वरिष्ठ उद्योगपति सत्यनारायण क्याल प्रवल जनसेवाश्री पदकबाट सम्मानित हुनु भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँलाई बिहीबार बिहान राष्ट्रपति भवन शितल निवासमा प्रवल जनसेवाश्रीबाट सम्मान गर्नु भएको हो ।
संविधान दिवसको अवसरमा सरकारले वरिष्ठ उद्योगपति क्याललाई प्रवल जनसेवा श्री प्रदान गर्ने घोषणा गरेको थियो ।
औद्योगिक तथा आर्थिक शहर वीरगञ्जलाई कर्मथलो बनाएर उद्योगमा सक्रिय क्यालले कोभिडकालमा कोभिडको संक्रमण नियन्त्रणकालागि स्थानीय सरकार र संघ सरकारलाई निकै सहयोग गर्नु भएको थियो । यो संगै समाज सेवाको क्षेत्रमा विशिष्ट योगदान पुर्याएकाले सरकारले उहाँलाइ बिभूषित गरेको हो ।
त्यस्तै वीरगञ्ज महानगरपालिकाकी उपप्रमुख शान्ति कार्की नेपाल सरकारको सुकृतिमय राष्ट्रदीप पुरस्कारबाट सम्मानित हुनु भएको छ ।
लायन्स क्लबका अन्तराष्ट्रिय गर्भनर लायन संजय खेतान ,नारायणी अस्पतालका बरिष्ठ फिजिसियन डा. निरज सिँह, पत्रकार बृजलाल पासवान र तेजाव आक्रमणमा परेकी मुस्कान खातुन विभिन्न विभुषणबाट विभुषित भएका छन ।
तपाईको प्रतिक्रिया