न हामी सफल भएका हौ ।

 

माननीय मिन बहादुर शाही त्यतीबेलाको योजना आयोगको सदस्य ज्यु मार्फत हामीलाई त्यो बजेट प्राप्त भएको थियो । म यतिवेला त्यो महत्वपूर्ण सहयोग उपलब्ध गराईदिनु भएकोमा पूर्व प्रधानमंत्री श्रद्धेय क. केपी शर्मा ओलीज्यू लाई महानगरबासी र आफनो तर्फबाट आभार प्रकट गर्दछु ।


उहाँले बिकासका लागि अव खुद्रे पार्टीहरु होइन राजनेता क. ओलीको नेतृत्वमा, एमालेको अगुवाईमा र हाम्रै पालामा एकिकृत भएर अगाडि बढ्ने संकल्पका साथ मैले नेकपा एमाले रोजेको बताउनु भयो । सुखी नेपाली समृद्ध नेपालको राष्ट्रीय आकांक्षालाई पुरा गर्न नेकपा एमाले बाहेक अरु कसैले नसक्ने कुरा प्रमणीत भएको छ ।

 

मधेशको बिकासको सन्दर्भमा क. के.पी.ओलीको नेतृत्वमा जतिको लगानी इतिहासको कुनै कालखण्डमा नभएको उहाँले बताउनु भयो ।


उहाँले मधेशवादी दलका नेताहरुले मधेशलाई बेचेर आफ्नो तिजौरी भरेको आरोप लगाउनुभयो । मधेशका लागि केही गर्न नसकेको र मधेशको नाम बेचेर मधेशी जनतालाई भ्रममा पारेको मेयर सरावगीको भनाई छ ।

 

सरावगीले देश, जनता र विकासका लागि फेरि पनि केपी ओली नेतृत्वमा आउनुपर्ने आवश्यक्ता औँल्याए । केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका काम र केपी ओलीको विकासको भिजन देखेर नै एमाले प्रवेश गरेको सरावगीले बताए ।

एमालेले अघि सारेको समृद्ध नेपाल सुखी नेपाली अभियानमा सरिक हुन सरावगीले नेता–कार्यकर्तालाई आग्रह गर्नु भयो । अन्य दलले मधेशको विकास गर्छौं भनेर आश्वासन देखाएपनि एमालेले मात्रै काम गरेर देखाएको सरावगीले बताउनु भयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.