logo

बीरगंज महानगरको मेयरमा सरावगी औपचारिक रुपमा सर्वसम्मत सिफारिश , एमाले प्रवेशको क्रम बढदो

 इसीमाना सम्बाददाता      २०७८ चैत ३० गते ०७: ०२ मा प्रकाशित     787   पटक पढिएको

नेकपा एमालेले वीरगञ्ज महानगरपालिका मेयरको उम्मेदवारमा विजयकुमार सरावगीलाई सर्वसम्मत सिफारिस गरेको छ । महानगरप्रमुखमा उहाँको एकल नाम सिफारिश भएको हो । नेकपा एमाले महानगर कमिटीको बुधवार बसेको बैठकले सरावगीको नाम सर्वसम्मत रुपम सिफारिश गर्ने निर्णय गरेको महानगर अध्यक्ष राजेन्द्र यादवले बताउनु भयो ।


वीरगञ्ज महानगर कमिटीको पूर्ण बैठकले सरावगीलाई अघि सार्ने निर्णय गरेको हो । अध्यक्ष राजेन्द्र यादवको अध्यक्षता बसेको बैठकमा सचिव सुन्दर कुर्मीले सरावगीलाई उम्मेदवारको लागि प्रस्ताव गर्नु भएको थियो भने उपाध्यक्ष महेश दासले समर्थन गरेको यादवले जानकारी दिनु भयो ।

२०७४ को चुनावमा जसपाबाट निर्वाचित मेयर सरावगी फागुन २८ मा वडाध्यक्ष र समर्थकसहित एमाले प्रवेश गर्नु भएको हो । बिकास र समृद्धिको नेपाली नागरिकको सपना एमालेले मात्र पुरा गर्न सक्ने भएकोले सरावगीले एमाले रोज्नु भएको बताउनु भएको छ ।

 

के.पी.ओलीको नेतृत्वमा बीरगंजलाई समृद्ध शहर बनाउने सपना पुरा हुने बिश्वास उहाँले ब्यक्त गर्नु भएको छ । जसै निर्वाचनको दिन नजिकिदै छ । नेकपा एमालेमा प्रवेशको लहर पनि बढ्दो छ ।

बुधवार नै नेपाली काङ्ग्रेसका क्षेत्रीय प्रतिनिधि वार्ड नम्बर १६ नगवाका पूर्व गावस अध्यक्ष असहाब आलम र नेपाल काङ्ग्रेस १६ का महबुब आलम( शेर) र वार्ड नम्बर २ जनता समाजवाद िपार्टीबाट निर्वाचित वार्ड सदस्य मुस्तुफा अंसारी लगायतका ब्यक्तिहरु आ आफ्नो पार्टी परित्याग गरि नेकपा ऐमालेमा प्रवेश गर्नु भएको छ ।

 

यस अघि बीरगंज महानगरपालिका वडा नं २१का अध्यक्ष एवं नेपाली कांग्रेस पर्सा जिल्ला कार्यसमितिका सदस्य हबिब मिया सहतिका ब्यक्तिहरु एमाले प्रवेश गर्नु भएको थियो । यो प्रवेश संगै नेकपा एमालेको जनाधार बढेको छ । एमाले पंक्तिमा यो प्रवेशले उत्साह संचार गरेको एमालेका महानगर अध्यक्ष राजेन्द्र यादवले बताउनु भयो ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.